newskoseli.Com

६५ वर्षिय वृद्धलाई कसले गिँड्यो खुकुरीले ?

धनुषामा धारिलो हतियार (खुकुरी) प्रहार गरी आइतबार साँझ एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका– ९, कटरैत बस्ने ६५ वर्षीय रामवरण शर्माको हत्या गरिएको हो । अज्ञात व्यक्तिले छुरा (खुकुरी) प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तारापट्टी बजा...बाँकी

दुई वडाध्यक्षबीच कुटाकुटपछि एक वडाध्यक्ष पक्राउ

आफूजस्तै अर्का वडाध्यक्षमाथि कुटपिट गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका– ८, ओखलढुंगाका वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । लुइँटेलले असार ३० मा चम्पादेवी गाउँपालिकाको कार्यालय, ताप्केडाँडामा सोही गाउँपालिक...बाँकी

आँखा अस्पताल प्रमुख डा. सन्दुक रुइतलाई पनि डेंगु

नेत्रविशेषज्ञ प्रा.डा. सन्दुक रुइत तीन दिनयता अस्पतालमा उपचाररत छन्  । डेंगुको संक्रमणले बिरामी परेर उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनीसहित परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको छ । ‘डेंगुको अवस्था भयावह भएर आयो,’ उनले भने– ‘डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी...बाँकी

पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घटनामा, कस्तो छ उनको अवस्था ?

जनयुद्धकालकी चर्चित माओवादी नेतृ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी पत्नी तथा पूर्वमन्त्री हिसिला यमी आइतबार दिउँसो मोटरसाइकल दुर्घटनामा घाइते भएकी छन् । हाल समाजवादी पार्टी नेपालकी नेतृ रहेकी यमी दुर्घटनामा परेर घाइते भएको पूर्वप्रधानमन्त्री भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए...बाँकी

चिनियाँ विदेशमन्त्री आइपुगे काठमाडौं : यस्ता छन् भेटघाट र छलफलका कार्यसूची

चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिने औपचारिक भ्रमणमा आइतबार साँझ विशेष विमानबाट काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करद...बाँकी

वर्ल्डलिंकले ल्यायो आकर्षक ‘दसैं–तिहार अफर’

नेपालीहरुको महान् चाड बडादसैं र तिहारको उपलक्ष्यमा नेपालकै सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ र आर्कषक अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले जम्मा २५,९९० रुपैयाँमा १ वर्षसम्म २५ एमबीपीएस इन्टरनेटका साथ ३२ इन्चको सीजी एलईडी टिभी र एक वर...बाँकी

२ पेस्तोल र ४ राउन्ड गोलीसहित राजधानीबाट ७ जना पक्राउ

गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले राजधानीबाट २ वटा पेस्तोल र ४ राउन्ड गोलीसहित ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले शनिबार अपराह्न साढे ४ बजे बालाजु, माछापोखरीबाट उनीहरुलाई पक्राउ गरेको हो । गुण्डागर्दीमा संलग्न ७ जनालाई २ वटा पेस्तोल र ४ राउन्ड गोलीसहित पक्राउ गरिएको महानगरीय प्रह...बाँकी

कतै भारी र कतै हल्का वर्षा हुने : शनिबारदेखि सोमबारसम्मको मौसमी पूर्वानुमान

मनसुनी न्यूनचापीय वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा औसत स्थान आसपासमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् मञ्जु बासीले बताइन् । ...बाँकी

‘भिडियो कन्फ्रेन्स’ बाटै कैदी–बन्दीको बयान लिइने : कारागारमा ‘कन्फ्रेन्स हल’ तयार

मुलुकको सबैभन्दा पुरानो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फ्रेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदी–बन्दीलाई अदालतमा उपस्थित नै नगराई ‘भिडियो कन्फ्रेन्स’ मार्फत वकिलले बयान लिन पाउने गरी ‘कन्फ्रेन्स हल’ निर्माण गरिएको हो । भिडियो कन्फेन्सिङ सेवाको सुरुआतसँगै सम्बन्धि...बाँकी

आफ्नै शरीरमा आगो लगाएर भारतीय नागरिकले नेपालमा किन गरे आत्महत्या ?

अर्जुनधारा नगरपालिका, झापामा एक भारतीय नागरिकले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् । अर्जुनधारा– ६, महानन्दचोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने २३ वर्षीय भारतीय नागरिक विश्वनाथ बरमनले बिहीबार बेलुका आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरमनले ...बाँकी