newskoseli.Com

सरकारी निर्णयको विरोध गर्दा ५१ जनालाई जेल सजाय

इजिप्टको सर्वोच्च अदालतले सरकारको निर्णयबिरुद्ध प्रदर्शनमा संग्लन भएको अभियोगमा ५१ जनालाई दुई/दुई बर्षको सजायँ सुनाएको छ । इजिप्टका राष्ट्रपति फतेह अल सीसीले इजिप्टको दुई महत्वपूर्ण द्वीप सउदी अरबलाई दिएको बिरोधमा इजिप्टको राजधानी कायरोमा गत अप्रील २५ मा ब्यापक प्रदर्शन गरिएको थियो । सउदी अरबक...बाँकी

आइएस र सरकारी सेनाबीचको भीडन्तमा ५५ जना मारिए

सिरियाको डेर अल जौरको अस्पताल परिसर कब्जा गर्न गएका अतिवादी इस्लामिक संगठन आइएस लडाकू र सरकारी सेनाबीचको भिडन्तमा ५५ जना मारिएका छन् । मारिनेमा ३५ जना सरकारी पक्षका र २० जना आईएस लडाकू रहेको जनाइएको छ । घटनामा अस्पतालका केही कर्मचारीलाई आईएस कार्यकर्ताले कब्जामा लिएका छन् । सिरियाको पूर्वी क्ष...बाँकी

१ सय १६ वर्षीय विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन

विश्वकै सबैभन्दा वृद्धि इटालीकी महिला सुसान्नाह मुसात जोन्सको बिहीबार निधन भएको छ । उनी ११६ वर्षकी थिइन । लसएन्जेल्सस्थित जेरन्टोलोजी (वृद्धवृद्धामा लाग्ने रोग अध्ययन विज्ञान) रिसर्च ग्रुपका वरिष्ठ चिकित्सक रोवर्ट योङले बताए, जोन्सको बुकलिस्थित बिहीबार मृत्यु भएको छ । उक्त वृद्धाश्रममा...बाँकी

अमेरिकाद्वारा रोमानियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सञ्चाल

अमेरिकाले युरोपेली मुलुक रोमानियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली सञ्चालनमा ल्याएको छ । रोमानियाको राजधानी बुकारेष्टबाट १८० मिलोमिटर दक्षिणस्थित देभेसेलु शहरमा ८० करोड अमेरिकी डलरको लगानीमा क्षेप्यास्त्र प्रतिरक्षा शिविर सञ्चालनमा ल्याइएको हो । यो शिविरले रोमानिया र अन्य युरोपियन मुलुकमा बाहिर...बाँकी

इरानी नागरिक हजयात्रामा जान नपाउने

हजयात्राका क्रममा इरानी नागरिकको सुरक्षा व्यवस्थासम्बन्धी सम्झौता गराउने प्रयास असफल भएको इरानले जनाएको छ । एएफपी समाचार एजेन्सीका अनुसार साउदी अरबसँग भएको छलफल निष्कर्षहीन भएसँगै यस वर्ष इरानी नागरिकले हजयात्रा गर्न नपाउने भएको इरानी अधिकारीले जनाएका छन् । इरानले हजयात्रीका लागि सुरक्षा व्यवस...बाँकी

इस्लामिक कट्टरपन्थी पार्टीका नेतालाई फाँसी

बंगलादेशको सबैभन्दा ठूलो इस्लामिक कट्टरपन्थी पार्टीका एक नेतालाई युद्ध अपराधको अभियोगमा फाँसी दिइएको छ । जमाते इस्लामी पार्टीका नेता मुतिउर रहमान निजामीलाई ढाका स्थित केन्द्रिय कारागारमा फाँसी दिइएको हो । उनलाई सन् १९७१ मा पाकिस्तानसँग स्वतन्त्र हुने क्रममा भएको संघर्षमा मानवता बिरोधी अपराधमा दोष...बाँकी

अमेरिकी गठबन्धन सेनाको आक्रमणमा आइएसका कमाण्डर मारिए

इस्लामिक अतिवादी संगठन आईएसका एक मुख्य कमान्डर अमेरिकी गठबन्धन सेनाले गरेको कारबाहीमा मारिएका छन् । इराकको अनबर प्रान्तमा गरिएको आक्रमणमा आइएसका मुख्य कमान्डर अबु वाहिव मारिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । वाहिव अल कायदा इराकका पूर्व सदस्य पनि हुन् । उनी गत शुक्रबार अनबरमा भएको आक्रमणका क...बाँकी

लिभरपुलले वाट्फोर्डलाई हरायो, म्यानचेस्टर र आर्सनल बराबरीमा

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले वाट्फोर्डलाई २–० ले हराएको हो । ३५ औं मिनेटमा जोए एलेनले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको लिभरपुलका लागि ७६ औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै अग्रता दोब्बर पारे ।...बाँकी

प्रदर्शनकै बीच सरकारले पारित गर्‍यो कर र पेन्सन सम्बन्धि योजना

हिंस्रक प्रदर्शनबीच ग्रीसको संसदले कर र पेन्सन सुधारसम्बन्धि योजना पारित गरेको छ । सोमवार हुने युरोजोनका अर्थ मन्त्रीहरुको बैठकअघि ग्रीसले पूर्व प्रतिवद्धता अनुरुप खर्च कटौतीसम्बन्धि यस योजना संसदबाट पारित गरेको हो । खराब ऋणका कारण चौपट भएको अर्थतन्त्र टिकाउन ग्रीसले युरोपका ठूला मुलुक र वित्...बाँकी

विद्रोही तालिवानका ६ लडाकुलाई मृत्युदण्ड

अफगानिस्तानमा तालिवानका ६ लडाकुलाई मृत्युदण्ड दिइएको छ । सन् २०१४ मा अशरफ घनी सत्तामा आएपछि पहिलो पटक विद्रोही तालिवानका लडाकुलाई सरकारले मृत्युदण्ड दिएको हो । राष्ट्रपति कार्यालयका अनुसार आम नागरिक र सार्वजनिक सुरक्षाविरुद्ध गम्भीर अपराध गरेका कारण ती ६ लडाकुलाई मृत्युदण्ड दिइएको हो । पछिल्लो...बाँकी