सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज (बुधबार) बस्ने भनिएको सचिवालय बैठक फेरि स्थगन भएको छ । विवादित विषयमा सहमति जुट्न नसक्दा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगन भएको हो ।
यसअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर आएपछि मङ्गलबार बस्ने भनिए...बाँकी
जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् । बारेकोट गाउँपालिका– ८ की ५० वर्षीया मनमाया कुमाईंको जङ्गली च्याउ खाँदा मृत्यु भएको हो ।
उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा उनको मृत्यु भएको हो । च्याउ खाँदा उनका १४ वर्षीय छोरा युवराज सिकिस्त बिरामी भ...बाँकी
कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले मन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश जारी गरेको हो ।
मन्त्री खत्रीसहित पाँच जनाले १ करोड १० लाख ८० हजार...बाँकी
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज देवीलाल पुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । पक्राउ पर्नेमा सिस्ने गाउँपालिका इन्चार्ज राजु थापा, ...बाँकी
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको जानकारी सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् ।
प्रवक्ता श्...बाँकी
बन्दीपुर गाउँपालिका– १, डुम्रेबजार, तनहुँ निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या सोमबार गरेको हो ।
शाहीको शव बन्दीपुर गाउँपालिका– ४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वि...बाँकी
एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार पारिएको पानाको ‘फोटोकपी’ गरिरहेको अव...बाँकी
नेपाली महिलाको महान् पर्व तीज नजिकिँदै गर्दा पोखरा महानगरपालिका– २६ लाई नेपालकै पहिलो ‘भड्किलो तीजरहित वडा’ घोषणा गरिएको छ । ३५ भन्दा बढी आमा समूह तथा महिला सञ्जालको सामूहिक प्रयास र प्रतिबद्धता अनुसार सो वडालाई ‘भड्किलो तीजरहित वडा’ बनाउन सफलता मिलेको दावी वडाध्यक्ष नारायण बरालले गरेका छन् ।
मौल...बाँकी
एक युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा प्रहरीले एक पशुसेवा प्राविधिकलाई पक्राउ गरेको छ ।
आठबीसकोट नगरपालिकाको गोतामकोटमा कार्यरत पशुसेवा प्राविधिक विष्णु खड्का पक्राउ परेको प्रहरी निरीक्षक अच्युतराज आचार्यले जानकारी दिए ।
खड्काले स्थानीय एक युवतीलाई आइतबार जबरजस्ती विष सेवन गराएको आरोप छ ...बाँकी
नेपाल टेलिकमले विश्वभरका ८७ मुलुकमा जाँदा ‘रोमिङ’ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ । टेलिकमले ती देशका १ सय ९२ दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग सहकार्य गरी सो सेवा उपलब्ध गराएको हो ।
तीमध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटि भारी छुट प्रदान गरिएको प्रवक्...बाँकी