newskoseli.Com

मतदानकेन्द्रमै भीषण रक्तपात, मताधिकार खोस्दै प्रहरी अधिकारीहरू

क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहका क्रममा झडप भएको छ । स्पेनबाट अलग देश बनाउनका लागि आइतबार भएको जनमतसंग्रहका क्रममा ठूलो झडप भएको हो । जनमतसंग्रह पक्षधर र प्रहरीबीच भएको झडपमा ३८ जना घाइते भएको क्याटलन आपतकालीन सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । स्पेनको संवैधानिक अदालतले उक्त ज...बाँकी

एसिया भ्रमणमा अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा ११ दिने एसिया भ्रमण तालिका तय गरेका छन् । ह्वाइटहाउसले जनाए अनुसार भ्रमणका क्रममा उनी ५ वटा मुलुकमा पुग्नेछन् र चीन, जापान, दक्षिणकोरिया, भियतनाम, फिलिपिन्सका नेताहरुसँग उच्चस्तरीय भेटवार्ता गर्ने छन् । भ्रमणका बेला ट्रम्पले त्यस क्षेत्रमा ...बाँकी

आइतबार ८.१ रेक्टरको भूकम्प, १ सय ३० को मृत्यु

मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १ सय ३० जनाको मृत्यु भएको छ भने राजधानीमै दर्जनौं घरहरु भत्किएका छन् । अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका छन् । ७.१ रेक्टर स्केलको भूकम्पले राजधानी मेक्सिको स...बाँकी

हवाई आक्रमणमा ३ सय ६ लडाकु मारिए

इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा ३ सय ६ अतिवादी इस्लामिक लडाकु मारिएका छन् । लडाकुहरूलाई लक्षित गरी भएको आक्रमणका कारण उनीहरु बस्ने आश्रयस्थलहरू ध्वस्त भएको इराकी सेनाले आइतबार जनाएको छ । जेट लडाकु विमानमार्फत् सेप्टेम्बर ११ देखि १६ सम्म आईएसको मुख्यालय र त्यस वरपर आक्रमण भएको हो । अक...बाँकी

२४ घन्टाबीच २ पटक शक्तिशाली भूकम्प

पर्यटकीय नगरका रुपमा प्रख्यात दक्षिणपश्चिमी चीनको सिचुआन प्रान्तको जिउजाइगुउ अति नै प्रभावित हुने गरी आएको शक्तिशाली भूकम्पमा परी १३ जनाको मृत्यु हुनुका साथै २ विदेशीसहित १ सय ७७ व्यक्ति घाइते भएका छन् । पहिलो भूकम्प ७ म्याग्निच्युडको मापन गरिएको छ भने पछिल्लो भूकम्प ६.३ म्याग्नीच्युडको गएको छ । ...बाँकी

बाढीबाट ९ जनाको मृत्यु, २४ बेपत्ता

भियतनामका विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी ९ व्यक्तिको मृत्यु भएको छ । बाढीमा परी करिव २४ जना बेपत्ता भएका राष्ट्रिय प्रकोप व्यवस्थापन तथा नियन्त्रण विभागले शुक्रबार जानकारी दिएको छ । बाढीले करिव २ सय घर बगाएको छ । बाढीका कारण कयौं राष्ट्रिय राजमार्ग र सयौं हेक्टर खेतीयोग्य जमीन समेत नष्ट...बाँकी

अमेरिकनहरूलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा नयाँ प्रतिबन्ध लगाइएको सूचना जारी गरेको छ । यसअघि पनि अमेरिकीलाई उत्तर कोरिया जान सहज त थिएन तर जानै नपाइने गरी प्रतिबन्धात्मक व्यवस्था भने गरिएको थिएन । पछिल्लो समय उत्तर कोरियामा अमेरिकी नागरिक असुरक्षित रहेको निष्कर्ष अमेरिकी विदेश म...बाँकी

भेनेजुएलामा संविधानसभा : ४१ प्रतिशत मात्रै मतदान, चुनावी हिंसामा १० को मृत्यु

भेनेजुएलामा आइतबार सम्पन संविधानसभा निर्वाचनमा ४१ प्रतिशत मात्रै मतदान भएको छ भने चुनावी हिंसाका क्रममा १० व्यक्तिको मृत्यु भएको छ । राजनीतिक सङ्कट समाधानका लागि संविधान पुनर्लेखन गर्न भन्दै यहाँका राष्ट्रपतिले नयाँ शक्तिशाली निकायको दावीका साथ संविधानसभा निर्वाचनको आह्वान गरेका थिए । तर, सो नि...बाँकी

चट्याङ लागेर ११ को मृत्यु…

भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तिमा ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । उडिशाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ व्यक्तिको मृत्यु भएको हो । चट्याङ परेर मरेक...बाँकी

राष्ट्रपतिभवन मुक्त गराउँन खोज्दा २७ को मृत्यु

यमन सरकारको सैन्य बलले शनिबार दक्षिणी प्रान्त तायजस्थित राष्ट्रपति कार्यालयलाई फिर्ता लिन गरेको सुरक्षा कारबाहीमा परी २७ जनाको मृत्यु भएको सैनिक स्रोतले जनाएको छ । तायजका प्रायःजसो भूभाग विद्रोही सिया हुथी विद्रोहीको नियन्त्रणमा रहिरहेका समय संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त यमनी राष्ट्...बाँकी