newskoseli.Com

विधान सच्याउँदै सत्ताधारी नेकपा, रणनीतिक लक्ष्य ‘साम्यवाद’ राख्दै !

एकीकरणको बाँकी काम सक्ने कार्यदिशा पाएको सत्ताधारी नेकपाको ९ सदस्यीय कार्यदलमा पार्टी विधान समेत परिमार्जन गर्ने सहमति भएको छ । विधानको प्रस्तावनामा पार्टीको रणनीतिक लक्ष्य ‘साम्यवाद’ लेख्ने सहमति भएको हो । यसअघि अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद लेखिएकामा अब ‘वैज्ञानिक समाजवाद हुँदै साम्यवाद’ ल...बाँकी

नेकपाको सांगठनिक एकता : यसकारण बनेन कार्यदलको प्रतिवेदन

पार्टी एकता भएको आठ महिना बितिसक्दा पनि नेकपाभित्रको आन्तरिक विवाद मिल्न सकेको छैन । पार्टीका तल्लो तहका निकायहरू सक्रिय हुन सकेका छैनन् । पुसमा बसेको स्थायी समितिको बैठकले एकताका बाँकी काम पूरा गर्नका लागि प्रस्ताव बनाउन कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाउन नसक्दा एकताको बाँकी क...बाँकी

प्रहरीमा दोहोरो कमान्ड, परिचालनमा समस्या

देशका कुनै पनि सुरक्षा निकाय परिचालन ‘सिंगल कमान्ड’ का आधारमा गरिन्छ । तर, प्रदेशमा भने दोहोरो कमान्ड हुने गरी सरकारले विधेयक तयार पारेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न हुने देखिएको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभामा पेस गरेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्...बाँकी

६१ करोड करछलीमा अख्तियार किन मौन ? आयल निगम जग्गा खरिद घोटाला

नेपाल आयल निगमको इन्धन भण्डारणका लागि जग्गा खरिदमा भएको अनियमितता र ६१ करोड रुपैयाँ आयकर (राजस्व) छलीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको छ । जग्गा खरिद अनियमिततामा मुछिएका निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरे पन...बाँकी

सयौं विदेशी अपराधी ‘फरार’ : ४ अर्ब जरिवाना, ३ सय वर्ष कैद भुक्तान बाँकी

विभिन्न अपराधमा संलग्न विदेशी नागरिक फरार हुँदा चार अर्ब रूपैयाँ जरिवाना असुली हुन बाँकी छ । तीन सय वर्षभन्दा बढी कैद भुक्तान भएको छैन । अदालतबाट अन्तिम फैसला भइसके पनि ठूलो मात्रामा बिगो असुल्नुपर्ने अपराधी विदेशतिरै निर्धक्क बसिरहेका छन् । जिल्ला अदालतले तहसिलको ढड्डामा अपराधवापत विदेशी नागरिकब...बाँकी

प्रहरीको कुटाइबाट पिसाबनली नै फुट्यो, आईसीयूमा उपचार हुँदै…

प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका– ६, हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको जानकारी बस्नेतकी श्रीमती कृष्णाकुमारीले दि...बाँकी

६ लाखका दरले भारतीय बेश्यालयमा नेपाली युवती बिक्री : मुख्य नाइके पक्राउ

भारतमा लगेर राम्रो काम लगाइदिन्छु भन्दै नेपाली युवतीहरूलार्इ भारतको बेश्यालयमा लगेर ६ लाख रुपैयाँका दरले बिक्री गरेको अभियोगमा धरान नगरपालिका– १७ बस्ने च्याङ हाङ राई भन्ने सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त राईले केही नेपाली युवतीलाई भारतको नयाँदिल्लीस्थित जीबी रोडमा रहेको बेश्यालयम...बाँकी

रवीन्द्र मिश्र पक्षको आरोप : ‘छापामार शैलीमा पार्टी फुटाइयो’

पार्टीका पूर्वसंयोजक उज्वल थापा समूहले नियोजित रुपमा पार्टी फुटाएको आरोप विवेकशील साझा पार्टी (रवीन्द्र मिश्र पक्ष) ले लगाएको छ । विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा मंगलबार जारी विज्ञप्तिमा थापाले केन्दीय समितिको बैठक हुनुभन्दा पहिले नै नयाँ पार्टीको दर्ता प्रक्रिया सुरू गरेर छापा...बाँकी

‘माहुरीको आक्रमण’ मा पर्‍यो वाइडबडी विमान ! के–के भयो त्यसपछि… ?

मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर काठमाडौंबाट भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो । तर, एकाएक माहुरीको आक्रमणमा पर्‍यो । विमानको दायाँ पँखेटामा माहुरी भरिए । जहाज विमानस्थलको पार्किङ–वेको...बाँकी

‘वाइडबडी भ्रष्टाचारमा मेरो दोष छैन’ : देउवाको दावी

कांग्रेस सभापति शेरबहादुर देउवाले वाइडबडी भ्रष्टाचारमा आफ्नो कुनै दोष नभएको दाबी गरेका छन् । अनियमिततामा उनको संलग्नताबारे चर्चा चलेका बेला धनगढीमा पत्रकारसँग उनले आफ्नो प्रस्टीकरण दिएका हुन् । ‘वाइडबडीमा भएको अनियमितताविरुद्ध सुरुमा आवाज उठाउने नै मै हुँ,’ उनले भने– ‘यतिबेला आएर झन् मैलाई जोड...बाँकी