newskoseli.Com

दोहोरो भिडन्तमा ४ विद्रोहीसहित ८ को मृत्यु

भारत नियन्त्रित काश्मिरमा आइतबार बिहान भएको गोली हानाहानमा ४ जना शङ्कास्पद विद्राेही लडाकु, २ भारतीय सेना र २ जना सर्वसाधारणको मृत्यु भएको छ । श्रीनगरको कुल्गाम जिल्लामा भएको घटनामा ३ सैनिक घाइते समेत भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । घाइतेहरुमध्ये केहीलाई श्रीनगरमा रहेको सैनिक अस्पताल...बाँकी

‘गोप्य आणविक सहर बनाउँदैछ भारत’

पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीका क्रममा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको बताएको छ । यसरी बन्ने गोप्य आणविक सहरले एसिया क्षेत्रको सुरक्षा स्थितिमा समस्या उत्पन्न हुने पाकिस्तानको विदेश मामिला अध्ययन गर...बाँकी

रेडक्रसका ६ कर्मचारी मारिए

अफगानिस्तानको उत्तरी प्रदेशमा हतियारधारी अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा बुधबार अन्तर्राष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको मृत्यु भएको छ । हतियारधारीहरुले जौजाङ प्रान्तमा स्थानीय समयअनुसार बिहान १० बजेतिर आक्रमण गरेको अन्तर्राष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अयाज अहमदले जानकारी दिए ।...बाँकी

बुधबारको भूकम्पमा ५ घाइते

चीनको दक्षिण–पश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार आएको ४.९ रेक्टर स्केल भूकम्पमा परी ५ व्यक्ति घाइते भएकाे स्थानीय अधिकारीले जानकारी दिएका छन् । भूकम्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त भइनसकेको बताइएको छ । स्थानीय समयअनुसार बुधबार साँझ ७ः११ बजे सो भूकम्प गएको...बाँकी

५.८ म्याग्नीच्युडको भूकम्प

भारतको उत्तराखण्डमा सोमबार राति स्थानीय समयअनुसार १०.३३ बजे ५.८ म्याग्नीच्युडको भूकम्प आएको भारतीय जलवायु तथा मौसम विभागले जनाएको छ । भूकम्पको केन्द्रविन्दु उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनदेखि १८० किलोमिटर पूर्वस्थित रुद्रप्रयाग वरपर रहेको जनाइएको छ । उत्तर प्रदेश बाहेक अन्य छिमेकी प्रद...बाँकी

अदालतमा विस्फोट : कम्तिमा १२ को मृत्यु, १२ घाइते

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अदालत नजिकै मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु भएको अफगानी अधिकारीले बताएका छन् । घटनामा कम्तिमा १२ जना घाइते भएको बताइएको छ । एक जना आत्मघाती आक्रमणकारीले अदालतका कर्मचारीलाई लक्षित गरी विस्फोट गराएको अफगानिस्तानको गृह मन्त्राल...बाँकी

बम आक्रमणमा गभर्नरको मृत्यु

अफगानिस्तानको पश्चिमी क्षेत्रमा पर्ने फराहमा भएको बम आक्रमणमा परी एक जना जिल्ला गभर्नरको मृत्यु भएको छ । खाक इ साफ्ड जिल्लाका गभर्नरको सोमबार राति हत्या भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थल देशको राजधानी काबुलदेखि ६ सय ९५ किलोमिटर पश्चिममा पर्दछ । आक्रमणको तालिवानी लडाकुहरुले ...बाँकी

तेल मिलमा विषालु ग्यासका कारण ९ को मृत्यु

पश्चिमी भारतीय राज्य महाराष्ट्रमा रहेको एक तेल मिलमा बिषालु ग्यासका कारण कम्तिमा ९ जना कामदारको मृत्यु भएको छ । महाराष्ट्र राज्यको राजधानी मुम्बईदेखि ४७२ किलोमिटर पूर्वतर्फ पर्ने लातुर औद्यौगिक क्षेत्रमा रहेको सो तेल मिलको रसायन ट्याङ्की सफाइ गरिरहेका कामदारको मृत्यु भएको प्रहरी स्रोतले जानकारी ...बाँकी

घरले च्यापेर ४ को मृत्यु

निर्माणाधीन भवन भत्किएर च्याप्दा बुधबार भारतको उत्तरी क्षेत्रमा चार जना मजदुरको मृत्यु भएको छ । उत्तर प्रदेश राज्यको कानपुरमा आवासीय भवन बनाउने क्रममा लडेर उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । चार जना मजदुरको मृत्यु भएको छ भने १७ जनालाई तत्काल उपचारका लागि अस्पतालमा भर्ना ग...बाँकी

‘अपहरण र हत्या’ का २६ आरोपीलार्इ मृत्युदण्डको फैसला

बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनी सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । सन् २०१४ को अप्रिलमा नारायणगञ्ज नगरमा ७ व्यक्तिको अपहरण तथा हत्याको भएको मुद्दाम...बाँकी