२६ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
सिरियामा बिद्रोही संगठनको कब्जामा रहेका तीन स्पेनिस पत्रकारलाई रिहा गरिएको छ । दश महिनाअघि सिरियाको एलोप्पो शहरबाट कब्जामा लिएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
हाल टर्कीमा रहेका उनीहरु स्वदेश फर्कने क्रममा रहेको स्पेन सरकारले जनाएको छ । टर्की र कतारको पहलमा उनीहरुलाई रिहा गरि...बाँकी
२६ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
उत्तर कोरियाली नेता किम जोङ उनले देशको सार्वभौमिकता संकटमा नपर्दासम्म आफ्नो देशले परमाणु हतियार प्रयोग नगर्ने प्रष्ट गरेका छन् ।
प्योङयाङमा सम्पन्न पार्टी कंग्रेसमा नेता उनले दक्षिण कोरियासहितका विपक्षी देशसँगको सम्बन्ध सामान्य बनाउन आफ्नो ध्यान केन्द्रित हुने पनि बताए ।
विपक्षी मुलुकहरुसँगको ...बाँकी
२४ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
सिरियाको एक शरणार्थी शिविरमा भएको हवाई आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । विद्रोहीले नियन्त्रणमा लिएको इदलिब प्रान्तस्थित कामूना शरणार्थी शिविरमा आक्रमण भएको अधिकारीहरुले जनाएका छन् ।
सिरियाली र रुसी लडाकु विमानले हवाई आक्रमण गरेको बताइएको छ । तर यसको पुष्टि भने हुन सकेको छैन । घटनामा महिल...बाँकी
२३ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
पेरुमा प्रहरीले लागू औषध तस्करले प्रयोग गरेको एउटा विमानलाई गोली हानेर खसालेको छ । विमान जमिनमा खसेपछि आगो लागेको थियो । प्रहरीले उक्त विमानबाट ७० किलो कोकिन बरामद गरिएको जनाएको छ ।
प्रहरीका अनुसार कोलम्बियन तस्कर भाग्न सफल भएका छन् । सो विमानका ५८ वर्षीय पाइलटलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ...बाँकी
२३ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । छत्तीसगढको बलरामपुर–रामानुजगञ्ज जिल्लाको दलधोवमा दुर्घटना हुँदा बसमा रहेका अरु यात्रु गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ । झारखण्डबाट छत्तीसगढको राजधानी रायपुरका लागि छुटेको बस बुधबार राति अनियन्त्रित ...बाँकी
२२ बैशाख, २०७३ |
पूर्वी कङ्गोको बेनी क्षेत्रमा मङ्गलबार राति संदिग्ध युगान्डाली विद्रोही समूह अलाइड डेमोक्र्याटिक फोर्सेस् (एडीएफ)ले गरेको आक्रमणमा १३ सर्वसाधारणको मृत्यु भएको समाचार छ । स्थानीय गैर सरकारी सङ्गठनले सो जानकारी दिएको छ ।
उत्तरी बेनीको मिमिबो र मुत्सोङ्गे इलाकामा स्थानीय समयानुसार मङ्गलबार...बाँकी
२२ बैशाख, २०७३ |
उत्तरी अफगानिस्तानको तखार प्रान्तको रुस्ताक जिल्लामा अवस्थित एक बिद्यालयका ६० जना बालिकालाई बुधबार रहस्यमयपूर्ण रूपमा बिष खुवाइएको छ ।
सो प्रान्तका प्रहरी प्रवक्ताले उक्त जानकारी दिएका हुन्। रुस्ताक जिल्लामा रहेको मिर मुलाई नामक बालिकाहरुको विद्यालयमा स्थानीय समयाअनुसार बुधबार विहान रहस्यमयढङ...बाँकी
२१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
सिरियाको स्थिति नियन्त्रण बाहिर गएको भन्दै अमेरिकाले चिन्ता ब्यक्त गरेको छ । जेनेभामा रहेका अमेरिकी विदेश मन्त्री जोन केरीले सिरियाको स्थिति दिन प्रतिदिन नाजुक बन्दै गएको भन्दै तत्काल ठोस कदम चाल्न विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।
संयुक्त राष्ट्रसंघ र अरब लिगका प्रतिनिधिसँग भेट गर्दै विदेश...बाँकी
२१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
खगोल वैज्ञानिकहरुका अनुसार पृथ्वी र सौर्यमण्डल जस्तै वातावरण भएका तीन ग्रह पत्ता लागेको छ । यी तीन ग्रहमा जीवनको सम्भावना हुन सक्ने उनीहरुको भनाई छ ।
३९ प्रकाशवर्षको दुरीमा रहेका यी तीन ग्रहको आकार पृथ्वी र शुक्र ग्रह समान छ । ‘नेचर जर्नल’ मा प्रकाशित शोधका अनुसार ती ग्रहमा जीवनका लागि उपयुक्त सं...बाँकी
२१ बैशाख, २०७३ |
इरान र दक्षिण कोरियाबीच विभिन्न १९ विषयमा सहकार्य गर्ने सहमति भएको सोमबार बताइएको छ ।
इरानी राष्ट्रपति हसन रौहानी र इरानको भ्रमणमा रहनुभएका दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हेको उपस्थितिमा उक्त सहमति भएको दुवै देशका सरकारले बताएका छन् ।
दक्षिण कोरियाली राष्ट्रपति पार्क आइतबार इ...बाँकी