newskoseli.Com

विद्याको स्वागतार्थ विमानस्थल जान प्रधानमन्त्री इच्छुक, डाक्टरहरुले गरिदिए इन्कार !

राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जान्छु भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकहरूसँग आग्रह गरेका छन् । चारदिने कतार भ्रमण सकेर राष्ट्रपति भण्डारी बिहीबार (आज) स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रिपतिलाई स्वागत गर्न जानुपर्ने भन्दै डिस्चार्ज दिन प...बाँकी

लौ अब त बाँदरलाई पनि ‘झ्यालखाना’ !

खेतबारीमा जब बाँदर पल्कन्छ, बालीनाली सखापै पार्छ । पवर्तको महाशिलामा बाँदरले आतंक मच्चाएपछि नियन्त्रण गर्न गाउँसभाले संकल्प प्रस्ताव नै पारित गर्‍यो । र, ३० लाख रुपैयाँ वार्षिक बजेट नै विनियोजन गर्‍यो अनि साउनयता २ सय ३ वटा बाँदर नियन्त्रण गरेर ‘झ्यालखाना’ मा पनि राखिसक्यो । सबै वडामा बाँदरले खेत...बाँकी

जनप्रतिनिधिको तलब : सांसदको ४५, सभामुखको ५३ र मुख्यमन्त्रीको ६१ हजार

कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ । उनीहरुले तलबबाहेक थप आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्च समेत पाउने छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको सेवा–सुविधासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरेको छ । विधेयक मंगलबार ससदमा दर्ता भएको छ । ...बाँकी

चोर–डाकाले भरिए काठमाडौंका हिरासत…

महानगरीय प्रहरी परिसर काठमाडौं मातहतका हिरासत कक्ष चोर र डाका अभियोगमा पक्राउ अभियुक्तले भरिएका छन् चाडपर्वमा हुने चोरी–डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिरासत कक्ष भरिन पुगेका हुन् । चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको विगतका उदाहरण विश...बाँकी

ओली ‘गफाडी’, सरकार ‘भित्रैभित्रै कुहिएको फर्सी’ : बाबुराम

नयाँ शक्ति पार्टीले प्रधानमन्त्री केपी ओलीको स्वभाव गफाडी, अनुत्तरदायी एवं दम्भी देखिएको आरोप लगाएको छ । सो पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय बैठकमा बुधबार पार्टीको राजनीतिक प्रतिवेदन पेस गर्दै त्यस्तो धारणा अघि सारेका छन् । उखानटुक्का सुनाएर जनतालाई भ्रममा पार...बाँकी

सरकारसँग पैसाको छेलोखेलो !

गत आर्थिक वर्षको सुरुमा कर्जा उठाएर खर्च काम चलाएको सरकारसँग चालु आ.व. मा भने करिव ८० अर्ब रुपैयाँ बचत छ । उच्च दरको राजस्व असुली हुँदा तथा पुँजीगत खर्चमा आएको शिथिलताले सरकारको कोषमा ८० अर्ब रुपैयाँ बचत रहेको हो । गत आर्थिक वर्षको सुरुमा पैसा नहुँदा सरकारले साउनमै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक...बाँकी

३२ अर्बमा लगानीमा ३ प्रदेशमा ‘मोडल गाई फार्म’ को तयारी

गण्डकी सहितका तीन वटा प्रदेशमा ३२ अर्बको लगानीमा ‘मोडल गाई फार्म’ स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश– २ र प्रदेश– ३ मा फार्म खोल्न लागिएको हो । त्यसका लागि संघ सरकारले स्वीकृति दिइसकेको छ । गाईपालनका लागि आवश्यक प्रक्रिया पूरा भएको भन्दै सहयोगका लागि चीनसँग सम्झौ...बाँकी

आउँदै तिहार : फिक्री नमान्नोस्, सकेजति बत्ती बाल्नोस्…

यस पटकको तिहारमा विद्युतको उपभोग भरपूर मत्रामा गर्न पाइने भएको छ । पर्याप्त विद्युत् रहेकाले उपयोग बढाउन नेपाल विद्युत् प्राधिकरणले आग्रह गरेको छ । तीन वर्ष अघिसम्म १८ घन्टासम्म लोडसेडिङको मार खेप्न बाध्य नेपालीका लागि यस पटक भने पर्याप्त विद्युत् उपयोग गर्न प्राधिकरणले नै आग्रह गरेको हो । यस ...बाँकी

मन्त्री आफैं ठेकेदार समेत !

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनी सहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालय मातहतमा पुगेका छन् । खत्री सहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन कम्पनीले हाल ६८ करोड ३५ लाख रुपैयाँमा डिभिजन सडक कार्यालय सुर्खेतस...बाँकी

मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ शुल्क !

मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरिएपछि हिन्दु र बुद्ध धर्मको संगमस्थल मुक्तिनाथ दर्शनमा नेपालीलाई पनि शुल्क लाग्ने भएको हो । सरकारले १०० रुपैयाँ शुल्क निर्धारण गरी र...बाँकी