९ माघ, २०७५ |
रूकुम, ९ माघ ।
रुकुम पूर्वको एक विद्यालयमा १ सय १४ विद्यार्थीका लागि १ जना मात्र शिक्षक छन् ।
सिस्ने गाउँपालिका– ४, काँडास्थित प्रगति आधारभूत विद्यालय १ जना शिक्षकको भरमा चलिरहेको छ । ५ कक्षासम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा २ जना राहत शिक्षक कार्यरत रहेकामा १ जना शिक्षकले राजीनामा दिए ।
एकै जना शिक्षकले ...बाँकी
९ माघ, २०७५ |
काठमाडौं, ९ माघ ।
व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि त्यसबारे अनुसन्धान गर्न प्रधानमन्त्री कार्यलयले सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यलय मातहत रहेका सम्पत्ति शुद्धीकरण तथा राजस्व अनुसन्धान महाशाखाले विभागलाई केही दिनअघि पत्राचार गरी अनुसन्धान गर्न निर्द...बाँकी
८ माघ, २०७५ |
सिन्धुपाल्चोक, ८ माघ ।
बम्जन आश्रमबाट अनुयायी बेपत्ता पारिएको भन्दै जाहेरी परेपछि ठोस प्रमाण जुटाउन सिन्धुपाल्चोक प्रहरी सक्रिय रहँदै आएको छ ।
पहिलो चरणमा बम्जनको बाँडेगाउँस्थित टोड्केभीर आश्रमबाट बेपत्ता भएका मकवानपुर, हेटौंडाका सञ्चलाल वाइबालाई अनुसन्धानको केन्द्रमा राखिएको छ ।
सोही आश्रममा हत्यापछि उनलाई गाडिएको ...बाँकी
८ माघ, २०७५ |
काठमाडौं, ८ माघ ।
समायोजनमा प्रदेश रोज्ने प्रहरीलाई एक तह बढुवाको सुविधा दिने गरी नेपाल प्रहरीको समायोजन ऐन बन्ने भएको छ ।
प्रहरीको समायोजन विधेयक तयार गरी संसदमा पेस गर्न स्वीकृतिका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ ।
मन्त्रिपरिषदको निर्णयपछि विधेयकलाई कानुनी रूप दिन अबको केही दिनभित्रै सं...बाँकी
८ माघ, २०७५ |
काठमाडौं, ८ माघ ।
काठमाडौंको केन्द्रमा पाँच हजार रोपनी जग्गा व्यक्तिको नाममा हुन्थ्यो भने उसले कति कमाउँथ्यो होला ? त्यति नै जग्गाको ‘धनी’ भएर पनि पशुपतिनाथलाई जात्रा–पर्व चलाउन समेत हम्मेहम्मे पर्दैै आएको छ ।
पशुपति क्षेत्र विकास कोषअन्तर्गत सञ्चालित मन्दिरको जग्गा–जमिन अथाह भए पनि यसको सदुपयोग हुन सकेको छैन ।
...बाँकी
८ माघ, २०७५ |
काठमाडौं, ८ माघ ।
नेकपा नेतृत्वको सरकारका हरेक मन्त्रालयको गतिविधिको ‘निगरानी’ गर्न कांग्रेसले बनाउने भनेको ‘छाया सरकार’ मा सांसद विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मले ‘मन्त्री’ को दाबी गरेका छन् ।
पार्टीका ६३ सांसदलाई इच्छाएका तीन वटा मन्त्रालय प्राथमिकता अनुसार छान्न दिएकामा व्यापारी चौधरी र श्रेष्ठले पनि ‘छाया मन्...बाँकी
८ माघ, २०७५ |
काठमाडौं, ८ माघ ।
१९ पुसमा प्रहरीले धादिङको गजुरीबाट चार किलोसहित तीन व्यक्तिलाई पक्राउ गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो ।
प्रदेश– ३ कार्यालय हेटौंडा इलाका प्रहरी कार्याालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो ।
प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा...बाँकी
७ माघ, २०७५ |
काठमाडौं, ७ माघ ।
लामो समयदेखि बढुवाका लागि ऐन बाधक भएकामा मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेपछि प्रहरीमा बढुवाका लागि अहिले चर्को रुपमा दौडधुप बढेको छ ।
कानुनी अड्चन फुकेको पत्र गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाइल तयार पार्ने क्रमलाई तीव्रता दिएसँगै बढुवाका आकां...बाँकी
७ माघ, २०७५ |
काठमाडौं, ७ माघ ।
डा. गोविन्द केसीले जुन विधेयकमा आपत्ति जनाएर अनशन सुरु गरेका छन्, त्यसैलाई प्रतिनिधिसभाको सोमबारको बैठकको सम्भावित कार्यसूचीमा राखिएको छ ।
विधेयक तत्कालै पारित गराउने सत्तापक्षको तयारी छ । समितिबाट संसदमा पेस भएको चिकित्सा शिक्षा विधेयकलाई सम्भावित कार्यसूचीमा राखिएको जानकारी संघीय संसदको कार्यव्...बाँकी
७ माघ, २०७५ |
काठमाडौं, ७ माघ ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभाका २ सांसद अहिले निलम्बित अवस्थामा छन् ।
सभामुख कृष्णबहादुर महराले भर्खरै सपथ गराएका सांसद रेशम चौधरी र भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले उनीहरु निलम्बित अवस्थामा रहेकै कारण प्रतिनिधिसभाको चालु अधिवेशनमा भाग ...बाँकी