newskoseli.Com

प्रहरीले भेट्याे ४७ बोरा सूर्ती, ४ केजी गाँजासहित अकालु पक्राउ

इलाका प्रहरी कार्यालय राजगढले बुधबार ४७ बोरा सूर्ती बरामद गरेको छ । इलाका प्रहरी कार्यालय राजगढका प्रमुख दीर्घ राउतको नेतृत्वमा गएको प्रहरीको टोलीले बाह्रदशी गाउँपालिका– २ मा बेवारिसे अवस्थामा रहेको ४७ बोरा सूर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको सुर्ती २ लाख ५० ह...बाँकी

नेकपाकाे केन्द्रीय समिति बैठक सुरु : बिहीबारदेखि प्रतिवेदनमाथि समूहगत छलफल

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक बुधबारदेखि राजधानीमा सुरु भएको छ । बैठककै क्रममा बिहीबारदेखि समूहगत छलफल हुने छ । राष्ट्रियसभागृहमा सुरु बैठकमा १५ समूह विभाजन गरी बिहीबारदेखि प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जान...बाँकी

बढी जोखिमकै जिल्लामा २.२ रेक्टरको भूकम्प

मंगलबार बिहान बाजुरामा भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा ४ दशमलव २ रेक्टर स्केको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जिल्लाको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिका (साविक रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिण) मा रहेको दोबाटोलाई केन्द्रविन्दु बनाएर भूकम्प गएक...बाँकी

१ करोड ६० हजारको सुन बरामद

रसुवागढी नाकाबाट अवैध तरिकाले नेपाल भित्र्याइएको सुन सोमबार बरामद भएको छ । बरामद गरिएको ५ टुक्रा सुनको मूल्य १ करोड ६० लाख रुपैयाँ रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् । सुन ल्याइँदै गरेको सुराकीका आधारमा सीमा प्रहरी चौकी टिमुरेले ना १ ज ३५४२ नम्बरको टाटासुमो जिप खानतलास...बाँकी

‘साम्राज्यवादलाई जित्न एकताबद्ध होऔं, बैठकको अन्तिम तयारीमा छु’ : प्रचण्डको प्रष्टीकरण

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति महासङ्घ नेपालको एकता घोषणा तथा शपथग्रहण समारोहमा बोल्दै आफू बुधबारदेखि हुने पार्टीको केन्द्रीय कमिटी...बाँकी

ओली–प्रचण्ड–देउवा भेटघाट, के–के भयो छलफल ? देउवाले मागे उपसभामुख…

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलका क्रममा राज्य सञ्चालन गर्दा सत्तापक्ष...बाँकी

‘एमसीसी मुलुकको हितमा’ : रविन्द्र मिश्रको दावी

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना मुलुकको हितमा भएको दावी गर्दै त्यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । झापाको धुलाबारीमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमसीसी परियोजना मुलुकको हितमा रहेको हुँदा यसलाई गुमाउनु नहुने ...बाँकी

१४ किलोको कुखुराको भाले, ८–८ किलोका २ पाेथी !

उमेर ४ महिना । भारी जीउ । हाँसको झैं चाल । भुइँमा थचक्क बसेपछि झट्टै उठ्दैन । सुस्तरी खोर चहार्छ, चारो टिप्छ । यसरी नै एउटा ‘ब्रोइलर’ कुखुराको भालेले आफ्ना आखिरी दिन काटिरहेको छ । ११ असोजमा ‘अर्पणा पोल्ट्री फर्म’ मा आएदेखि यसको आयु र तौलको गन्ती सुरु भयो । डेढ महिनाअघि १२ किलो २ सय ग्राम रहेको भा...बाँकी

‘भ्रष्टाचारी मुलुक’ को सूचीमा सुध्र्यो नेपालको अवस्था ! कुन देशले कति अंक पाए ?

‘भ्रष्टाचार गर्ने देशको सूची’ मा नेपालले आफ्नो स्थान ‘सुधार’ गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बिहीबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क– २०१९’ मा नेपाल तीन स्थान माथि गई ‘सुधार गरेको’ देखिएको हो । विश्वका १८० देशको नाम रहेको सूचीमा कूल १०० अङ्कमध्ये ३४ अङ्क प्राप्त गरेको नेप...बाँकी

कांग्रेस सांसदले सामाजिक काममा खर्चे आफ्नाे तलब र सुविधा

गण्डकी प्रदेशसभाका सदस्य विन्दुकुमार थापाले प्रदेशसभा सदस्य भएवापत प्राप्त गरेका सम्पूर्ण सेवा–सुविधा सामाजिक काममा खर्चिएका छन् । बुधबार पोखरामा पत्रकार सम्मलेन गरी आफूले निर्वाचनको समयमा गरेको प्रतिबद्धताअनुसार आफू निर्वाचित भएपछि प्राप्त गरेका सबै सेवा–सुविधाको रकम यस वर्ष पनि विभिन्न सामाजिक कार...बाँकी