newskoseli.Com

‘बाहिर हामी छौं, तपाईं घरभित्रै बस्नोस्’ : प्रहरीको आग्रह

‘तपाईंको सुरक्षार्थ बाहिर हामी छौं, हाम्रो सुरक्षार्थ तपाईं घरभित्रै बस्नोस्’– महानगरीय प्रहरी कार्यालयले आइतबारदेखि यस्तो सन्देशमूलक नारासहित कोरोनाभाइरस (कोभिड– १९) सङ्क्रमणविरुद्धको अभियान थालेको छ ।

सर्वसाधारणको भीडभाड लाग्ने स्थानमा प्रहरीले कडा निगरानी राख्न थालेको छ । सडकका प्रत्येक चोक, वस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा सचेतना फैलाउन थालिएको छ । अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ ।

कोरोना सङ्क्रमण रोक्न सरकारले गरेको निर्णय कार्यान्वयन गर्न र सर्वसाधारणको सुरक्षाका लागि ‘तपाईंको सुरक्षार्थ बाहिर हामी छौं, हाम्रो सुरक्षार्थ तपाईं घरभित्रै बस्नोस्’ भन्ने सन्देश बनाई सतर्कता अपनाउन आग्रह गरिएको जानकारी प्रहरीले दिएको खबर देवहादुर कुँवरको बाइलाइनमा सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

यो पनि पढ्नोस्–

कोरोनाबाट कसरी बच्ने ? स्वास्थ्यकर्मीको सुरक्षा र पीपीईको प्रयोगबारे

कोरोना संक्रमितको संख्या ५ : बागलुङकी युवतीमा पनि पुष्टि, एकै उडानका २ यात्रुमा संक्रमण

कोरोना अपडेट : कहाँ कस्तो प्रभाव ? इटाली र स्पेन बढी प्रभावित (तथ्यांकसहित)

काठमाडौंमै कोरोना संक्रमित फेला, धैर्यता नगुमाउन स्वास्थ्यमन्त्रीकाे अपिल

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर