newskoseli.Com

भादगाउँमा परम्परागत खड्गजात्रा र सेतो घोडेजात्रा…

बडादसैंको मुख्य दिन विजयादशमीको मध्यरातमा गरिने भक्तपुरको तलेजुमा पायःद्यो (खड्ग जात्रा) सम्पन्न भयो । तलेजु भवानीको साक्षात रुप मानिने पायःद्योलाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाइने गरिन्छ । बडादसैंको राति तलेजुको आगम मन्दिरको खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलि...बाँकी

१७ वर्षेले खुकुरी हान्दा २७ वर्षे युवक ठहरै

मोरङको पथरीशनिश्चरे– ८ स्थित शुक्रबारेमा शुक्रबार राति खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो रिसिइबीलाई लिएर राति १० बजे खुकुरी प्रहार गरी सोही ठाउँका २७ वर्षीय विजय खड्काको हत्या गरेका हुन् । खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेका खड्...बाँकी

ग्यास सिलिण्डर पड्कँदा १ को मृत्यु, २ घाइते

जनकपुरधाम उपमहानगरपालिका– ४, पुरानो बसपार्कस्थित ग्यास वेल्डिङ वर्कसपमा शुक्रबार ग्यासको सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको हो । उक्त विष्फोटमा अन्य दुई जना घाइते भएका छ...बाँकी

बालगृहका ४६ जनालाई नगर प्रमुखले लगाइदिए टीका

उर्लाबारी नगरपालिका– ७ स्थित नमूना बालगृहमा आश्रित बालबलिकाले पनि शुक्रबार विजयादशमी मनाए । बालगृहमा आश्रित ४६ जना बालबालिकालाई नगरपालिका प्रमुख खड्ग फागोले टीका र जमरा लगाइदिएर आर्शिवाद दिए । बालगृहमा रहेका बालबलिकामा पनि विजयादशमीको उत्साह ल्याउन टीका लगाइदिएको नगर प्रमुख फागोले बताए । २०५९ ...बाँकी

ज्ञानेन्द्र शाहको शुभकामना : व्यवस्थाविरुद्ध आक्रोश (जस्ताको तस्तै)

पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमी– २०७५ को शुभकामना सन्देश प्रेषित गर्दै वर्तमान राजनीतिक व्यवस्थाविरुद्ध तीव्र आक्रोश पोखेका छन् । ‘देश बन्ने–बनाइने सपना देखेका हामी नेपाली– राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरुका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थाम...बाँकी

नवमी मनाउँदा ‘छेलो’ ले लागेर २ घाइते, हेलिकप्टरबाट उद्धार

धवलागिरी गाउँपालिका– ७ स्थित ताकमकोतमा बिहीबार ‘छेलो’ ले लागेर दुई जना दर्शक घाइते भएका छन् । महानवमी पर्वको अवसरमा आयोजना गरिने परम्परागत ‘छेलो हान्ने’ प्रतियोगिता हेर्न गएका धवलागिरी– ७, हिलापोखरीका १५ वर्षीय सविन परियार र रघुगंगा गाउँपालिका– २ का २६ वर्षीय सुरेश परियार घाइते भएका हुन् । धवलागि...बाँकी

दसैंमा २० परिवारको सामूहिक भोज : हुनेखाने–हुँदाखानेबीच भिन्नता अन्त्यको प्रयास !

दसैंका बेला घरघरमा खसी काट्ने परम्परा अन्त्य गर्ने उद्देश्यका साथ जैमिनी नगरपालिका– १, जलुकेनी, अर्खलापाटाका २० परिवारले एकै ठाउँमा खसी काटेर सामूहिक दसैंभोज गरेका छन् । ‘सबैको घरमा खसी काटेर दसैं मनाउने अवस्था थियो, यसले हुनेखाने र हुँदाखानेका बीचको दसैं फरक हुने भएकाले यसको अन्त्यका लागि सामूहि...बाँकी

०४६ मा छिमेकीको हत्या गरी फरार कार्की २९ वर्षपछि कर्‍याप्प

जग्गासम्बन्धी विवादमा ०४६ मा छिमेकीको हत्या गरेर फरार भएका अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका– १, बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की बुधबार पक्राउ परेका हुन् । जग्गा विवादका क्रममा २०४६ मा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नग...बाँकी

आगलागी नियन्त्रण गर्न १ लाख लिटरको पानीट्याङ्की…

प्रमुख व्यापारिक केन्द्रमध्येको एक दिक्तेल बजारमा आगलागी नियन्त्रण गर्न १ लाख लिटर पानी सञ्चित गर्न सकिने पानी ट्याङ्कीसहितको आधुनिक धारा निर्माण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको २५ लाख ८७ हजार ५ सय रुपैयाँ लगानीमा दिक्तेलस्थित अस्पताल चोकमा सुविधायुक्त धारासहितको पानी ट्याङ्की निर...बाँकी

माछा मार्न जाँदा डुबेर ७२ वर्षीय राईको मृत्यु

सूर्योदय नगरपालिका– १ स्थित जोगमाई खोलामा माछा मार्ने क्रममा डुबेर एक वृद्धको मृत्यु भएको छ । माई जोगमाई वडा नम्बर १ निवासी डम्बरबहादुर राईको मृत्यु भएको हो । मङ्गलबार दिउँसो माछा मार्न खोलातिर हिँडेका ७२ वर्षीय राई घर नफर्किएपछि परिवारजनले रातिदेखि नै खोजी सुरु गरेका थिए । रातको समयमा खोज्दा कतै...बाँकी