१५ फाल्गुन, २०७६ |
एजेन्सी
अमेरिकाको विस्कान्सिन प्रान्तस्थित बियर उत्पादन गर्ने एक कम्पनीमा भयानक गोलीबारी भएको छ । सो घटनामा ७ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार बुधबार दिउँसो मोलसन कुर्स कम्प्लेक्समा एक हतियारधारी व्यक्तिले अन्धाधुन्द गोली चलाएका थिए । ती व्यक्तिलाई नियन्त्रणमा लिनुअघि नै केही व्यक्तिको मृत्यु भइसक...बाँकी
१ फाल्गुन, २०७६ |
एजेन्सी
कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।
वुहानबाटै सन् २०१९ को अन्त्यतिरबाट यसको सङ्क्रमण सुरु भएको थियो । यस भाइरसबाट हुने सङ्क्रमणलाई हालै मात्र वैज्ञानिकहरुले ‘कोभिड– १९’ नाम दिएका छन् । प्रतिदिन...बाँकी
१ फाल्गुन, २०७६ |
नेपालको केन्द्रीय सरकारमा नयाँ सहयात्रीको आगमनपूर्व भारतले नेपालमाथिको हेराईलाई गहिरो पारेको छ । अहिलेका विदेशमन्त्री एस जयशंकर सुष्मा स्वराज विदेशमन्त्री हुँदा सचिवको हैसियतले सीधै नेपाल मामिला तय गर्थे । संविधान निर्माणसहितका विभिन्न सन्दर्भमा उनले काठमाडौं आउजाउ पनि गरेकै हुन् । सँगसँगै काठमाडौंस...बाँकी
२९ माघ, २०७६ |
भारतको राजधानी दिल्लीमा हालै भएको विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले अत्यधिक बहुमतका साथ जित हासिल गरेको छ । ७० सिटका लागि भएको निर्वाचनमा आपले ६३ सिट जितेको छ, जुन ८८.५७ प्रतिशत हो ।
भाजपा ७ सिटमा सीमित भएको छ । दिल्लीमा पहिले १५ वर्ष लगातार शासन गरेको भारतीय क...बाँकी
४ माघ, २०७६ |
एजेन्सी
रूसमा शुक्रबार एकैसाथ २५ वटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तिमा दुई जनाको मृत्यु भएको छ । यस दुर्घटनामा १० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
रूसको उत्तरी भाग कौकासुसमा पर्ने राजमार्गमा शुक्रबार ती कारहरु दुर्घटनामा परेको आपतकालीन मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको ...बाँकी
१ माघ, २०७६ |
एजेन्सी
पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तिमा ६२ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् र २८ जना हराइरहेका छन् । त्यहाँका अधिकारीहरुले मंगलबार सोबारे जानकारी दिएका हुन् ।
अधिकारीहरुका अनुसार ५८ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने अरु ८२ वटा घरमा प...बाँकी
१७ पुष, २०७६ |
जीवन भण्डारी/रासस
सन् २०१९ मा विश्वले कयौं चर्चित व्यक्तित्वलाई गुमाएको छ । पूर्वराष्ट«प्रमुखदेखि र पूर्वसरकार वूमुख तथा चर्चित कलाकार र लेखकहरुसम्मको यस वर्ष निधन भयो । यस वर्ष ज्यान गुमाएकामध्ये कसैको निधन अदालतमा बयान दिदाँदिदै भएको छ भने कसैले स्टेजमा प्रस्तुति दिइरहेका बेला पनि ज्यान गुमाएका छन् । सन् २०१९ मा अस...बाँकी
१६ पुष, २०७६ |
एजेन्सी
अमेरिकी सेनाले इराकका विभिन्न स्थानमा हवाई हमला थालेपछि क्रुद्ध विद्रोहीले मंगलबार बग्दादस्थित अमेरिकी दूतावासमा भीषण आक्रमण गरेका छन् । आक्रमणमा संलग्न इराकीहरुलाई अमेरिकी सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरी तितरबितर पारेको बीबीसीले जनाएको छ ।
विद्रोहीको आक्रमणका क्रममा दूतावासस्थित सुरक्षाकर्म...बाँकी
१३ पुष, २०७६ |
जीवन भण्डारी
सन् २०१९ मा पनि विगतका वर्षहरूमा जस्तै राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे । केही ठूला दुःखद् घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चार माध्यमहरु ओगटे भने अन्य देशका पनि केही घटनाहरुले स्थान पाए । सन् २०१९ का चर्चित १९ घटना यसप्रकार रहे–
१. भेनेजुयलाक...बाँकी
१२ पुष, २०७६ |
डोनेट्स्क क्षेत्रमा स्वतन्त्रताको माग गर्दै सङ्घर्ष गर्दै आएका रूस पक्षधर विद्रोहीसँग आइतबार दर्जनौं कैदीहरू आदान–प्रदान गर्न लागिएको युक्रेनी सरकारी अधिकारीहरूले बताएका छन् ।
पेरिसमा भएको उच्चस्तरीय शान्तिवार्तामा आधारित रहेर पछिल्लो कदम चाल्न लागिएको युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ब...बाँकी