१८ चैत्र, २०७५ |
तौलिहवा, १८ चैत ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका– १०, विद्यानगरमा आइतबार राति गोली प्रहारबाट एकको हत्या गरिएको छ ।
अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले जानकारी दिएका छन् । छातीमा गोली लागेर गम्भीर घाइते भएका पुरीको उपचारका क्रममा प्रादेशिक...बाँकी
१७ चैत्र, २०७५ |
काशीराम शर्मा/रासस
सरकारले पुरानो किसिमका सवारी चालक अनुमतिपत्र खारेज गर्दै २०७२ मा मेसिन रिडेबल (स्मार्ट) लाइसेन्स जारी गर्न सुरु गर्यो । ट्रायल दिएर लाइसेन्स कार्ड लिनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।
यातायात व्यवस्था विभागले समयमै लाइसेन्स वितरण गर्न नसक्दा धेरै चालक ट्रायल पास गरेको कागज (चिट) बोकेर हिँड्न ...बाँकी
१७ चैत्र, २०७५ |
काठमाडौं, १७ चैत ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको लु १ ख ९२४२ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा प्रभागको टोलीले लागूऔषधसहित गौरीगञ्ज गाउँपालिका– ३, झापाका २४ वर्षीय समीर अधिकारीलाई शनिबार राति पक्राउ गरेको हो ।
डाइजेपाम १ सय ४७ एम्पुल, फेना...बाँकी
१७ चैत्र, २०७५ |
राजविराज, १७ चैत ।
१५ दिनअघि हराएका सप्तरीका ११ वर्षीय एक बालकलाई प्रहरीले आइतबार भारतको दरभङ्गाबाट उद्धार गरेको छ ।
जिल्लाको राजगढ गाउँपालिका– ६ का रामअवतार खङ्गका ११ वर्षीय छोरा राजुकुमारलाई जिल्ला बालकल्याण समिति सप्तरीका सदस्य वैद्यनाथ झाको अगुवाइमा १५ दिनपछि उद्धार सप्तरी ल्याइएको प्रजिअ सुरेन्द्र पौडेलले बताए...बाँकी
१६ चैत्र, २०७५ |
सुर्खेत, १६ चैत ।
चैत ६ मा अपहृत बालिकाको उद्धार गरेका युवकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सम्मान गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका– ८, सुर्खेतका हर्कबहादुर बुढामगरलाई शनिबार जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक वसन्त रजौरेले सम्मानपत्र प्रदान गरेका हुन् । ‘समाजमा बर्दिविनाको नागरिकले साहसिक र उदाह...बाँकी
१६ चैत्र, २०७५ |
कास्की, १६ चैत ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्लास्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
सो पार्टीका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा– २५, याम्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिएका छन् ।
...बाँकी
१६ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालुपाण्डेमार्गस्थित ससाह चौतारामा शनिबार हाइस बसमा छड्के निरीक्षण गरी लैङ्गिक हिंसाको अवस्था लगायतका विषयवस्तुमाथि यात्रुसँग संवाद गरिएको छ ।
गाडीमा यात्रा गर्ने महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका यात्रुका लागि आरक्त...बाँकी
१६ चैत्र, २०७५ |
राँझा, १६ चैत ।
बाँकेको कोहलपुर नगरपालिका– ३, मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जिपको ठक्करबाट शनिबार दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका– ८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका– १, चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी क...बाँकी
१६ चैत्र, २०७५ |
काठमाडौं, १६ चैत ।
‘नेपाल लगानी सम्मेलन, २०१९’ मा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालका लागि ‘नयाँ संविधान’ को कार्यान्वयन र राजनीतिक स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको बताएका छन् ।
आ–आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै ‘नेपालले लगानी सम्मेलन गरेर वैदेशिक लगानीका लागि उ...बाँकी
१५ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको रुपेन्देहीस्थित पार्टी कार्यालय प्रहरीले डोजर चलाएर भत्काइदिएको छ । बुटवलस्थित पाल्पारोडमा रहेको ‘रातो घर’ डोजर चलाएर प्रहरीले भत्काइदिएको हो ।
राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु र नेपाल प्रहरी मिलेर सो कार्यालयमा केही दिन अगाडि ताला...बाँकी