newskoseli.Com

शक्ति–सञ्चयमा ओली–प्रचण्ड : कसकाे रणनीति के ?

२८ कात्तिकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव (ओलीको भाषामा ‘आरोपपत्र’ वा ‘लाञ्छनापत्र’) फिर्ता नभएसम्म स्थायी कमिटीको बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष खड्ग ओलीले दिएसँगै बैठक एक हप्ता पर सारेर दुवै अध्यक्ष शक्ति–सञ्चयतर्फ लागेका छन् ।

स्थायी कमिटीको आइतबार बसेको बैठकमा दाहालको प्रस्ताव र ओलीको जवाफी पत्रलाई छलफलको एजेन्डा बनाउने कि नबनाउने भन्नेबारे छलफल भएको थियो । बैठकले ती दुवै प्रस्तावलाई एजेन्डा नबनाएर त्यसको सट्टामा ‘पार्टीको आन्तरिक समस्याबारे’ भन्ने एजेन्डा बनाएपछि सात दिनलाई बैठक स्थगित गरेर अध्यक्षद्वय शक्ति–सञ्चयतर्फ उन्मूख भएका हुन् ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा स्थायी कमिटीको बैठक सकिएपछि ओलीले आफूनिकटका नेताहरूसँग बालुवाटारमा भावी रणनीतिबारे छलफल गरेका थिए । प्रण्डले आफूमाथि लगाएका ‘आरोप’ को प्रतिवाद कसरी गर्ने र उनको प्रस्तावलाई कसरी ‘असफल’ बनाउने भन्ने विषयमा ओलीले आफूनिकट नेताहरूसँग छलफल गरेका हुन् । बालुवाटारनिकट स्रोतका अनुसार स्थायी कमिटीबाट भन्दा पनि सचिवालय बैठकबाट समस्याको छिनाफानो गर्ने ओली समूहको रणनीति छ । स्थायी कमिटीमा ओलीका विरुद्ध गतिलो बहुमत छ भने सचिवालयमा ओलीको अवस्था तुलनात्मकरुपले केही बलियो छ ।

यता प्रचण्डले पनि आफूनिकटका नेताहरूसँग छलफल गरिरहेका छन् । खासगरी पूर्वमाओवादीका नेताहरूसँग उनले छलफल गरेका छन् । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफूलाई कुनै संकोच नभएको स्थायी कमिटीको बैठकमा प्रचण्डले बताएका थिए । त्यसपछि साँझ उनले निकटका नेताहरूसँग सामान्य छलफल गरे ।

‘पार्टीमा नेतृत्व हस्तान्तरणको प्रसंग उठिरहेको छ, यसमा मलाई समस्या छैन, मलाई अध्यक्ष हुनुपर्ने मोह छैन’– प्रचण्डले बैठकमा भनेका थिए । स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीका अनुसार आफ्ना लागि पदभन्दा गणतन्त्र र पार्टी पहिलो र महत्त्वपूर्ण विषय भएकाले आवश्यक परे त्याग गर्न तयार हुने प्रचण्डले बताए । साँझको छलफलमा यो विषयले पनि प्राथमिकता पाएको थियो ।

पछिल्लो समय बहुमतको घेराबन्दीमा परेका प्रधानमन्त्री ओली भदौ २६ मा स्थायी कमिटीको बैठकले दिएको ‘म्यान्डेट’ कार्यान्वयन गर्छु भन्ने अवस्थामा पुगेका छन् । यो विषय पनि सचिवालय बैठकमा नभएर स्थायी कमिटीको बैठकबाटै छिनोफानो हुनुपर्ने प्रचण्डलगायतका नेताको भनाइ रहेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रचण्ड भन्छन् : ‘बरू मर्छु, पुँजीवादसामु घुँडा टेक्दिनँ’ (भिडियो)

यी सामग्री पनि पढ्नुहोस्–
बहुचर्चित सचिवालयको बैठकमा ओलीलाई प्रचण्डको जवाफ (पूर्णपाठ)
अध्यक्ष ओलीले के–के भने नेकपा सचिवालयको बहुचर्चित बैठकमा ? (पूर्णपाठ)
‘हम्मर हानिरहे ओलीले, घनले नै बजाइदिए प्रचण्डले !’
सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ)
यस्तो छ ओलीले प्रचण्डलाई लेखेको दसपाने चिठी (पूर्णपाठ)
यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह
‘ओली प्रवृत्ति’ बारे प्रचण्डको प्रस्ताव : बचाउ गर्दै बाेले वामदेव, शंकर भन्छन् फिर्ता लिइयोस्
बैठकमा बस्न आग्रह गर्दै ५ नेताले अध्यक्ष ओलीलाई बुझाएको पत्र

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर