newskoseli.Com

श्रीमद्भागवत गीता : पहिले घरघरमा, त्यसपछि हातहातमा…

  ‘घरघरमा श्रीमद्भागवत गीता पुर्‍याउने’ अभियानको घोषणा गरिएको छ । गीता प्रेस बिक्री केन्द्रले आइतबार राजधानीमा आयोजना गरेको ‘श्रीमद्भागवत गीता’ र ‘सरल गीता’ विमोचन समारोहमा घरघरमा गीता पुर्‍याइसकेपछि प्रत्येक नेपालीका हातहातमा पुर्‍याउने लक्ष्य समेत सार्वजनिक गरियो । कार्यक्रममा पशुपतिनाथ...बाँकी

डुबानमा भक्तपुरस्थित राधे–राधे क्षेत्र…

        शनिबार रातिदेखि परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको मध्यपुरथिमि नगरपालिका– ९ स्थित राधे–राधे क्षेत्र । ...बाँकी

१ सय ५० हज यात्रीलाई बिदाई…

  हज यात्रामा जाने १ सय ५० जना मुस्लिम धर्मावलम्बीलाई बिदार्इ गरिएको छ । राजविराज– ३, मोहम्मदपुरस्थित दारुल उलुम मदरसाले आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले उनीहरुलाई बिदाइ गर्दै सुख, समृद्धि, शान्ति र आपसी भाइचाराका लागि कामना गर्न आग्रह गरेका मदरसाका प्रमुख मोहम्मद जमिरले बताए । म...बाँकी

पहिरोमा पुरिएर एकै परिवारका ४ सहित ५ को मृत्यु, ४ अझै बेपत्ता

  जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरामा परी एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको छ । पहिराले पुरिएका ५ जनाको शव निकालिएको छ भने ४ जना अझै बेपत्ता छन् । एक जनाको भने जीवितै उद्धार गरिएको छ । भेरी नगरपालिका– ६, गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । उनकी श्र...बाँकी

रहेनन् कांग्रेस सभापति एवं पूर्वसभासद पंगेनी…

  पूर्वसभासद एवं नेपाली कांग्रेस स्याङजाका सभापति कमलप्रसाद पंगेनीको निधन भएको छ । अकस्मात स्वास्थ्यमा समस्या आएपछि उपचारार्थ आइतबार बिहान ६ बजे अस्पताल पुर्‍याइएका पंगेनीको उपचारकै क्रममा ६ः३० मा हृदयाघातका कारण निधन भएको हो । तीन कार्यकालसम्म नेपाली कांग्रेस स्याङजाको सभापति रहेका पूर्व...बाँकी

कालीगण्डकीमा बढ्यो पानीको बहाव : सचेत रहन सर्वसाधारणमा आग्रह

  केही दिनदेखि लगातार परेको वर्षाका कारण पर्वत जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि म्याग्दी तथा पर्वतको उत्तरी क्षेत्रमा लगातार वर्षा भएकाले पानीको सतह ह्वात्तै बढेको हो । नदीमा पानी बढेपछि आसपास क्षेत्रका बासिन्दा चिन्तित भएक...बाँकी

छाउपडी नछाड्नेलाई रोकियाे सेवा-सुविधा…

शुक्लाफाँटा नगरपालिका वडा नं. ८ ले छाउपडी प्रथा अँगाल्नेलाई वडाबाट प्रदान गरिने सेवा-सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरे मात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ । महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुनु नहुने, पानीको धारा छुनु नहुने...बाँकी

गर्भवती स्वास्थ्यचौकी जाँदा १० वटा अण्डा पाउने

म्याङलुङ नगरपालिका– ९ को वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्‍याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो । गर्भजाँच गर्न स्वास्थ्यचौकीमा आउने महिला...बाँकी

फेरि समातिए विप्लवका दुई नेता

  नेत्रविक्रम चन्द 'विप्लव’ जेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सुनसरी जिल्ला सेक्रेटरीसहित दुई नेतालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । नेकपा सुनसरीका जिल्ला सेक्रेटरी पुष्प कोइराला र कोशी ब्युरो सदस्य डीबी सिलवाललाई इटहरीबाट गएको प्रहरी टोलीले शुक्रबार दिउँसो हलगडाबाट गिरफ्तार गरेको...बाँकी