६ चैत्र, २०७५ |
काठमाडौं, ६ चैत ।
होली पर्वलाई मर्यादित बनाउन काठमाडौं उपत्यकामा करिव तीन हजार सुरक्षाकर्मी परिचालित भएका छन् ।
होलीका दिन काठमाडौंमा मात्र दुई हजार प्रहरी खटिने भएका छन् । करिव ३ सय जना सादा पोसाकका प्रहरी खटिनेछन् । ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिनेछन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार...बाँकी
६ चैत्र, २०७५ |
काठमाडौं, ६ चैत ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला तहको एकता प्रक्रिया केही दिन अझै लम्बिने भएको छ ।
एकता टुंग्याउने गरी यसै सातादेखि ठोस छलफल हुने भनिएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएपछि एकता प्रक्रिया एक साताका लागि लम्बिएको हो । उनको...बाँकी
६ चैत्र, २०७५ |
काठमाडौं, ६ चैत ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता खोज्न भन्दै नेपाली सेना गाउँ पसेको छ ।
रणसुर गुल्मका सेनानी अमृत थापा मगरको नेतृत्वमा एक सैनिक टोली ‘विप्लव समूहका गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन’ भन्दै गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र स...बाँकी
६ चैत्र, २०७५ |
काठमाडौं, ६ चैत ।
यहींको स्थानीय र पश्चिमी वायुको प्रभावका कारण केही दिन मेघ गर्जनसहित वर्षा दोहोरिने भएको छ । मुलुकको पहाडी भूभागमा अझै केही दिन वर्षा दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् मञ्जु बासीले भनिन्– ‘प्रि–मनसुनको गतिविधि सक्रिय भएकाले अहिले प्रायः हेरक दिन अपराह्नपछि प...बाँकी
५ चैत्र, २०७५ |
काठमाडौं, ५ चैत ।
केन्द्रीय तथ्याङ्क विभागले सोमबार नेपालको अनुमानित जनसङ्ख्या २ करोड ९५ लाख ६ हजार ३ सय ४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा दैनिक नै नयाँ जनसङ्ख्या देख्न पाइन्छ ।
प्रक्षेपण बोर्डले नेपालको जनसङ्ख्या दैनिक १ हजार ६४ देखि १ हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ जबकि गत वर्ष प्रतिदिन १...बाँकी
५ चैत्र, २०७५ |
दाङ, ५ चैत ।
सरकारबाट ‘प्रतिबन्धित’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दसवर्षे सशस्त्र जनयुद्धकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’ का रुपमा ‘जनसरकार’ बनाउन थालेको छ ।
‘जनकारबाही’ लाई पनि ब्युँताएको भन्दै विप्लव नेकपाले गठन गरेका ‘जनसरकार’ लाई राज्यसत्ताको निगरानीका ...बाँकी
५ चैत्र, २०७५ |
काठमाडौं, ५ चैत ।
सरकारका सबै महत्त्वपूर्ण निकायहरु आफू मातहत राखेर प्रधानमन्त्री केपी शर्मा ओली शक्ति सञ्चयतर्फ लागेका छन् ।
राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्तााको कार्यालयलगायतका १८ वटा निकाय प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर आफूलाई ‘शक्तिशाली’ प्रधानमन्त्री सावित गर्न उनी लाग...बाँकी
४ चैत्र, २०७५ |
काठमाडौं, ४ चैत ।
नेपाली श्रमिक शून्य लागतमा लैजाने विषयमा कतार सकारात्मक देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा गएको नेपाली प्रतिनिधि मण्डल र त्यस देशका प्रतिनिधिबीच भएको छलफलमा कतार सकारात्मक देखिएको हो ।
कतारसँग पहिलो चरणको वार्ता सकेर फर्किएका सहसचिव घिमिरे...बाँकी
४ चैत्र, २०७५ |
काठमाडौं, ४ चैत ।
‘जनप्रतिनिधि’ को संलग्नतामा अवैध ढुंगाखानी र बालुवाखानी सञ्चालन गरिँदा ललितपुरको दक्षिणी भेगमा पर्ने लेले, टीकाभैरव, दुम्सिडोल र देवीचौरस्थित सामुदायिक वन तहसनहस भएको छ ।
जनताका कामसँगै तल्लो तहमा विकास निर्माणको मुख्य योजनाकारका रुपमा चुनिएका गोदावरी नगरपालिकाका जनप्रतिनिधिबाटै उक्त क्षेत्रको वन...बाँकी
४ चैत्र, २०७५ |
काठमाडौं, ४ चैत ।
बन्द भइसकेका एयरलाइन्स, संस्था, सरकारी निकाय तथा व्यापारीबाट त्रिभुवन विमानस्थल कार्यालयले करिव २ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ असुल्न बाँकी रहेको विमानस्थलले जनाएको छ ।
यो रकम पुस मसान्तसम्मको हो । विमानस्थलको कर्पोरेट महाशाखाका उपप्रबन्धक हेमप्रसाद दाहालका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल...बाँकी