newskoseli.Com

झाँक्रीको घाँटी रेटेर हत्या, संलग्नताको आरोपमा ५ जना पक्राउ

धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरीले पाँच जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको बिहार राज्यको मधुवनी जिल्लास्थित ललमनिया ग्राम, बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको कात्तिक २१ गते बिहान शव फेला परेको थियो । घाँट...बाँकी

सत्ताधारी नेकपाले टुंग्यायो प्रवास समन्वय कमिटी : इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिव र सदस्यमा को–को ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रवास समन्वय कमिटीको नेचृत्व चयन गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रवास कमिटी गठन गर्दै विन्दा पाण्डेलाई इन्चार्ज र लक्ष्मण पन्तलाई सहइञ्चार्जको जिम्मेवारी दिएको हो । प्रवास कमिटीको अध्यक्षमा...बाँकी

भीमफेदी कारागारबाट कैदी फरार

मकवानपुरको भीमफेदी कारागारबाट एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा अदालतद्वारा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका र पाँच वर्षसम्म जेल जीवन बिताइसकेका चितवन घर भएका ३० वर्षीय कुलदीपराज धामी फरार भएको कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिएका छन् । कारागारलाई सुरक्षित राख्न र कैदीबन्...बाँकी

पौने करोडकाे नगद र चेकसहित हुण्डी कारोबारी पक्राउ

ठूलो रकम र चेकसहित अवैध हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले राजधानीबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बेतिया घर भएका सत्यनारायण प्रसाद कुलेश्वरबाट पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिएका हुन् । प्रनाउ कुँवरका अनुसार प्रसादको कोठामा ...बाँकी

प्रहरीले फेला पार्‍यो ५ एसएमजी राइफल, १३ म्याग्जिन र १९० गोली : विप्लव नेकपाले ल्याएको आशंका !

जिल्ला प्रहरी कार्यालय दाङले ठूलो मात्रामा अत्याधुनिक हतियार फेला पारेको छ । दाङको गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सीमानामा रहेको बेवारिसे खालि गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले शुक्रबार बेलुकी गोलीसहित उक्त हतियार फेला पारेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रह...बाँकी

सीके राउतको पार्टीबाट पनि उपनिर्वाचनमा उम्मेदवारी

निर्वाचन प्रक्रियामा पहिलो पटक सहभागी भएको डा. सीके राउत नेतृत्वको पार्टीले पनि उपचुनावमा सहभागिता जनाएको छ । महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा सो पार्टीबाट एक महिलाले उम्मेदवारी दिएकी छन् । डा. सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ का तर्फबाट पिपरा गाउँपा...बाँकी

कथित ‘अघोरी बाबा’ की पत्नी पक्राउ : ५ दिन म्याद थप, ‘आपराधिक लाभ’ मुद्दा

आफूलाई ‘अघोरी बाबा’ बताउने विजय केसीकी श्रीमती शारदा पाण्डे सोमबार पक्राउ परेकी छन् । उनीविरुद्ध ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत काठमाडौंबाट मंगलबार म्याद थप गरी पाण्डेलाई अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्...बाँकी

भारतीय प्रधानमन्त्रीलाई यस्तो पत्र लेख्दै डा. गोविन्द केसीले नवौं दिनमा आफैं तोडे १७औं अनसन (पत्रसहित)

वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले आफ्नो १७औं सत्याग्रह स्थगन गरेका छन् । डा. केसीले नवौं दिनमा मङ्गलबार आफ्नो सत्याग्रह स्थगनको घोषणा गरेका हुन् । डा. केसीले अमरगढी नगरपालिका– ४, डडेल्धुराका चार वर्षीय बालक श्रीयान्स जैरुबाट सुन्तलाको जुस खाएर १७औं अनसन नवौं दिनमा स्थगन गरेका छन् । राष्ट्रि...बाँकी

छोराको कुटाइबाट बाबुको मृत्यु !

मटिहानी नगरपालिका– ८, महोत्तरीमा सोमबार राति छोराको कुटाइबाट बाबुको मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ । मटिहानी नगरपालिका– ८ बस्ने ५५ वर्षीय रामसुन्दर रामको मृत्यु उनका छोरा वीरेन्द्रको कुटाइबाट भएको आशङ्कामा निजलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्...बाँकी

बंगलादेशी राष्ट्रपतिको ‘सवारी’ : कुन–कुन सडकमा ‘डिस्टर्ब’ हुँदै ? वैकल्पिक सडक प्रयोग गर्न आग्रह

बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको चारदिने औपचारिक नेपाल भ्रमणका अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकावासीलाई अनुरोध गरेको छ । महाशाखाले सोमबार विज्ञप्ति जारी गरी मङ्गलबारदेखि कात्तिक २९ सम्म हुने नेपाल भ्रमणका समयमा चक्रपथभित्र ठूला मालबाहक सवारी साधन प्रव...बाँकी