newskoseli.Com

श्रीमतीमाथि बन्चरो हानेर प्रहरीकहाँ आफैं पुगे श्रीमान् !

बाँकेको जानकी गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छन् । जानकी गाउँपालिका– ३, मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले शनिबार बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बन्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुर्द्धका प्रहरी नायब निरीक्षक राजकुमार सिंह...बाँकी

ओली सरकारले ५ वर्षमै देशको कायापलट गर्छ : भट्टराई

गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराई प्रदेश– २ का लोपोन्मूख र अल्पसंख्यक जातिद्वारा सम्मानित भएका छन् । नेपाल कुसवडिया संघले शनिबार बाराको कलैयामा एक समारोहको आयोजना गरी उपाध्यक्ष भट्टराई सहितलाई सम्मान गरेको हो । सोही कार्यक्रममा राउटे तथा लोपोन्मूख जाति उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदे...बाँकी

‘प्लेन हाइज्याक’ बारे वृत्तचित्र देखाउने तयारी

नेपाली राजनीतिमा कतिपयले ‘युगपुरुष’ समेत भन्ने गरेका गिरिजाप्रसाद कोइरालाबारे तयार पारिएको वृत्तचित्र ‘प्रजातन्त्रका लागि अपहरण’ प्रदर्शन गरिने भएको छ । रफत सञ्चार क्लबमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा कोइरालाको राजनीतिक यात्रामा भएका गतिविधिहरुका साथै वि.सं. २०३० मा भएको विमान अपहरणबार...बाँकी

राजीनामा दिँदै मुख्य न्यायाधिवक्ताले भने– ‘स्वतन्त्र काम गर्न पाइएन, बाँधिनुपर्‍यो’

प्रदेश– ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले राजीनामा दिएका हुन् । आफूले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको न्यौपानेले बताए । पदमा रहँदा स्वतन्त्रतापूर्वक ...बाँकी

ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश

केही दिनदेखि प्रहरीको नियन्त्रणमा रहेका ज्ञानेन्द्रबहादुर शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ‘भ्रष्टाचारविरुद्धका अभियन्ता’ भनेर चर्चित शाहीलाई रिहा गर्न न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले शुक्रबार आदेश दिएको हो । अधिवक्ता महेश डंगोलले दर्ता गराएको बन्दी प...बाँकी

पश्चिम नेपालमा भीषण हावाहुरी न्यूनचापीय प्रणालीको प्रभाव : आइतबारसम्म ३ दिनको यस्तो छ पूर्वानुमान

पश्चिममा विकास भएको न्यूनचापीय प्रणली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीबार बेलुकी कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार साँझ कैलाली र कञ्चनपुरमा विकसित भएको प्रणाली विस्तारै सर्दै शुक्रबार बिहान...बाँकी

आइतबार उपत्यकामा सार्वजनिक बिदा

रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आइतबार (२६ जेठमा) काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ । गृह मन्त्रालयद्वारा शुक्रबार जारी सूचना अनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।...बाँकी

राजधानीकै सार्वजनिक स्कुलको जग्गा व्यक्तिको नाममा, अख्तियारद्वारा ५ जनाविरूद्ध मुद्दा

गैरकानुनी कार्य गरेको आरोपमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख भरतसिंह ऐरसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार जग्गाको कित्ता एकीकरण एवं भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने नाममा नमूना मच्छिन्द्र क्याम्पस, लग...बाँकी

विप्लवका कार्यकर्तासँग ४ लाख २० हजार धरौटी माग, बुझाउन नसकेपछि ४ जना जेल चलान

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ४ कार्यकर्तालाई बिहीबार कारागार चलान गरिएको छ । जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेको भन्दै उनीहरुलाई कारागार पठाइएको जानकारी श्रेस्तेदार नन्दप्रसाद आचार्यले दिएका छन् । उनीहरुमाथि नक्कली बम बनाएर आतङ्क मच्चाएको, एनसेल टावरमा आ...बाँकी

छोराको आशमा ७ छोरी, एक्लो छोरो पनि सिकिस्त !

जुम्लाको तिला गुफा नगरपालिकाका ६२ वर्षीय भक्तबहादुर बोगटी जुम्लास्थित कर्णाली प्रतिष्ठान अस्पतालमा पाँच वर्षीय छोरा विशाल बोगटीको उपचारमा क्रियाशील छन् । घर नजिकैको स्कुल जाँदै गर्दा बाटामा जङ्गली फल मचैनो खाँदा बिरामी भएका छोराको स्वास्थ्य अवस्था निकै चिन्ताजनक भएपछि अस्पताल आइपुगे उनी । अस्पतालमा ...बाँकी