newskoseli.Com

कोरियाली राष्ट्रपति किम रेल चढेर बेइजिङ !

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन सोमबारदेखि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा विशेष चर्चामा छन् । आणविक कार्यक्रम वा दक्षिण कोरियासँगको सम्बन्धका कारण यसपटक उनी समाचारमा छाएका होइनन्, उनी रेल चढेर चीनको राजधानी बेइजिङ आइपुगेको खबर धेरै सञ्चार माध्यमले महत्त्वका साथ प्रकाशन/प्रशारण गरेका हुन् । ...बाँकी

चीनमा दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी जिनपिङ

चिनियाँ राष्ट्रपति सी जिङपिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिनमा निर्वाचित भएका छन् । शनिबार सीलार्इ राष्ट्रपतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव चीनको संसदमा सर्वसम्मत पारित भएको हो । चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उनलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गर...बाँकी

चीनमा पदावधि सीमा हट्यो, सी चिनफिङ ‘आजीवन राष्ट्रपति’ हुन सक्ने

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘आजीवन राष्ट्रपति’ हुने बाटो खुलेको छ । चीनको नेसनल पिपुल्स कंग्रेसको आइतबार बैठकले दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था अन्त्य गर्ने संशोधन प्रस्ताव पारित गरेको हो । यसले सन् २०२३ सम्मको कार्यकाल भएका चिनफिङलाई अनिश्चितकालसम्म राष्ट्रपति ...बाँकी

गृहमन्त्री चढेको हेलिकप्टर दुर्घटना, १४ को मृत्यु

मेक्सिकोमा उच्च अधिकारीहरु बोकेको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा १४ जनाको ज्यान गएको छ । शुक्रबार गएको भूकम्पको असर अवलोकनका लागि त्यसको केन्द्रविन्दु नजिकको शहर गएका अधिकारीहरु  हेलिकप्टरमा सवार थिए । मेक्सिकोका गृहमन्त्री र दक्षिण–पश्चिम ओहाका राज्यका गर्भनर सो हेलिकप्टरमै थिए तर दुव...बाँकी

मन्त्रीको निवासमा बम आक्रमण…

म्यानमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको छ । विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ । उनको निवास परिसरमा बाहिरैबाट बम हानिएको समाचारमा जनाइएको छ । पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको समाचारमा जनाइएको छ । बम विस्फोट...बाँकी

अपार्टमेन्टमा भिषण आगलागी, ४ को मृत्यु

चीनको सान्सी प्रान्तमा रहेको एक ‘अपार्टमेन्ट’ भवनमा मङ्गलबार बिहान भएको आगलागीमा परी चार व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयाअनुसार मङ्गलबार बिहान सबेरै १ः३० बजे भएको यस आगलागीमा परी अन्य १३ जना घाइते भएका थिए । प्रान्तीय राजधानी सियानको यान्टा जिल्लामा रहेको पाँच तले यस भवनमा अझै पनि १९ व...बाँकी

मंगलबार ६.४ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण अाउन बाँकी

मङ्गलबार बिहानै ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको राजधानी जाकार्तामा गएको सो भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ । भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको यस देशमा हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन । यहाँका नागरिक अहिल...बाँकी

आमआदमी पार्टीका २० सांसदको पद किन भयो खारेज ?

भारतको दिल्ली राज्यका २० विधानसभा सदस्यको पद खारेज भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आमआदमी पार्टीका यी सांसदले सांसदबाहेक अन्यत्र समेत लाभको पद लिएको भन्दै निर्वाचन आयोगले अयोग्य घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । राष्ट्रपति रामनाथ कोविन्दले उनीहरुलार्इ अयोग्य घोषणा गर्...बाँकी

प्रहरीकै आक्रमणमा ९ प्रहरीको मृत्यु…

अफगानिस्तानको हेल्मन्ड प्रान्तमा बिहीबार आफ्नै सहकर्मीको आक्रमणमा परी ९ जना प्रहरीको मृत्यु भएको छ । “प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेका हुन्”– एक स्थानीय सरकारी अधिकारीले भने । उनले थपे– “आज बिहान हेल्मन्ड प्रान्तको राजधानी लास्कारगाह नजिकै रहेको ...बाँकी

बौद्धमार्गीहरुको र्‍यालीमा गोली प्रहार, ७ को मृत्यु

म्यानमारको राखिन राज्यमा बौद्ध धर्मावलम्बीहरुले निकालेको र्‍यालीमा प्रहरीले गोली प्रहार गरेको समाचार छ । सो गोलीकाण्डमा ७ व्यक्तिको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । बौद्ध धर्मावलम्बीहरुले मङ्गलबार निकालेको र्‍याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाइ छ ।...बाँकी