newskoseli.Com

दसैंमा २० परिवारको सामूहिक भोज : हुनेखाने–हुँदाखानेबीच भिन्नता अन्त्यको प्रयास !

दसैंका बेला घरघरमा खसी काट्ने परम्परा अन्त्य गर्ने उद्देश्यका साथ जैमिनी नगरपालिका– १, जलुकेनी, अर्खलापाटाका २० परिवारले एकै ठाउँमा खसी काटेर सामूहिक दसैंभोज गरेका छन् । ‘सबैको घरमा खसी काटेर दसैं मनाउने अवस्था थियो, यसले हुनेखाने र हुँदाखानेका बीचको दसैं फरक हुने भएकाले यसको अन्त्यका लागि सामूहि...बाँकी

०४६ मा छिमेकीको हत्या गरी फरार कार्की २९ वर्षपछि कर्‍याप्प

जग्गासम्बन्धी विवादमा ०४६ मा छिमेकीको हत्या गरेर फरार भएका अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका– १, बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की बुधबार पक्राउ परेका हुन् । जग्गा विवादका क्रममा २०४६ मा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नग...बाँकी

आगलागी नियन्त्रण गर्न १ लाख लिटरको पानीट्याङ्की…

प्रमुख व्यापारिक केन्द्रमध्येको एक दिक्तेल बजारमा आगलागी नियन्त्रण गर्न १ लाख लिटर पानी सञ्चित गर्न सकिने पानी ट्याङ्कीसहितको आधुनिक धारा निर्माण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको २५ लाख ८७ हजार ५ सय रुपैयाँ लगानीमा दिक्तेलस्थित अस्पताल चोकमा सुविधायुक्त धारासहितको पानी ट्याङ्की निर...बाँकी

माछा मार्न जाँदा डुबेर ७२ वर्षीय राईको मृत्यु

सूर्योदय नगरपालिका– १ स्थित जोगमाई खोलामा माछा मार्ने क्रममा डुबेर एक वृद्धको मृत्यु भएको छ । माई जोगमाई वडा नम्बर १ निवासी डम्बरबहादुर राईको मृत्यु भएको हो । मङ्गलबार दिउँसो माछा मार्न खोलातिर हिँडेका ७२ वर्षीय राई घर नफर्किएपछि परिवारजनले रातिदेखि नै खोजी सुरु गरेका थिए । रातको समयमा खोज्दा कतै...बाँकी

दसैंखर्च कमाउने श्रमजीवीको यो प्रयास !

        मजदुरी गरेर आफ्नै कमाइले दसैं मनाउने योजना बुन्दै गरेका महिला मजदुरहरु स्याङ्जाको आँधीखोला किनारमा ।   ...बाँकी

अमेरिकामा सुतेकै ठाउँमा नेपाली शिक्षाविदको निधन !

नेपालका एक शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’ का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षको उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ । एक कार्यक्रमका लागि अमेरिका पुगेका दाहालको सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा निधन भएको उनको परिवारले जनाएको छ । काठमाडौं विश्वविद्यालय ...बाँकी

रापेछापमा बस दुर्घटना : १ को मृत्यु, २९ घाइते, १२ को अवस्था गम्भीर

काठमाडौंबाट गाल्बातर्फ जाँदै गरेको बस खाँडादेवी– ३, भीरपानीको सार्कीपँधेरो भन्ने ठाउँमा मंगलबार दुर्घटना हुँदा १ बालिकाको मृत्यु हुनुका साथै २९ जना घाइते भएका छन् । दसैं मान्न गाउँ फर्कंदै गरेका यात्रुले भरिएको बा ३ ख ४६७५ नम्बरको बस अपराह्न ३ बजेतिर दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको...बाँकी

१ लाख १५ हजारसहित १० जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत्त बौद्धले आइतबार मध्यराति १ लाख १५ हजार रुपैयाँ नगदसहित १० जुवाडेलाई पक्राउ गरेको छ । वृत्तका प्रहरी निरीक्षक भुपेन्द्र गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका– ५ स्थित कामी शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । १६ थान कौडासहि...बाँकी

कात्तिक १६ मा कांग्रेसको चियापान

नेपाली कांग्रेसले बडादसैं, दीपावली, नेपाल सम्बत्, छठलगायतका चाडपर्वको अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । कांग्रेसले कात्तिक ७ (कोजाग्रत पूर्णिमा) का दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ मा (शुक्रबार) गर्ने भएको छ । पार्टीका नेता चक्...बाँकी

प्रहरी निरीक्षक र जवान घुस लिँदालिँदै कर्‍याप्प !

सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक र एक प्रहरी जवान पक्राउ परेका छन् । १५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आइतबार सालकोट प्रहरी चौकीबाट प्रहरी निरीक्षक सुशोभन श्रेष्ठसहित प्रहरी जवान तिलक लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर...बाँकी