विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस (कोभिड– १९) को महामारीका कारण नेपाललगायत विभिन्न मुलुकले लकडाउन गर्दा जीवनरक्षक औषधिको ढुवानी ठप्प भएको छ । स्वदेशी उत्पादन फयाक्ट्रीमै रहेका कारण अभाव सिर्जना हुँदा बिक्रेताले कालोबजारी सुरु गरेका छन् ।
नेपालमा कूल मागको करिव ४५ प्रतिशत मात्र स्वदेशी उत्पादनल...बाँकी
हिमालपारिको गाउँ लिमीका वासिन्दाले कोरोनाभाइरस (कोभिड– १९) को सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन् । अहिलेको आधुनिक सञ्चार प्रविधिको युगमा पनि नाम्खा गाउँपालिकाको लिमी गाउँ यो प्रविधिको पहुँचमा छैन ।
देशमा जारी लकडाउनबारे काठमाडौंमा बसेका आफन्तको फोनबाट जानकारी पाएपछि ...बाँकी
कोरोनाभाइरस (कोभिड– १९) ले नेपाली जनमानसमा त्रास बढिरहेका बेला काठमाडौं उपत्यकाभित्र भने विदेशबाट फर्किएका नागरिकका लागि ‘एक व्यक्ति, एक क्वारेन्टाइन बेड’ पुग्ने गरी निर्माण भएका छन् ।
कोरोनाभाइरसको सङ्क्रमण न्यूनीकरणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका १८ वटा नगरपालिकाले ‘एक व्यक्ति, एक बेड’ को...बाँकी
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव बुधबार साँझसम्म आफन्तले बुझेका छैनन् । थापाको मृत्युको कारण अस्पतालले बताउन नसकेपछि पत्नी र आफन्तले शव नउठाएका हुन् ।
रुघा–खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका आफ्ना पतिको उपचार नपाएरै मृत्यु भएको दाबी...बाँकी
स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको सर्वत्र प्रश्न उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे– ‘खरिद प्रकरणमा देखिएको विवाद के हो ? संकटका बेला किन यस्ता विषय विवादमा आए ? काम गर्ने तौरतरिका कहाँ मिलेन वा भएको क...बाँकी
कोरोना महामारीका कारण संसारभर सम्पर्क सञ्जाल विच्छेद भएपछि विमान कम्पनीहरू प्रत्यक्ष मारमा परेका छन् । धेरैजसो हवाई कम्पनी दुई महिनादेखि ठूलो घाटा व्यहोरिरहेका छन् । विमानस्थलको पार्किङ खर्च धान्न पनि उनीहरूलाई धौ–धौ छ ।
विश्वको एकचौथाइ जनसंख्या यतिबेला लकडाउनमा छ । कोरोना महामारी साम्य भएर आममान...बाँकी
कोरोना संक्रमण परीक्षण गर्न भनी हालै मात्र करोडौं खर्चेर ल्याइएका ‘र्यापिड किट’ प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीतका भएकाले ती किटहरु प्रयोग नगर्न मन्त्रालयले आग्रह गरेको हो ।
‘यो किट प्रयोग गरेर गरिएको परीक्षणमा रि...बाँकी
कोरोनाले विश्वलाई नै त्रसित बनायो, सबै देश पूर्वतयारीमा लागे । नेपालमा पहिलो संक्रमित भेटिएको १५ दिनपछि अर्थात् २५ माघमा सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न प्रक्रिया अघि बढाएको थियो । तयारीका लागि नेपाल सरकारलाई सामग्री आपूर्ति गर्न विधिवत् रूपमा १९ कम्पनीले कोटेसन ...बाँकी
धनुषाधाम नगरपालिका– ९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका लागि ११ चैत, २०७६ मा महोत्तरीको जलेश्वर कारागार पुगेका थिए ।
अदालतको फैसलाअनुसार यादवलाई ११ चैत, २०७७ मा रिहा हुने गरी कारागार पठाइएको थियो । तर, उनी जेलमा एक दिन मात्रै बसेर रिहा भएका छन् । ...बाँकी