११ फाल्गुन, २०७५ |
क्वालालम्पुर (मलेसिया), ११ फागुन ।
रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध बसाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेका पाइएको छ ।
क्वालालम्पुस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा २ सय ६ जना नेपाली छन् ।
तीमध्ये धेरैजसो अवैध रुपमा बसेका र व्यवहारजन्य समस्याका कारण जे...बाँकी
११ फाल्गुन, २०७५ |
काठमाडौं, ११ फागुन ।
तारागाउँ विकास समितिको गतल निर्णयका कारण सरकारी स्वामित्वको १ सय ५० रोपनी जग्गा हायात होटलको नाममा दर्ता भएको भेटिएको छ ।
२०४९ मा सरकारले भोगाधिकारका लागि स्वीकृति दिएको जग्गा समितिले राजीनामा पास गरी दिने निर्णय गरेको हो । सरकारी जग्गा कुनै पनि व्यक्तिका नाममा दर्ता गर्न मिल्दैन । भूमिसम्बन्धी व...बाँकी
११ फाल्गुन, २०७५ |
काठमाडौं, ११ फागुन ।
पुष्पलाल हिँडेको बाटो
स्कुल पढ्दादेखि नै ०३२ मा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग संगत भयो । पुष्पलालबाटै पार्टी सदस्यता लिएँ र उहाँ हिँडेको बाटो हिँड्न थालें । पार्टी सदस्यता लिए पनि विद्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय भइरहें । त्यसबेला भूमिगत रुपमै काम गरें । ०३२ को विद्...बाँकी
१० फाल्गुन, २०७५ |
काठमाडौं, १० फागुन ।
सामाजिक सञ्जालको ‘सदुपयोगभन्दा दुरुपयोग व्यापक’ हुन थालेपछि यसका सञ्चालकप्रति सरकार ‘सतर्क’ हुन थालेको छ ।
यसरी ‘सजग’ भएर सरकारले अब उप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै छ । सामाजिक सञ्जाल सञ्चालकले सामाजिक सञ्जाल दर्ता नगरी चलाए सरकारल...बाँकी
१० फाल्गुन, २०७५ |
काठमाडौं, १० फागुन ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको सात महिना पुगेको छ । तर, अहिलेसम्म उनको हत्यारा पत्ता लागेको छैन ।
छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका आमा–बाबुले धर्ना तोड्ने भएका छन् । नागरिक संघर्ष समितिको बै...बाँकी
१० फाल्गुन, २०७५ |
काठमाडौं, १० फागुन ।
भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको भनेर प्रमाणित गर्न नमान्दा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवामा परेको दाबी सचिव कृष्णप्रसाद देवकोटाले गरेका छन् ।
गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ । देवकोटाले बुधबार मन...बाँकी
१० फाल्गुन, २०७५ |
काठमाडौं, १० फागुन ।
उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । यससँगै अर्थतन्त्रमा उनीहरुको हिस्सेदारी पनि वृद्धि भइरहेको छ ।
नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्सको झन्डै एकतिहाइ त पढ्न भनेर विदेश जाने विद्यार्थीले नै धानिरहेका छन् । नेपालीहरुको शैक्षिक गन्तव्यका रुपमा परिचि...बाँकी
१० फाल्गुन, २०७५ |
काठमाडौं, १० फागुन ।
उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न समस्या परेपछि सरकारले सहरभित्रका सबै पेट्रोल पम्प तत्कालै हटाउने भएको छ । सहरभित्रका सबै पेट्रोल पम्पले गर्दा नै यहाँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै सरकारले उक्त तयारी गरेको हो ।
काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी, सडक विभाग र आयल निगमले सडक छेउछाउ...बाँकी
१० फाल्गुन, २०७५ |
काठमाडौं, १० फागुन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगञ्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ‘इगो’ का रूपमा लिइएको छ ।
‘कांग्रेस कोइराला परिवारको बपौती होइन’ भन्ने अभिव्यक्ति देउवाले दिएका थिए । कोइराला परिवारमाथि खनिए पनि देउवाको अभिव्यक्ति शेखरप्रति लक्षित थियो । श...बाँकी
१० फाल्गुन, २०७५ |
काठमाडौं, १० फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङले बिहीबार अनुसन्धान टोलीलाई बुझाएका छन् । प्रमुख आयुक्त नवीन घिमिरेको आग्रहमा नेम्बाङले सो भिडियो अख्तियारको टोलीलाई दिएका हुन् ।
‘पाठकलाई महाअभियोग लगाउन राखिएको...बाँकी