newskoseli.Com

‘हिन्दू राज्य’ माग्दै आएका कांग्रेस महामन्त्रीले भने– ‘गणतन्त्र र सङ्घीयतामा जनमतसंग्रह हुनुपर्छ’

विगतदेखि नै संविधानपिरीत ‘हिन्दू राज्य’ को वकाल गर्दै आएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विषयमा समेत जनमतसंग्रहमा जान तयार रहेको बताएका छन् । होली पर्वको अवसरमा बुधबार राजधानीको टोखास्थित निवासमा महामन्त्री कोइरालाले आयोजना गरेक...बाँकी

कांग्रेसले बनायो ‘निर्वाचन, नियमावली मस्यौदा र अनुशासन समिति’

पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसले राधेश्याम अधिकारीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको हो । ...बाँकी

‘मन्त्रिमण्डल फेरबदल हुँदैन’ : प्रधानमन्त्रीको प्रश्न– ‘विप्लव समूह पार्टी नै होइन, केको प्रतिबन्ध ?’

तत्काल मन्त्रिमण्डल फेरबदल हुने र त्यसको गृहकार्य समेत भैसकेको चर्चा सर्वत्र चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने तत्काल मन्त्रीपरिषद् पुनर्गठन नहुने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने– ‘एउटा मन्त्रालय खालि छ, अपूर्णलाई पूर्ण ...बाँकी

फुट्दै प्रगतिशील लेखक संघ (प्रलेस) : बेग्लै संगठन घोषणाको तयारी !

लामो इतिहास बोकेको र नेपालका भए जति सबै खाले ‘वाम’ पक्षधर लेखक–साहित्यकार अटाउने ‘साझा थलो’ प्रगतिशील लेखक संघ (प्रलेस) आसन्न राष्ट्रिय सम्मेलनकै सेरोफेरोमा यसपालि भने विधिवत विभाजन हुने भएको छ । ‘वाम’ सरकारको वैचारिक गन्तव्य संसदीय व्यवस्था भएको र यसले यथास्थितिवाद र दलाल पुँजीपति वर्गको प्रतिनि...बाँकी

विप्लव नेकपाका पोलिटब्युरो सदस्य जीवन्त पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ ललितपुरस्थित डेराबाटै नेता जीवन्तलार्इ पक्राउ गरेको जानकारी प्रहरी स्रोतले दिएको छ । उनी यसअघि पनि पक्...बाँकी

‘प्रचण्ड र विप्लव दुवै गलत’ : बाबुराम भट्टराई (‘ट्विट’ सहित)

पूर्वमाओवादी नेता, पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले केपी ओली–प्रचण्ड नेतृत्वको सत्तारुढ नेकपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दुवै गलत भएको दावी गरेका छन् । सामाजिक सञ्जाल ट्‘विटर’ मार्फत ‘ट्विट’ गर्दै डा. भट्टराईले चर्चामा रहेका मुलुकका दु...बाँकी

विप्लव नेकपालाई प्रत्यक्ष–अप्रत्यक्ष सघाउनेमाथि समेत ‘कारबाही’ : के–के छन् मन्त्रिपरिषदका निर्णय ?

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई ‘आपराधिक तथा विध्वंसकारी’ ठहर गर्दै ‘प्रचलित कानुनबमोजिम कार्बाही गर्ने’ दावी गरेको छ । नेकपा (विप्लव) द्वारा सञ्चालन गरिने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागी हुने वा सहयोग पुर्‍याउने व्यक्ति, संस्था वा स...बाँकी

सरकारी ‘प्रतिबन्ध’ बारे विप्लवको जवाफ : ‘केपी–बादल कम्पनीको कुकर्म’

नेपाल सरकारले मन्त्रिपरिषदबाट निर्णय नै गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र त्यस पार्टीका गतिविधिमाथि लगाएको ‘प्रतिबन्ध’ बारे सो पार्टीका महासचिव विप्लवले कडा जवाफ फर्काएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आफ्नो पार्टीलाई राजनीतिक शक्ति नभई ‘...बाँकी

वैद्य माओवादीले भन्यो– ‘विप्लवमाथिको प्रतिबन्ध फासीवादी र निन्दनीय’

नेपाल सरकारले मन्त्रिपरिषदबाट निर्णय नै गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि ‘प्रतिबन्ध’ लगाएकोमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आपत्ति जनाएको छ । क्रान्तिकारी माओवादीका महासचिव किरणले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘आफूलाई कम्य...बाँकी

सरकारद्वारा नेकपा (विप्लव) माथि प्रतिबन्ध ! मन्त्रिपरिषदबाटै ‘आपराधिक समूह’ घोषणा

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ‘आपराधिक समूह’ घोषणा गर्दै ‘प्रतिबन्ध लगाइएको’ घोषणा गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गरेको प्रस्तााव अनुसार सरकारले नेपाल कम्युनिस्ट पार्टीलाई ‘आपराधिक समूह’ ठहर गर्दै ‘प्...बाँकी