१७ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
दोस्रो कार्यकालका लागि नवनियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ भारतको १५औं प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री मोदीले शुक्रबार झन्डै २ दर्जन मन्त्री र केही राज्यमन्त्रीहरु नियुक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीको दोस्रो प्रधानमन्त्रीय कार्यकालमा भाजपा नेत...बाँकी
१६ जेष्ठ, २०७६ |
रासस/न्युजकोसेली संवाददाता
नेपालको इतिहासमा हालसम्म जम्मा दुई पटक भएका पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्य (सभासद) हरुलाई सरकारले ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित समारोहमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका तर्फबाट पदकसहित सम्मान प्रदान गरेकी हुन...बाँकी
१५ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा बुधबार अपराह्न आ.व. २०७६/७७ को वार्षिक बजेट पेस गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसदमा आ.व. २०७६/७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान वविरण अर्थात् बजेट पेस गरेका हुन् ।
अर्थमन्त्रीले राजश्व र व्ययको अनुमा...बाँकी
१४ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
सरकारले ‘प्रतिबन्ध’ लगाएको भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेपाल कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारबारे सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शीर्ष तहबाटै स्पष्ट दुई धार देखा परेको छ ।
विप्लव नेकपाले सोमबार आह्वान गरेको ‘नेपाल बन्द’ मूलतः सफल भएको ...बाँकी
१३ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ४ कम्पनी जनसेनाको निर्माण गरिसकेको दावी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै विप्लव नेकपाले जनसरकारका रुपमा जनपरिषद भन्ने संस्था र जनसेनाका रुपमा चार वटा कम्पनी निर्माण गरेको दावी गृहमन्त्री थापाले गरेका ...बाँकी
१२ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
राजधानीको सुकेधारा र अनामनगरस्थित घट्टेकुलोमा आइतबार दिउँसो शक्तिशाली बम विष्फोट भए । विष्फोटबाट ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
घटनास्थलमा २ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले पुष्टि गरेका छन् । सुकेधारा र अनामनगरका दुवै विष्फोटनस्थलमा एक–एक जना मृत भेटिए...बाँकी
१२ जेष्ठ, २०७६ |
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।
उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसद...बाँकी
११ जेष्ठ, २०७६ |
विशाल बस्नेत
मंगलबार दिउँसो प्रहरीको गोली लागी बुधबार सबैरै ज्यान गुम्न पुगेका भोजपुरका तीर्थराज घिमिरे हत्याको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दै नै आह्वान गरिसकेको छ । तर, दोहोरो भीडन्तका नाममा प्रहरीले हत्या गरेका ती युवा विप्लवका कार्यकर्ता नै नभएको स्थानीय वासि...बाँकी
९ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेठ १३ मा नेपाल बन्दको आह्वान गरेको छ ।
सो पार्टीसम्बद्ध युवा संगठनका कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरेर मंगलबार राति हत्या गरेपछि त्यसको ‘प्रतिरोध’ स्वरुप नेपाल बन्दको आह्वान गरिएको सो पार्टीका महासचिव विप्लवद्वारा प...बाँकी
८ जेष्ठ, २०७६ |
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्बाङले सङ्घीय संसद् प्रतिनिधिसभामा दर्ता गरिएको ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक, २०७५’ लाई ‘परिमार्जन’ गरी संविधानअनुकूल बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विधेयकबारे नेपाल पत्रकार महासङ्घले बुधबार प्रस्तुत गरेको १५ बुँदे सु...बाँकी