newskoseli.Com

झन् ओरालो लाग्यो शेयरको मूल्य

धितोपत्र बजारमा बिहीबार पनि शेयरको मूल्य ओरालो लागेको छ । साताको सुरुदेखि नै ओरालो लागेको बजार बिहीबार अन्तिम दिन समेत कारोबार मापक नेप्से परिसूचक १ दशमलव ५६ विन्दुले घटेर १ हजार १ सय ७८ दशमलव ८७ विन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४८ विन्दुल...बाँकी

को–को हुन् आफ्नै पौरखले चम्केका उद्यमी नेपाली महिला ?

देशभरका उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा छिन् । महासंघको नेतृत्वमा पुग्ने उनी नै पहिलो महिला हुन् । राणाजस्तै उद्यममा चम्केका महिला भने अरु पनि छन् । कसैले पाँचतारे होटल चलाएका छन्, कसैले उत्कृष्ट बुटिक, कोही विश्वका प्रिमियर ब्रान्ड हाँकिरहेका छन्...बाँकी

अजेय सुमार्गीको ८४ करोड सर्वोच्चबाट फुकुवा

स्रोत नखुलेको भनी राष्ट्र बैंकले रोक्का राखिदिएको व्यापारी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम सर्वोच्च अदालतले खोलिदिएको छ । उक्त रकम नरोक्न भन्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश दीपकराज जोशीको मंगलबारको एकल इजलासले ‘सुविधा र सन्त...बाँकी

२० प्रतिशत घट्यो पेट्रोलियम पदार्थको बिक्री

विगतको तुलनामा पेट्रोलियम पदार्थको बिक्रीमा २० प्रतिशतले कमी आएको छ । लोडसेडिङ हटेको, उद्योगले पेट्रोलियम पदार्थ खरिद नगरेको र सीमा क्षेत्रबाट हुने पेट्रोलियम पदार्थको तस्करीमा कमी आएको हुँदा पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको नेपाल आयल निगम शाखा कार्यालय वीरगञ्जका प्रमुख जगदीशचन्द्र यादवले बत...बाँकी

सेनाले माग्यो थप ६८ करोड : फास्ट ट्रयाकमा ‘प्रोत्साहन रकम’

काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणमा खटिएका सैनिकका लागि ‘प्रोत्साहन रकम’ का नाममा नेपाली सेनाले अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ । सरकारले वार्षिक बजेटमा छुट्याएको रकम बाहेक प्रत्येक वर्ष १७ करोड रुपैयाँका दरले सेनाले ‘प्रोत्साहन रकम’ मागेको हो । करिव १ खर्ब रुपैयाँको लागत अनुमान गरिएको य...बाँकी

बरामद ३३ किलो सुन भारतले नेपाललार्इ नदिने

मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए । त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । तर, सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुप...बाँकी

नेपालका वाणिज्य बैंकहरुले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने

वाणिज्य बैंकहरुलाई पर्यटन, कृषि क्षेत्र र लघुवित्त क्षेत्रमा कर्जा प्रवाह गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मंगलबार एक सूचनामार्फत कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध ग...बाँकी

उपभोक्ता ठग्ने ३ पेट्रोलपम्प सञ्चालकहरूमाथि कारबाही : ३ महिना कैद र १० जरिवाना

पेट्रोलियम पदार्थको बिक्रीवितरण एवं परिमाणमा अनियमितता गर्ने तीन पेट्रोल पम्प कारबाहीमा परेका छन् । वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचका क्रममा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४ सय मिलीलिटरसम्म पट्रोलियम पदार्थ कम गरी बेच्ने गरेको पाइएकाले ती पम्पका सञ्चालकलाई जनही ती...बाँकी

अर्थतन्त्र पूरै अर्थमन्त्रीकै मुठीभित्र !

गत वर्ष नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १८८१ विन्दुमा पुग्यो । अहिले ११०० को आसपास मात्र छ । यसबाट बजार पुँजीकरण ८ खर्बभन्दा बढीले घटेको छ । यो अवस्था नेपाली अर्थतन्त्रको ऐना हो । यो वर्ष पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर उच्च छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले न...बाँकी

फैसला उल्टाएर भ्रष्टाचारीलाई सफाई !

भ्रष्टाचार मुद्दामा सात वर्ष अघिको आफ्नै फैसला उल्टाएर सर्वोच्च अदालतले दुर्इ जनालाई सफाई दिएको छ । झुटा विवरण र कागजावतका आधारमा कर्जा लेनदेन मुद्दामा भ्रष्टाचारी ठहर भएकामध्ये दुई जनालाई न्यायाधीशहरु शारदप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले बिहीबार सफाई दिएको हो ...बाँकी