newskoseli.Com

कार दुर्घटनामा एकै परिवारका ३ को मृत्यु, २ घाइते

सन्धिखर्कको नरपानीमा बुधबार भएको कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा दुई जना घाइते भएका छन् । गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डको नरपानीमा बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक...बाँकी

प्रहरी निरीक्षक एक्कासि बेहोस, उपचारका क्रममा मृत्यु

सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा, जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिषेक थापाको उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाइवरी सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रम...बाँकी

उम्मेदवारी दर्ता कात्तिक २१ र २७ मा : उपनिर्वाचन प्रक्रिया

मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति कात्तिक २१ र २७ मा मनोनयनपत्र (उम्मेदवारी) दर्ता गरिने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्य...बाँकी

बाँदर मार्न सुनुवारले बोकेको बन्दुक पड्कँदा तामाङको मृत्यु

बाँदर मार्न बोकेको बन्दुक पड्किएर ओखलढुङ्गामा एक किशोरको मृत्यु भएको छ । भरुवा बन्दुक पड्किएर मोलुङ गाउँपालिका– ३, थुम्कीका १७ वर्षीय लालमान तामाङको मृत्यु भएको हो । सोमबार दिउँसो २ बजे थुम्की जङ्गलमा बाँदर लखेट्ने क्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कँदा तामाङ घाइते भएका थिए । उप...बाँकी

‘भीभीआईपी’ कक्ष यस्तो छ वीर अस्पतालमा : तर, ३० वर्षयता सधैं रित्तै !

वीर अस्पतालको पहिलो तलाको उत्तर–पूर्वमा अति–अति विशिष्ट (भीभीआईपी) सेक्सन छ । यस सेक्सनका हरेक कक्षको बाटो (प्यासेज) मा लचकदार गलैंचा विच्छ्याइएको छ । बिरामी सुत्ने कोठामा अत्याधुनिक उपकरण जडित छन् । बाथटब सहितको कोठाभित्रै (अट्याच) बाथरुम र शौचालय छन् । स्टोर सहितका यस्ता आठ वटा भीभीआईपी कक्षका ...बाँकी

पूर्वसभामुख महराको थुनछेक बहस : तारिखमा रिहा हुने सम्भावना

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुनछेक बहस चलिरहेको छ । काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बयान चलिरहेको जानकारी सूचना अधिकारी ज्ञानबहादुर कार्कीले दिएका छन् । बहस सकिएपछि उनलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने भन्ने आदेश...बाँकी

यात्रु बस खस्यो सुनकोशीमा : १३ को मृत्यु, क्षति अझै बढी हुन सक्ने

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा आइतबार यात्रुबस दुर्घटना भएको छ । घटनास्थलमै १० जनाको मृत्यु भएको छ भने पछि थप ३ जनाकाे निधन भएकाे पुष्टि भएकाे छ । मृतककाे संख्या अझै बढ्न सक्ने देखिएकाे छ । मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सडकबाट सुनकोशी न...बाँकी

सेनाको नयाँ विमान आइपुग्यो, अब आर्मीका २० वटा हवाइ साधन

नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरिद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । सो कार्गो विमान खरिदका लागि सन् २०१७ अगस्टमा एलसी खोलिएको थियो । विपदका समयमा सामान ढुवानी र यात्रु ओसारपसार त...बाँकी

नेकपाको सचिवालय बैठक : उपनिर्वाचनका उम्मेदवार तय, अरु के–के भए छलफल ?

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आइतबार उम्मेदवार घोषणा गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा उम्मेदवारहरुबारे मोटामोटी सहमति भएको छ । आइतबार फेरि बैठक बसेर उम्मेदवारको अन्तिम टु्ंगो लगाउने जानकारी प्रवक्ता नारायण...बाँकी

आफ्नै फूपुले गरिन् ३ वर्षे भदाहाको हत्या !

बेलकोटगढी नगरपालिका– १२, देउराली, लामाटोल, नुवाकोटमा तीन वर्षीय बालकको हत्या भएको छ । स्थानीयवासी सुजन रानामगरको हत्या गरिएको हो । रानामगरको घरमा कोही नभएको समयमा उनकै २८ वर्षीया फूपु पार्वती रानामगरले शुक्रबार हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । पर्वतीको मानसिक सन्तुलन ठी...बाँकी