newskoseli.Com

कालीमाटी तरकारी बजार बन्द : कहाँ–कहाँ छ नयाँ व्यवस्था ?

कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिएको छ । कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले त्यहाँको कारोबार बन्द गरेको हो । सो बजारमा तरकारी नियमित भित्रिए पनि कारोबार भने बिहीबारदेखि महानगरले तोकेका अरु नै बजारबाट मात्र गर...बाँकी

लकडाउनमा सिद्धिए नाकाबन्दीका इन्डक्सन : फेरि ल्याउने यस्तो छ पहल

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्रीका लागि राखेका इन्डक्सन चुलो सकिएका छन् । २०७२ मा भारतले लगाएको नाकाबन्दीताका चीन सरकारले नेपाल सरकारलाई अनुदानस्वरूप दिएका झन्डै १२ हजार थान इन्डक्सन चुलो कोभिड– १९ का कारण लागू भएको लकडाउनमा मात्र सकिएका हुन् । कम्पनीले सूचना जारी गर्दै इन्डक्सन चुलो सक...बाँकी

महाप्रसाद अधिकारी बने राष्ट्रबैंकको गभर्नर

नेपाल राष्ट्रबैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नर नियुक्त गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई मन्त्रिपरिषदको सोमबारको बैठकले गभर्नरमा नियुक्त गरेको हो । झण्डै तीन दशकभन्दा बढी समय मुलुकको केन्द...बाँकी

पहिल्यै घटेको रेमिट्यान्स कोरोनापछि झन् ठप्पै

रेमिट्यान्सको प्रमुख स्रोतका रूपमा रहेका खाडी मुलुक, अमेरिका, युरोप र भारत कोरोनाको चपेटामा परेपछि रेमिट्यान्स आप्रवाह लगभग ठप्प भएको छ । नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकलाई केलाउँदा रेमिट्यान्स आप्रवाह घटेको देखिएको छ । जबकि माघमा चीनबाहेक अन्यत्र काेरोनाको प्रभाव खासै थिएन । गत वर्षको सात...बाँकी

घरभाडा मिनाहा गर्न माग

कोरोनाभाइरस (कोभिड– १९) को प्रभावलाई मध्यनजर गर्दै ३ वा ४ महिनासम्मकाे घरभाडा मिनाहा गर्न भाडावाला सरोकार समाज नेपालले माग गरेको छ । बहालमा बस्नेहरु अहिले ठूलो मर्कामा परेको समाजको निष्कर्ष छ । यो अवस्थालाई आत्मसात् गर्दै सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले घरवालाहरुले पनि के...बाँकी

करोडौं फस्यो विदेश जानेको हवाई टिकटमा

वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ । उड्न नपाएकाको रकम फिर्ता गर्न सरकारले हवाई कम्पनीलाई निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको हो । व्यवसायीहरुका अनुसार अन्तिम श्रम स्वीकृति लिएकामध्ये करिव १० हजार ना...बाँकी

ग्यासको हाहाकार : ‘सहज नबनाए सेना–प्रहरी लगाएर बाँडिने’

बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै ग्यास उद्योगी र नेपाल आयल निगमका प्रतिनिधिलाई सोमबार मन्त्रालयमा बोलाएर उनले यस्ताे चेतावनी दिएका हुन् । व्यवसायीह...बाँकी

‘व्यावसायिक नेताले नै कालोबजारी गर्छन्, त्यहीं छापा माराैं’ : पूर्वअर्थसचिव बाँस्कोटा

व्यावसायिक संघ–संगठनका अध्यक्षका उद्योग तथा प्रतिष्ठानमा सरकारले छापा मार्नुपर्ने पूर्वअर्थसचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएक...बाँकी

आईटीको ठेक्कामा पौडेल बन्धुको मनपरी !

सरकारका दर्जन मन्त्रालयले सूचना प्रविधिसम्बन्धी वस्तु तथा सेवा खरिद गर्दा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न हुने दुई व्यक्ति हुन्– विकल पौडेल र सुनिल पौडेल । विकल हाल सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक हुन् भने सुनिल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक । निजामति सेवामा करारमा ...बाँकी

‘हेलो सरकार ! बालबच्चा भाेकै हुने भए, एक सिलिन्डर ग्यास मिलाइदिनुपर्‍यो !’

मंगलबार बिहान ११ बजे । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हटलाइन नम्बर ११३७ मा गुनासो आयो– ‘हेलो सरकार ! तीन दिनदेखि ग्यास लिन सबै पसल चहारें तर कतै पाइनँ, एक सिलिन्डर मिलाइदिनुपर्‍यो ।’ कीर्तिपुरका सुरेश महर्जनको गुनासो थियो यो । विभागका शाखा अधिकृत दीपक पोखरेलले महर्जनसँग स्थानीय क्ष...बाँकी