newskoseli.Com

एनसेलको शेयर अब सर्वसाधारणलाई पनि !

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन, २०६३ को पछिल्लो संशोधित व्यवस्था अनुसार आगामी वैशाखभित्र ५ करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानुपर्ने भएकाले त्यसै अनुसार तयारी भइरहेको कम्पनीले जनाएको छ । ‘ह...बाँकी

कर्मचारीलाई साबुनसम्मको सुविधा, उपभोक्तामाथि महँगीको भार !

नेपाल आयल निगमले उपभोक्ताको ढाड सेकेर कर्मचारीलाई पोसिरहेको छ । निम्नवर्गीय नेपालीले प्रयोग गर्ने मट्टीतेलमा प्रतिलिटिर २८ रुपैयाँसम्म नाफा खाएर निगमले कर्मचारीलाई दैनिक लुगा धुने साबुनसम्मको भत्ता बाँडिरहेको छ । निगमका कर्मचारीले इन्धन खर्च शीर्षकमा मासिक ४ हजार ५ सय, घरखर्चका लागि १ हजार र लुगा...बाँकी

बारीमै ट्रयाक्टर लगाएर फेरि तरकारी नष्ट, नबिकेपछि किसान हैरान

बजारमा उपभोक्ताले मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा किनिरहेका छन् । तर, बीचौलिया व्यापारीले प्रतिकिलो ३ रुपैयाँमा पनि नलगेपछि बेनीघाट, रोराङ– ५, विशालटारका किसानले बारीमै तरकारी नष्ट गरेका छन् । बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि बारीमा ट्रयाक्टरले जोतेर उनीहरुले तरकारी नष्ट गरेका हुन्...बाँकी

‘सार्वजनिक खर्च पुनरावलोकन प्रतिवेदन’ बुझाइयो अर्थमन्त्रीलाई

सार्वजनिक खर्च पुनरावलोकन आयोगले अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्नो प्रतिवेदन बुझाएको छ । विद्यमान बजेट प्रणालीलाई सुधार एवम् परिमार्जन गरी संघीय संरचनाअनुरुप बनाउन अपनाउनुपर्ने कामका बारे आवश्यक सुझाव दिन गठित समितिले शुक्रबार अर्थमन्त्री डा. खतिवडालाई प्रतिवेदन बुझाएको हो । डा. डिल्लीराज...बाँकी

अविवाहित, सम्बन्ध–विच्छेद र पति बेपत्ता भएका महिलालाई पनि भत्ता !

पनौती नगरपालिकाले संघीय सरकारद्वरा निर्धारित मापदण्डमा नपरेका महिलालाई पनि लाभग्राहीको दायरामा ल्याई विशेष सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित महिला, सम्बन्ध–विच्छेद भएका महिला र पति बेपत्ता भएको १५ वर्ष पूरा भएका महिलालाई लाभग्राह...बाँकी

सर्वोच्चको फैसला : ‘३८ अर्ब कर एनसेललाई नै तिराउनू’

एनसेल बिक्री बापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा सर्वोच्च अदालतले एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ । सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल र एक्जिएटा कम्पनीले सरकारलाई करिव ३८ अर्ब रूपैयाँ कर तिर्नुपर्छ । स...बाँकी

१५औं पञ्चवर्षीय योजना : आर्थिक वृद्धिदरको लक्ष्य र लगानीको अनुमान

पन्ध्रौं पञ्चवर्षीय योजनाको ५.६ प्रतिशतले आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न राष्ट्रिय योजना आयोगले सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको कूल ९७ खर्ब ७७ अर्ब ७५ करोड रुपैयाँ लगानी हुने अनुमान गरेको छ । आयोगले तयार पारेको आधारपत्रमा कृषितर्फ ८ खर्ब ३७ अर्ब ३० करोड, उद्योगतर्फ ३५ खर्ब ८३ अर्ब ४७ करोड...बाँकी

बालुवाटारमा प्रधानमन्त्रीका लागि भव्य महल बन्दै !

सरकारले प्रधानमन्त्रीको निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ । आर्थिक मितव्ययिता अपनाउने घोषित नीतिविपरीत सरकारले प्रधानमन्त्रीका लागि महल बनाउन लागेको हो । अहिले संरचना अपुग भएको निष्कर्षसहित सरकारले अत्याधुनिक र सुविधासम्पन्न ‘प्रधानमन्त्री निवास’ बनाउन मन्त्रिपरिषदबाट स्वीकृति...बाँकी

संसदका महासचिवले यसरी लिइरहेछन् दोहोरो सुविधा

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले कानुनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटीको दुरुपयोग गरिरहेका छन् । विशिष्ट श्रेणीबाट अवकाश लिइसकेका भट्टराई सभामुखको सिफारिसमा महासचिव नियुक्त भएका हुन् । उनले विशिष्ट श्रेणीको पेन्सन र महासचिवको सेवा–सुविधा दुवै लिइरहेका छन् । कानुनअनुसार महासचि...बाँकी

ओली सरकारले बाँड्यो ५ महिनामा ६ करोड !

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले आर्थिक सहायतासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्ममा राज्यको ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ । उपचार खर्चलगायतका नाममा सरकारले रकम बाँडेको हो । सहायता पाउनेमा धेर...बाँकी