newskoseli.Com

कांग्रेस महाधिवेशन यताको तीन वर्ष, बित्यो आन्तरिक कलहमै !

पार्टीलाई विधि–विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धता सहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको तीन वर्ष पुगेको छ । २०७२ फागुन २४ मा सभापति निर्वाचित भएका देउवाले तीन वर्षमा पार्टीलाई विधि–विधानअनुसार अघि बढाउन त सकेनन् नै, ‘असन्तुष्ट पक्ष’ लाई साथ लिएर संगठन सञ्चालन गर्न पनि ...बाँकी

‘विप्लवहरुले हतियार लगेका थिए’ : पूर्वडेपुटी कमान्डर मन्त्रीको खुलासा

तत्कालीन माओवादी जनमुक्ति सेनाका एक ‘डेपुटी कमान्डर’ एवं हालका कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल ‘बलदेव’ ले त्यतिबेलाको माओवादी लडाकुको शिविरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको खुलासा गरेका छन् । तत्कालीन लडाकुका ६ वटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरबाट विप्लव समू...बाँकी

‘छड्के’ मा परे १२४० कर्मचारी : कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रले १ हजार २ सय ४० कर्मचारीमाथि कारबाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४ सय ५० सरकारी कार्यालयमा ‘छड्के’ अनुगमन गर्दा १ हजार २ सय ४० कर्मचारीलाई कारबाही गर्नुपर्ने पाइएकाले सिफारिस गरिएको जानकारी केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले दिएका छन् । उनका अ...बाँकी

गाईभैंसीको कानमा ‘विद्युतीय ट्यागिङ उपकरण’ जडान गरिँदै !

काठमाडौं महानगरपालिका छेउछाउका गाउँपालिका तथा नगरपालिका हुँदै काठमाडौं महानगरका सडकमा आइपुग्ने छाडा चौपायालाई नियन्त्रण गर्न महानगरपालिकाले गाईभैंसीको कानमा ‘विद्युतीय ट्यागिङ उपकरण’ जडान गर्ने भएको छ । चालु आर्थिक वर्षमा मात्र महानगरपालिकाले ९९ वटा गाईगोरु र बहर पक्रेर लिलाम गरेको थियो । लिलामबा...बाँकी

‘बोइङ ७३७’ विमानको उत्पादनमै खराबी ! धेरै मुलुकमा किन भैरहेछ ‘ग्राउन्डेड’ ?

अमेरिकी विमान कम्पनी ‘बोइङ’ को ‘७३७ म्याक्स– ८ सिरिज’ विमानको सुरक्षामा प्रश्न उठाउँदै केही मुलुकले यसको उडान तत्काल रोके पनि नेपालले भने यसबारे ठोस निर्णय गरेको छैन । नेपालका कुनै पनि कम्पनीसँग यो सिरिजको जहाज नभएको र अन्य मुलुकका जहाजलाई ठोस आधारविना उडान रोक्न नमिल्ने हुनाले नेपालले यसबारे निर...बाँकी

नेकपा (विप्लव) ‘प्रतिबन्धित’ : सबै नेता भूमिगत

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले ‘प्रतिबन्ध’ लगाएको छ । सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन गराएर र चन्दा मागरे त्रास सिर्जना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो समूहमाथि ‘प्रतिबन्ध’ लगाउने घोषणा गरेको हो । उक्त बैठकमा प्रधानमन्त...बाँकी

महिला इराक पुर्‍याउन दिल्लीमा यस्तो सेटिङ

चितवनका विशाल गिरी आफ्नी आमालाई इराकबाट उद्धार गराइपाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो धाउँदैछन् । उनको हातमा ४१ वर्षीया आमा इन्दुको तस्बिर र नागरिकताको प्रतिलिपि सहितको फाइल छ । इन्दु जेठको पहिलो साता भाउजू नाता पर्ने झापाकी लक्ष्मी ढकालसँग टर्कीका लागि भनेर हिँडेकी थिइन् । घरायसी काम...बाँकी

किन डरायो मानवअधिकार आयोग ? उल्लंघनकारी पदाधिकारीको ‘कालोसूची’ सार्वजनिक गर्न सकेन

मानवअधिकार उल्लंघन गर्ने सार्वजनिक पदाधिकारीको ‘कालोसूची’ सार्वजनिक गर्न राष्ट्रिय मानवअधिकार आयोग हच्किएको छ । सूची सार्वजनिक नगर्न आयोगमा बाह्य दबाब परेको छ । सूची सार्वजनिक गर्ने विषयमा बारम्बार बैठक बसे पनि पदाधिकारीबीच सहमति जुट्न नसक्दा एक वर्षदेखिको प्रयास व्यर्थ बनेको छ । आयोगको अनुसन्धान...बाँकी

चीनमा पढेका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल, १५० मध्ये ११० डाक्टर ‘ट्रायल’ मै उनुत्तीर्ण

चिकित्साशास्त्रमा एमडी, एमएस, एमडीएस उत्तीर्ण १ सय ५० डाक्टरमध्ये १ सय १० जना नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा फेल भएका छन् । चीनमा पढेर आएका ७३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन् । नेपालमा चिकित्सकीय अभ्यासका लागि अनुमति प्रदान गर्न लिइने विशेष परीक्षामा ...बाँकी

के–कति छ सरकारी सम्पत्ति ? सरकार आफैं अन्यौलमा

सरकारले व्यक्तिगत सम्पत्तिको अभिलेख राख्ने तयारी गरिरहे पनि आफ्नै स्वामित्वमा रहेका सम्पत्तिको एकीकृत विवरण भने राख्न नसकेको पाइएको छ । छुट्टाछुट्टै निकायले अभिलेख राख्ने गरे पनि एकीकृत सम्पत्ति विवरण राख्नेबारे स्पष्ट कानुन नहुँदा सरकारी सम्पत्तिको विवरणबारे सरकार बेखबरजस्तै देखिएको छ । हालसम्म ...बाँकी