newskoseli.Com

काश्मिरमा थप चार मारिए

 भारत अधिनस्थ काश्मिरका सुरक्षा अधिकारीले प्रहार गरेको गोलीबाट मङ्गलबार थप चार सर्वसाधारणको मृत्यु भएको छ । केही दिनदेखि तनाव रहेको काश्मिरमा मङ्गलबार पुनः गोली चलेको हो । यसबाट अन्य १५ जना घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले मङ्गलबार बिहान बताएका छन् । हिजबुल मुजाहिद्दिन समर्थित अर्...बाँकी

अकूत सम्पत्ति आर्जनप्रति छानविन गर्न पूर्वराष्ट्रपति राजापाक्षका छोरा पक्राउ

श्रीलङ्काको एक अदालतले सोमबार श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजपाक्षलाई अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न आदेश दिइएको छ । अदालतले अनुसन्धानका लागि पूर्व राष्ट्रपति राजपाक्षका जेठा छोरा नमाल राजपाक्षलाई एकहप्ता हिरासतमा राखी छानबिन गर्न अनुमति ...बाँकी

भारतमा ७०औं स्वतन्त्रता दिवस, मोदी भन्छन्– पाकिस्तानद्वारा आतङ्ककारीलाई प्रश्रय

भारतले सोमबार ७० औँ स्वतन्त्रता दिवस मनाउँदै छ । उसले विशेष समारोहको आयोजना गरी सोमबार सो दिवस मनाइरहेको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । सो दिवसका लागि मध्यनजर गर्दै भारतभर विशेष सुरक्षा व्यवस्था कायम गरिएको छ । विशेषगरी भारत प्रशासित काश्मिर र पाकिस्तान प्रशासित काश्म...बाँकी

अस्पतालमा बिस्फोट : ४० को मृत्यु, दर्जनौं घाइते

पाकिस्तानको दक्षिणपश्चिमी सहर क्वेटास्थित एक अस्पतालमा भीषण बम बिस्फोट भएको छ । बिष्फोटमा परी कम्तिमा ४० को मृत्यु र दर्जनौं घाइते भएका छन् । एएफपीका एक समाचारदाता र पाकिस्तानी अधिकारीहरुले बिस्फोट शक्तिशाली भएकाले यस घटनामा मारिनेहरु सङ्ख्या बढ्ने आशङ्का व्यक्त गरेका छन् । उक्त बिस्फोट बलुचि...बाँकी

चीनको गुआङसीमा आइतबारको भूकम्पका कारण एक हजार दुई सय मानिस विस्तापित

चीनको गुआङसीलाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पका कारण एक हजार २०० मानिसले आफ्नो घर गुमाएका वा घरमा क्षति पुगेका कारण विस्थापित हुन पुगेका छन् । सोमबारसम्म प्राप्त सूचनाअनुसार भूकम्पका कारण ३० लाख ६१ हजार अमेरिकी डलरभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान आएको चीनले बताएको छ । ग...बाँकी

भारतमा बाढी ; ९६ को मृत्यु १० लाख विस्थापित

 भारतमा भारी वर्षापछि आएको बाढीमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ९० भन्दा बढी भएको जनाइएको छ । त्यसैगरी सो बाढी कारण करिब १० लाख व्यक्तिलाई सरकारले सञ्चालन गरेकाे शरणार्थी शिविरमा लगिएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । भारी वर्षा र बाढीको कारण विहार, आसाम र हिमाञ्चल प्रदेशलाई अत्...बाँकी

भारतमा बाढीमा परी १० जनाको मृत्यु, २६ सय ५३ गाउँ डुबानमा

भारतको आसाममा भारी बर्षापछि आएको बाढीमा परी १० जनाको मृत्यु भएको छ । आसाम र अरुणाञ्चल प्रदेशमा आएको बाढीका कारण १७ लाख मानिस प्रभावित बनेका छन् । आसामको १९ जिल्लाका २६ सय ५३ गाउँ डुबानमा परेका छन् । त्यहाँका कयौं सर्वसाधारण बेपत्ता छन् । बेपत्ताको खोजी र उद्दारका लागि सेना परिचालन गरिएको छ । आ...बाँकी

बंगलादेश प्रहरीको कारबाहीमा ९ जना मारिए

बंगलादेशमा प्रहरीको कारबाहीमा परी ९ जना संदिग्धहरुको ज्यान गएको छ । बंगलादेशको कल्याणपुरमा हालै भएकोे बम विस्फोटको घटनापछि प्रहरीले छापा मार्ने क्रममा उनीहरु मारिएका हुन् । बंगलादेशमा पछिल्लो समय लेखक र ब्लगरहरु निशानामा पर्न थालेपछि प्रहरीले ब्यापक छापा मारेको छ । पछिल्लो समय राजधानी ढाकामा गरिए...बाँकी

भाँडा माझ्दै माफी मागे दिल्लीका मुख्यमन्त्रीले

भारतको केन्द्रीय राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भाँडा माझेर प्रायश्चित गरेका छन् । आफ्नो पार्टीका तर्फबाट अन्जानमा भएको गल्तीप्रति माफी माग्दै उनले अमृतसरको स्वर्ण मन्दिरमा पुगेर भाँडा माझेका हुन् । उनको दल ‘आम आदमी पार्टी’ ले केही अघि युवा घोषणापत्र जारी गर्दै त्यसको तुलना गुरु...बाँकी

चीनमा भीषण बर्षा, बाढीमा परी १ सय ८० बढीको मृत्यु

चीनका विभिन्न प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण १ सय ८० भन्दा बढीको मृत्यु भएको छ । यान्ग्त्से नदीमा आएको बाढीले मध्य र दक्षिणी क्षेत्रका विभिन्न सात राज्यमा असर पुरयाएको छ । कम्तिमा ४५ जना हराइरहेका छन् भने ३ करोड ३० लाख मानिस प्रभावित भएका छन् । भारी वर्षाका कारण रेल्वे र यातायात सेवा सम...बाँकी