newskoseli.Com

आमआदमी पार्टीका २० सांसदको पद किन भयो खारेज ?

भारतको दिल्ली राज्यका २० विधानसभा सदस्यको पद खारेज भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आमआदमी पार्टीका यी सांसदले सांसदबाहेक अन्यत्र समेत लाभको पद लिएको भन्दै निर्वाचन आयोगले अयोग्य घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो । राष्ट्रपति रामनाथ कोविन्दले उनीहरुलार्इ अयोग्य घोषणा गर्...बाँकी

प्रहरीकै आक्रमणमा ९ प्रहरीको मृत्यु…

अफगानिस्तानको हेल्मन्ड प्रान्तमा बिहीबार आफ्नै सहकर्मीको आक्रमणमा परी ९ जना प्रहरीको मृत्यु भएको छ । “प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेका हुन्”– एक स्थानीय सरकारी अधिकारीले भने । उनले थपे– “आज बिहान हेल्मन्ड प्रान्तको राजधानी लास्कारगाह नजिकै रहेको ...बाँकी

बौद्धमार्गीहरुको र्‍यालीमा गोली प्रहार, ७ को मृत्यु

म्यानमारको राखिन राज्यमा बौद्ध धर्मावलम्बीहरुले निकालेको र्‍यालीमा प्रहरीले गोली प्रहार गरेको समाचार छ । सो गोलीकाण्डमा ७ व्यक्तिको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । बौद्ध धर्मावलम्बीहरुले मङ्गलबार निकालेको र्‍याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाइ छ ।...बाँकी

एकै झन्डामुनि मार्च गर्दै दुई कोरियाका खेलाडी…

दुई देशका रुपमा टुक्रिएयता उत्तर र दक्षिण कोरिया पहिलो पटक एउटै झन्डामा मार्च गर्न सहमत भएका छन् । फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देश एउटै झन्डामा मार्च गर्न सहमत भएका हुन् । दक्षिण कोरियामा हुन लागेको उक्त ओलम्पिकमा आफ्ना खेलाडीको टोली र...बाँकी

दुई कोरियाबीच मिलापको संकेत : उत्तर–दक्षिणबीच वार्ता सुरू

मङ्गलबार दक्षिण कोरियामा उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय अन्तरकोरियाली वार्ता सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले मङ्गलबार बिहान दिएको जानकारी अनुसार यी दुई देशबीचको वार्ता दक्षिण कोरियाको अधिनमा रहेको दुई कोरियाली सीमा क्षे...बाँकी

सन् २०१७ भरिमा भूकम्पका ८ हजार धक्का !

सन् २०१७ मा चिलीमा ८ हजार ९४ पटक भूकम्पका साना–ठूला धक्का आएको महसुस भएको छ । उक्त सङ्ख्या सन् २०१० यताको सबभन्दा उच्च रहेको राष्ट्रिय भूगर्भ केन्द्रले बिहीबार जानकारी दिएको छ । चिलीमा भूकम्पका धक्काहरु धेरै आउने गर्दछन् । भूकम्प गएको यो सङ्ख्या सन् २०१६ भन्दा २६ प्रतिशत र सन् २०१५ भन्दा २५ प्र...बाँकी

व्यापक हिउँ पर्दा १० जनाको मृत्यु…

चीनको मध्य तथा पूर्वी प्रान्तमा परेको हिमपातका कारण दश जनाको मृत्यु भएको छ । जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्यूनीकरण राष्ट्रिय आयोगले जनाएको छ । भीषण हिउँवर्षा र हिमआँधीका कारण थुप्रै घरहरु ध्वस्त भएका छन् भने कृषिबाली नष्ट हुनुका साथै विद्युत सेवा समेत अवरुद्ध...बाँकी

डेंगुको खोपबाट १४ बच्चाको मृत्यु !

फिलिपिन्समा डेंगुको खोपका कारण १४ जना बालबालिकाको मृत्यु भएको आशंकासहित अनुसन्धान सुरु गरिएको छ । स्वास्थ्यमा सतर्कता अपनाउँदै सरकारले प्रतिबन्ध लगाएको खोप नै उनीहरुको मृत्युको कारण हुन सक्ने आशङ्का गरिएको अधिकारीहरूले शुक्रबार जनाएका छन् । ‘डेङभाछिया’ को विक्रीवितरण गर्न सरकारले गत महिनादेखि नै ...बाँकी

हेलिकप्टर दुर्घटना, राष्ट्रपतिकी बहिनीसहित ६ को मृत्यु

राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । होन्डुरसको राजधानी नजिकै रहेको पहाडमा हेलिकप्टर दुर्घटना भएको रोयटर्सले जनाएको छ । हिल्डासहित ४ जना सुरक्षाकर्मी र १ जना पाइलट रहेकाे सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्राष्ट्रिय विमानस्थल...बाँकी

मंगलबारको विस्फोटमा ६ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानको उत्तरी वाजिरिस्तानमा मङ्गलबार विस्फोट हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमले जनाए अनुसार विस्फोटमा ८ जना घाइते भएका छन् । सडक किनारामा मोटरसाइकल पार्क गरी राखेको स्थानमा विछ्याइएको विष्फोटक पदार्थ ३ सामान्य नागरिक सहित एउटा सैनिक गाडीलाई लक्षित गरी पड्काइएको...बाँकी