१९ जेष्ठ, २०७३ |
दिया चन्द
नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपा माओवादीले चितवनको शक्तिखोरमा रहेको कोलार चुनखानीमाथि आक्रमण गरेको छ । बुधबार दिउँसोको आक्रमणबाट चुनखानीको कार्यालय र डोजर ध्वस्त भएको त्यहाँबाट प्राप्त खबरमा उल्लेख छ ।
चुनखानीका कारण पूर्वी चितवनको चेपाङबस्ती नै संकटमा परेको, जनताको स्वास्थ्यमा प्रतिकूल असर परेक...बाँकी
१९ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति ९ सय ९९ सदस्यीय बन्ने भएको छ । पार्टीको संगठनसम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको कार्यदलले महाधिवेशन आयोजक समिति बढाउने प्रस्ताव पार्टी हेडक्वार्टरलाई गरेको हो ।
पार्टी महाधिवेशन आयोजक समिति जम्बो बनाउनुपर्नाको कारण र परिस्थितिसमेतको व्याख्या गर्...बाँकी
१९ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १५ वर्ष पूरा भएकाे छ । २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो ।
उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ । जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेप...बाँकी
१९ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नयाँ बजेटको घोषणासँगै सरकार परिवर्तनको चर्चा चुलिएको छ । केपी ओली नेतृत्वको सरकारले नै निरन्तरता पाएर उनकै नेतृत्वमा स्थानीय र संसदीय निर्वाचन सम्पन्न भई अर्को वर्ष मात्रै सरकार परिवर्तन हुने वा यो सरकार बिस्थापित भई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बन्ने भन्ने दुईथरी ...बाँकी
१७ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले जेठ २१ मेची, पश्चिम ताम्सालिङ र कर्णाली तथा जेठ २७ गते नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
चन्द माओवादीका प्रवक्ता प्रकाण्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बन्द घोषणा गरिएको जानकारी गराएका हुन् । प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका ...बाँकी
१७ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
राजधानी केन्द्रित आन्दोलन गर्दै आएको संघीय गठबन्धनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। दोस्रो चरणको आन्दोलनका कार्यक्रम आज सकिएपछि गठबन्धनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो ।
गठबन्धनका संयोजक उपेन्द्र यादवले वक्तव्यमार्फत २०७३ जेष्ठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान ...बाँकी
१७ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
व्यवस्थापिका–संसद्को तेस्रोपटक बसेको बैठक पनी अवरुद्ध भएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद महेश आचार्यले सार्वभौम संसद्को विशेषाधिकारमा आघात पुग्ने गरी बजेटका सूचना चुहाइएकाले गम्भीर प्रकृतिको यो घटनाको छानबिन गर्न सरकार अग्रसर हुनुपर्ने माग गरेका थिए ।
सत्तापक्षसँग मिल...बाँकी
१७ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
मेक्सिकोका फुटबल खेलाडी एलान पुलिडो अपहरणमा परेका छन् । उत्तरी राज्य तमौलिपास राज्यबाट फुटबलर पुलिडो अपहरणमा परेको जनाइएको छ ।
गत शनिवार राती आफ्नै गृहनगर सिउडाडमा एउटा पार्टी सकाएर घर फर्कीने क्रममा उनलाई हतियारसहितका नकाबधारीहरुले अपहरण गरेको बताइएको छ ।
मेक्सिकोको उक्त राज्य विश्वमै अपरहण ...बाँकी
१५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
अख्तियार दुरपयोग अनुसन्धान आयोग, पूर्व क्षेत्रीय सम्पर्क कार्यालय इटहरीको टोलीले आज एक प्रधानाध्यापकलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेका छन् ।
विराटनगर– ११, देवकोटाचोकस्थित रुपेश होटेलबाट मोरङको अमाही बरियाती–४ स्थित जनता उमाविका प्रधानाध्यापक रुद्रानन्द चौधरीलाई रु ६५ हजार सहित पक्राउ गरिएक...बाँकी
१४ जेष्ठ, २०७३ |
न्युजकोसेली संवाददाता
कालिकोटको कोटवाडास्थित निर्माणाधीन विमानस्थलमा मारिएका जोगीमारा चेपाङ मजदुरहरुका आफन्तजनहरुले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन प्रधानसेनापती रुक्माङ्गत कटुवाल बिरुद्ध उजुरी दर्ता गराएका छन् ।
त्यस्तै तत्कालीन कालिकोट प्रजिअ र तत्कालीन कालिकोट स्थित नेपाली सेनाका गणपतीबिरुद्ध धादि...बाँकी