वैदेशिक रोजगारीका लागि ‘आकर्षण गन्तव्य’ भनिएको जापानमा पहिलो चरणमा भने कुनै पनि नेपाली श्रमिक जान नपाउने भएका छन् । जापान फाउन्डेसनले लिएको पहिलो चरणको ‘नर्सिङ केयरगिभर’ को सिप परीक्षामा सबै अनुत्तीर्ण भएपछि कोही पनि जान नपाउने भएका हुन् ।
भाषा परीक्षामा भने एक जना पास भएका छन् । भाषा परीक्षामा १...बाँकी
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनअघि हेटौंडामा भने– ‘प्रदेश– ३ को राजधानी र नाम तत्काल टुंगो लाग्नेछ ।’ यो विषयको टुंगो लगाउन मुख्यमन्त्री डोरमणि पौडेललाई उनले निर्देशन पनि दिए ।
यद्यपि, यो निर्देशन कहिलेसम्म कार्यान्वयन होला, भन्न कठिन छ । त...बाँकी
हालै सम्पन्न उपचुनावमा विजयी भएका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् । साढे १२ बजेको ‘साइत’ मा उपमहानगरपालिकास्थित मेयरको कार्यकक्षमा उनले पदभार ग्रहण गरेका हुन् ।
उनलाई उपमेयर मञ्जु भण्डारी सुवेदी र प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेलले कार्यकक्षमा पदभार ग्रहण ग...बाँकी
रामेछापलगायत मुलुका विभिनन स्थानमा करेन्ट लागेर सर्वसाधारणको मृत्यु हुन थालेपछि डेढ वर्षअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले काठका पोल विस्थापन गर्न निर्देशन दिए । काठका पोलकै कारण मृत्यु भएको हो कि होइन भनेर विस्तृत अध्ययन नहुँदै तत्कालीन ऊर्जासचिव अनुपकुमार उपाध्यय र नेपाल विद्युत् प...बाँकी
नेपालगञ्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट गएर नेपालगञ्जमा ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो ।
जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगञ्ज प्रमुख विनित साहले बताए । जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ । ...बाँकी
दिन कस्तो आयो भने, द्वन्द्वकालीन समयका ‘वादी’ र ‘प्रतिवादी’ एउटै मञ्चमा । प्रतिवादी भनिएकाले ‘प्रमुख अतिथि’ बनेर वादी पक्षका आफन्तप्रति ‘सहानुभूति’ प्रकट गर्दै ‘न्यायका लागि लड्छु’ भनिदिनै पर्ने !
सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्डले यस्तो अप्ठ्यारोमा आफू नजाने खबर पठाए । तर, अर्को पक्षले भन्यो– उ...बाँकी
नेपाल सरकारका केही मन्त्रीहरुको सुरक्षा ‘खतरा’ मा परेको समाचार छ । सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाबाट प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड निकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने ‘सुराक’ पाएको समाचारमा उल्लेख छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस...बाँकी
वैदेशिक रोजगारीका लागि मलेसियाबाट पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार २ सय १ श्रमिकका लागि माग आएको छ । गत अक्टोबर र नोभेम्बरमा त्यो संख्याको मागपत्र प्रमाणीकरण गरिएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार सो अवधिमा माग भएका ३१ हजार २ सय १ श्रमिकमध्ये सबैभन्दा बढी औद्योगिक क्षे...बाँकी
सामाजिक व्यवहार सुधार ऐन, २०३३ कार्यान्वयन गर्न नसकिएको गृह मन्त्रालयले स्वीकार गरेको छ । ऐन कार्यान्वयनको अवस्था र चुनौतीबारे संसदीय समितिमा राय दिँदै गृहले यस्तो स्वीकार गरेको हो ।
विवाह, ब्रतबन्धजस्ता कार्यक्रममा ऐन उल्लंघन हुने गरे पनि तिनलाई रोक्न नसकिएको भन्दै गृहले लाचारी व्यक्त गरेको छ । ...बाँकी
सत्ताधारी नेकपाले बुधबार केन्द्रीय सचिवालयको बैठक डाकेको छ । कार्यकारी अध्यक्षका रूपमा पार्टी हाँक्ने जिम्मेवारी पाएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिलो पटक बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सहमति लिएर सचिवालय बैठक बोलाइएको नेताहरूले बताएका छन् । ओलीले सरकार...बाँकी