२९ असार, २०७५ |
न्युजकोसेली संवाददाता
पाँचपोखरी थाङपाल गाउँपालिका– ४, सल्ले डाँडास्थित कच्ची सडकमा बिहीबार लु १ ख ९९९ नम्बरको बलेरो जिप सडकबाट अन्दाजी ४ सय मिटर तल खसेर दुर्घटना हुँदा ५ जनाको मृत्यु हुनुका साथै ८ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा सोही गाउँपालिका– ३ बस्ने ५३ वर्षीया नानी तामाङ, ६० वर्षीया जयरानी तामाङ र...बाँकी
२९ असार, २०७५ |
न्युजकोसेली संवाददाता
नेपालका लागि फ्रान्सका राजदूत Mr. Yves CARMONA ले राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदाई भेट गरेका छन् । राष्ट्रपति भवन, शीतलनिवासमा शुक्रबार राष्ट्रपति–राजदूतबीच विदाई भेट भएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले दिएको जानकारी अनुसार सो अवसरमा फ्रान्स र नेपालबीच रहिआ...बाँकी
२७ असार, २०७५ |
न्युजकोसेली संवाददाता
सरकारले हालै तोकेको मजदुरको न्यूनतम पारिश्रमिकप्रति चार मजदुर संगठनले आपत्ति जनाएका छन् ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाँक्री, अर्को अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राजन तिमल्सिन...बाँकी
२६ असार, २०७५ |
न्युजकोसेली संवाददाता
ट्रिपरको ठक्करबाट मंगलबार राजधानीमै एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ४ ख ८७२५ नम्बरको ट्रिपरले जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा सल्लाघारी, भक्तपुरका रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
एकै दिशाबाट कोटेश्वरतर्फ आउँदै गरेको बा. ८५ प ७१६ नम्बरको ...बाँकी
२२ असार, २०७५ |
न्युजकोसेली संवाददाता
सशस्त्र प्रहरी बलका ५ अतिरिक्त प्रहरी महानिरीक्षक (एआर्इजी) ले बिहीबार राजीनामा दिएका छन् । जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले राजीनामा दिएको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालको सचिवालयले जनाएको छ ।
बुधबारको मन्त्रिपरिषद् बैठकले अघिल्ल...बाँकी
२१ असार, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं सो पार्टीको केन्द्रीय प्रकाशन ब्युरोका इन्चार्ज गुणराज लोहनी ‘मुकुन्द’ लाई मातृशोक परेको छ ।
चर्चित लेखक एवं स्तम्भकार समेत रहेका लोहनीकी आमा विष्णुदेवी लोहनीको बिहीबार चितवनको कलेज अफ मेडिकल साइन्समा ७५ वर्षको उमेर...बाँकी
२१ असार, २०७५ |
काभ्रेपलाञ्चोक, २१ असार ।
तेमाल गाउँपालिका– १, आधाबाटोमा बालिका हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार सोही स्थानकी अन्दाजी ९–१० वर्षीया बालिका एलिसा तामाङलाई बुधबार राति कुटपिट गरी हत्या गरेर घरनजिकै फालेको आरोपमा उनीहरुलाई ...बाँकी
२० असार, २०७५ |
काठमाडौं, २० असार ।
जनताका क्रियाकलापहरु प्रभावित नहोऊन् भन्ने हेतुले सरकारले ‘अति संवेदनशील’ केही स्थानमा निषेधाज्ञा जारी गरेको ‘प्रष्टीकरण’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएका छन् ।
राष्ट्रियसभाको बुधबारको दोस्रो बैठकमा बोल्दै मुलुकमा सुशासन कायम राख्न र लोकतन्त्रको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध र...बाँकी
२० असार, २०७५ |
न्युजकोसेली संवाददाता
बुधबार बिहानै ओखलढुंगामा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै ३ जना गम्भीर घाइते भएका छन् । सुनकोशी गाउँपालिकाको मूलखर्क भन्ने स्थानबाट सदरमुकाम जान गुडेको वा १५ च ८८४३ नम्बरको जिप च्यानमस्थित भालदिप भन्ने स्थानमा दुर्घटना भएको हो ।
दुर्घटना भएको जिप सडकबाट करिव ३ सय मिटर तल ख...बाँकी
१९ असार, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी केन्द्रीय सचिवालयको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि असार २ मा बसेदेखि नेकपाका कुनै औपचारिक बैठक बसेको छैन ।
नेकपा केन्द्रीय कार्यालयले जनाए अनुसार बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको सचिवालय बैठक बस...बाँकी