१४ असार, २०७५ |
न्युजकोसेली संवाददाता
धादिङको खनियाबाँस गाउँपालिका– ५, साइस्वाँरामा बुधबार राति गएको पहिरोमा पुरिएर एकै परिवारका ३ जना र अर्को परिवारका २ जना गरी ५ जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर करिव ३२ वर्षीया वसुदा गुरुङ र उनका २ छोरी– १० वर्षिया लक्ष्मी र ५ वर्षिया सरस्वतीको मृत्यु भएको हो । त्यसैगरी, ६५ वर्षिय शम्...बाँकी
११ असार, २०७५ |
काठमाडौं, ११ असार ।
सुनसरी कोशी गाउँपालिका– ७, हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् ।
साथी–साथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका– ४ स्थित प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले आफ्नै...बाँकी
११ असार, २०७५ |
काठमाडौं, ११ असार ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहमा अपुग रहेका पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगी जनताको सेवा गर्ने बताए । मन्त्र...बाँकी
१० असार, २०७५ |
काठमाडौं, १० असार ।
राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ ।
परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेबसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्ब...बाँकी
९ असार, २०७५ |
काठमाडौं, ९ असार ।
वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार फिर्ता पठाइएको छ ।
कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए । ‘विदेश पुगिसकेपछि उद्धार ग...बाँकी
९ असार, २०७५ |
काठमाडौं, ९ असार ।
नियम अनुरुप निर्माण भएका तर यसअघि नक्सा पास नभएका भवनका लागि काठमाडौं महानगरपालिकाले विशेष व्यवस्था ल्याएको छ । निर्माण भइसकेका तर नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्सा अनुरुप बनाउनका लागि यस किसिमको व्यवस्था ल्याइएको जानकारी कामपाले दिएको छ ।
...बाँकी
९ असार, २०७५ |
न्युजकोसेली संवाददाता
०७४ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शनिबार) सार्वजनिक हुने भएको छ । चैतमा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ ।
सबै तयारी पूरा भएकाले दिउँसो नतिजा सार्वजनिक गर्न लागिएको जानकारी परीक्षा नियन्त्रक अम्बिकाप्रसाद ...बाँकी
६ असार, २०७५ |
न्युजकोसेली संवाददाता
नेपालमा लागूऔषध प्रयोगकर्ताको वृद्धिदर वार्षिक ११ प्रतिशत रहेको सम्बद्ध सरकारी अधिकारीले जनाएका छन् ।
बुधबार गृह मन्त्रालयमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले सो आँकडा पेस गर्दै यसलाई यो वर्ष ५ देखि ७ प्रतिशतमा झार्ने लक्ष्यसहित गृह मन्त्रालयले कार्ययोजना बना...बाँकी
३ असार, २०७५ |
न्युजकोसेली संवाददाता
अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा खसेको पहिरोमा शुक्रबार रातिदेखि पुरिएका चार मजदुरलाई आइतबार जीवितै उद्धार गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पुरिएको ३८ घन्टापछि उनीहरुलाई सुरुङबाट जीवितै उद्धार गरेको हो । शुक्रबार राति पौने ९ बजे संखुवासभास...बाँकी
३ असार, २०७५ |
न्युजकोसेली संवाददाता
आगामी आर्थिक वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयहरू र स्थानीय तहमा इन्टरनेट सेवा पुर्याइसक्ने महत्त्वकांक्षी योजना सरकारले अघि सारेको छ ।
आगामी आर्थिक वर्षभित्र सबै सामुदायिक विद्यालयहरू र स्थानीय तहमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउने घोषणा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्...बाँकी