‘म पेरिसबाट दोहा हुँदै आज काठमाडौं आएँ । यहाँको परिस्थिति लाजमर्दो रहेछ । विमानस्थलको हेल्थ डेस्कमा एउटै व्यक्ति थिएनन्। हामीलाई कुनै फर्म भर्न दिइएन । न त अध्यागमनले नै केही सोधपुछ गर्यो ।
फ्रान्स, जहाँ राज्यले व्यवस्थित लकडाउन गरेको छ । त्यस्तो ठाउँबाट आउँदा मलाई लागेको थियो, यहाँ झन् व्यवस्थि...बाँकी
विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको सरकारले स्पष्ट पारेको छ । कोरोनाभाइसरको संक्रमण बढ्दै जाँदा विभिन्न देशमा लकडाउन गरिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्कन चाहिरहेको खबर आएका सम्बन्धमा सरकारले यस्तो धारणा प्रकट गरेको हो ।
विदेशमा रहेका नेपालीलाई आफू र...बाँकी
ओम्नी समूहलाई स्वास्थ्य उपकरण खरिदको ठेक्का दिएर विवादमा परेको स्वास्थ्य सेवा विभागले विभिन्न स्वास्थ्य उपकरण किन्न फेरि टेन्डर आह्वान गरेको छ ।
१ अर्ब २५ करोडभन्दा बढी रकमको खरिद प्रक्रिया विवादमा तानिएपछि ओम्नीसँगको ठेक्का रद्द गरेको विभागले मंगलबार करिव ३५ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद...बाँकी
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । मंगलबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा कोभिड–१९ (कोरोनाभाइरस) र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ । लकडाउनपछि पहिलो पटक नेकपाले ...बाँकी
सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका– ६, रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर जाँच्नुको साटो भैरहवाको मेडिकल कलेज जान भनेका थिए ।
उनका...बाँकी
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दीताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२ हजार थान इन्डक्सन चुलो कोभिड– १९ का कारण लागू भएको लकडाउनमा मात्र सकिएका हुन् ।
कम्पनीले सूचना जारी गर्दै इन्डक्सन चुलो सक...बाँकी
कोरोनाभाइरसको संक्रमण विश्वभरि फैलिएको छ । यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ, त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन् । यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ । यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ ।
चुरोट बढी तान्ने, समयमै स्वास्थ सेवा...बाँकी
स्वार्थ समूहको प्रभावमा आफूलाई छक्याएर स्वास्थ्य सामग्री खरिद सम्झौता गरेकामा प्रधानमन्त्री दुई मन्त्री र सचिवालयका सदस्यहरुसँग आक्रोशित भएका छन् । अनियमितता भएको थाहा पाउनासाथ ओम्नी समूहसँगको सम्झौता प्रधानमन्त्री केपी ओलीले नै तोडाएका थिए ।
अचम्म त के छ भने तीन घन्टा मात्र बोलपत्र आह्वान गरेर स...बाँकी
कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
सरुवारोग विशेषज्ञ, चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको हो ...बाँकी
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले विभिन्न देशबाट उच्च शिक्षाका लागि त्यहाँ पुगेका विद्यार्थीलाई ‘समस्या भए आ–आफ्नै देश फर्कन सक्ने’ आग्रह गरेका छन् । ‘आफ्नै देशका नागरिकको जीवनरक्षा गर्नुपर्ने’ भन्दै अष्ट्रेलियन मन्त्रिपरिषदको शुक्रबारको बैठकले अध्ययन र भ्रमणमा रहेका विदेशी नागरिकलाई ‘स्वदेश ...बाँकी