६ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
कामका लागि अफगानस्तानमा पुगेका १४ जना नेपालीहरुको एक आत्मघाती बम विष्फोटमा परी मृत्यु भएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा नेपालीहरु चढेको एक बसलाई नै लक्षित गरेर आत्मघाती वम विष्फोट गराइएको र सो क्रममा उनीहरुको मृत्यु भएको बताइएको छ । उनीहरु सबै सुरक्षा गार्डका रुपमा अफगानस्तानमा काम गर्दै आएक...बाँकी
२ असार, २०७३ |
न्युजकोसेली संवाददाता
गत मे १९ मा दुर्घटनाग्रस्त भएको इजिप्ट एअरको विमानको भग्नावशेष भूमध्य सागरमा भेटिएको छ ।
फ्रान्सको पेरिसबाट कायरोको लागि उडान भरेको ए ३२० बिमानको भग्नावशेष भूमध्य सागरमा फेला परेको इजिप्टेली सरकारले जनाएको छ । ६६ यात्रुसहितको उक्त बिमान भूमध्य सागरमा दुर्घटनाग्रस्त भएको थियो ।
विमान दुर्घटना ...बाँकी
२ असार, २०७३ |
न्युजकोसेली संवाददाता
सामान्य खानपिन मै पनि सानोतिनो लापरवाहीले क्यान्सरको खतरा बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठन अन्तर्गतको क्यान्सर इकाइले जनाएअनुसार धेरै तातो खानेकुरा खाने गर्दा क्यान्सरको जोखिम बढाउँछ ।
सो संगठनका अनुसार चिया वा कफी लगायत अन्य खानेकुरा ६० डिग्री सेल्सियस भन्दा तातो खा...बाँकी
३२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
अमेरिकाको ओर्लान्डोस्थित लाइट क्लवमा भएको हमलामा मारिएका एक व्यक्तिले मृत्युको मुखमा पुग्दा आफ्नी आमासँग एसएमएसमार्फत घटनाको जानकारी गराएको तथ्य प्रकाशमा आएको छ ।
एडी जस्टिस नाम गरेका ३० वर्षीय ती व्यक्तिले आफ्नी आमालाई एसएमएसमार्फत आफू मृत्युको मुखमा पुगेको जानकारी गराएका हुन् । उनले आफ्नो प्राण...बाँकी
३२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकामा मुस्लिमको प्रवेशमा रोक लगाउनुपर्ने धारणा फेरी दोहोर्याएका छन् ।
फ्लोरिडाको ओरल्याण्डोमा ५० जना मारिने गरी भएको हत्याकाण्डपछि न्यूहैम्पशायरमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकी आप्रवासन नीतिका कारण यस्ता घटना दोहोरिरहेको भन्द...बाँकी
३१ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
न्यूक्लियर सप्लायर्स ग्रुपमा सामेल हुन प्रयासरत भारतलाई चीनले नसघाएपछि रुससँग गुहार माग्न थालेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमार्फत गुनासो पोखेका छन् । उनले सो ग्रुपमा भारतको सदस्यताका लागि रुसको सहयोग मागेको बताइन्छ ।
सो ग्रुपमा सामेल हुन...बाँकी
३१ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्लोरिडाको ओरल्याण्डोमा ५० जना मारिने गरी भएको आक्रमणलाई आतंक र घृणित कार्यको संज्ञा दिएका छन् ।
अमेरिकी नागरिक चिहानमा पनि एकताबद्ध हुने र त्यहाँबाट उठेर आफ्नो सुरक्षाका लागि लड्ने अठोट राष्ट्रपति ओबामाले व्यक्त गरे ।
घटनालाई भीषण नरसंहार भन्दै ओबामाले साना बन...बाँकी
३० जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
फ्रान्समा जारी युरो कपअन्तर्गत गएराति भएको इङ्ल्यान्ड र रुसबीचको खेलका क्रममा हिंसात्मक झडप भएको छ । मार्से शहरमा भएको खेलका क्रममा रंगशालामै इङ्ल्यान्ड र रुसका समर्थकबीच झडप भएको हो ।
झडपका क्रममा कम्तिमा ३० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
दुई देशबीचक...बाँकी
२७ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
एउटा बाँदरले सिंगो मुलुकलाई तीनघण्टा प्रभावित गर्यो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर एउटा बाँदरले बुधबार तीनघण्टासम्म अफ्रिकी मुलुक केन्यालाई प्रभावित तुल्याएको छ ।
समाचार एजेन्सीहरुका अनुसार केन्याको मुख्य विद्युत गृहको उपकरणमाथि एउटा बाँदर हामफाल्दा मुलुकभर विद्युत अवरुद्ध भएको हो । विद्युत ...बाँकी
२४ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस)ले आफ्नै लडाकुलाई धमाधम मार्न थालेको छ । आइएसले अमेरिकी गठबन्धनलाई आफ्नो सूचना उपलब्ध गराएको आरोपमा लडाकुहरुलाई मृत्युदण्ड दिएको हो ।
यस्तो आरोपमा कम्तीमा पनि ३८ लडाकुलाई मृत्युदण्ड दिइएको समाचार एजेन्सीहरुले जनाएका छन् । पछिल्लो समय आइएसका केही...बाँकी