७ बैशाख, २०७६ |
काठमाडौं, ७ वैशाख ।
२६ वर्षअघि हडपिएको ललिता निवासले चर्चेको जग्गा सरकारकै नाममा फिर्ता ल्याउने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ मा बसेको मन्त्रिपरिषद बैठकबाट गराए ।
सो जग्गा हिनामिना सम्बन्धमा छानबिन गर्न सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा २०७५ असारमा गठित समितिको सिफारिस अनुसार व्...बाँकी
५ बैशाख, २०७६ |
काठमाडौं, ५ वैशाख ।
विगतका वर्षमा चैत–वैशाखमा पर्ने पानी दुई–चार पटक परेर टुङ्गिन्थ्यो । उखरमाउले गर्मीपछि जेठको अन्तिम वा असारको पहिलो साता बल्ल मनसुन भित्रन्थ्यो ।
तर, यस वर्ष भने पूर्वमनसुन अर्थात् प्रि–मनसुन नै वर्षाजस्तै भएको छ । दक्षिण एसियाली मौसम प्रणालीमा निर्भर नेपालमा यस वर्ष हिउँ सकिने बित्तिकै सुरु भ...बाँकी
५ बैशाख, २०७६ |
काठमाडौं, ५ वैशाख ।
‘राइड सेयरिङ’ सेवा दिने कम्पनी ‘टुटल’ ले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ ।
आन्तरिक राजस्व कार्यालय ललितपुरले करिव ३ महिना फाइल अध्ययन गरी कर छलीको निष्कर्ष निकाल्दै सो कम्पनीमाथि कर निर्धारण गरेको हो । यो रकम जरिवाना र ब्याजसहितको हो ।
‘तीन आर्थिक वर्षको मूल्य अभिवृद्धि कर (भ्याट), संस्था...बाँकी
५ बैशाख, २०७६ |
काठमाडौं, ५ वैशाख ।
प्रत्यक्ष अवलोकनमार्फत् विकास आयोजनालाई थप तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निर्माणाधीन ‘एक्सन रूम’ जेठको अन्तिम सातादेखि सञ्चालनमा आउने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको भुईं तलामा अहिले अत्याधुनिक प्रविधिसहितको ‘एक्सन रुम’ निर्माणकार्य तीव्र गतिमा भइ...बाँकी
५ बैशाख, २०७६ |
काठमाडौं, ५ वैशाख ।
काठमाडौंमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन् । तर, ती हरियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने जानकारी चाहिँ सरकारी निकायलाई नै छैन ।
सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको लगत संकलन गर्न नसकेको हो । जुनसुकै जिल्लाबाट हतियार नवीकरण गर्न मिल्ने कानुन भएकाले पनि व...बाँकी
५ बैशाख, २०७६ |
गोरखा, ५ वैशाख ।
गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ– के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्– ‘छन्, तर सहरमा अथवा गुम्बामा अथवा चर्चमा !’
किनभने ‘धर्मगुरु’ हरूले कसको घरमा बच्चा हुर्कंदै छ भन्ने पहिले नै अध्ययन गर्छन् । बच्चाको नाम टिप्छन् अनि हु...बाँकी
४ बैशाख, २०७६ |
काठमाडौं, ४ वैशाख ।
पहिलो पटक मानवनिर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि अब नेपाल पनि ‘अन्तरिक्ष युग’ मा प्रवेश गर्दैछ ।
अमेरिकाको भर्जिनिया वाल्लोप्स द्विपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट– १’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो ।
नेपाली नानो स्याटेलाइटको स...बाँकी
४ बैशाख, २०७६ |
जनकपुर, ४ वैशाख ।
शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश– २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा बिनियोजन गरेका छन् ।
आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापनको समस्या देखाउँदै मन्त्रालयले शिक्षा र स्वास्थ्यमा खर्च गर्न विनियोजन गरिएको...बाँकी
४ बैशाख, २०७६ |
काठमाडौं, ४ वैशाख ।
सरकारले प्रधानमन्त्री निवासमा १ करोड मूल्यका सीसी क्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा १ करोड रुपैयाँ रकमान्तर गरी निकासा भएको छ ।
यो रकम प्रधानमन्त्री निवास बालुवाटारमा सीसी क्यामरा जडानमा खर्च भएको हो । चैतमा मात्र अर्थ मन्त्रालयले ...बाँकी
४ बैशाख, २०७६ |
बाँके, ४ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त पश्चिम मूल नहरको प्रत्यक्ष अवलोकन गर्ने सुनेपछि शमशेरगञ्जका स्थानीय निकै उत्साहित देखिन्थे ।
राष्ट्रिय गौरवको आयोजना सिक्टाको दूरावस्था प्रधानमन्त्रीले आफ्नै आँखाले देखेपछि त्यसको प्रभाव बेग्लै हुने आशा स्थानीयको थियो । प्रधानमन...बाँकी