newskoseli.Com

मन्त्री जोशीद्वारा गोरखकाली रबर उद्योगको निरीक्षण

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज गोरखाको मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योगको निरीक्षण गरेका छन् । विगत लामो समयदेखि उद्योगबाट नियमित रुपमा टायर उत्पादन नभएको अवस्थामा मन्त्री जोशीले उद्योगको वर्तमान अवस्थाबारे जानकारी लिएका थिए। गोरखकाली रबर उद्योग सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको...बाँकी

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदै कारोबार

साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रति तोला ५२ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सयले बढेर प्रति तोला ५२ हजार ४ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी तोलामा १० रुपियाँले बढेर प्रति तोला ७ सय ६०...बाँकी

एनसेलकाे ‘एकमा दुई अफर’, भ्वाइस सेवा प्रतिमिनेट २५ पैसा !

देशकै अग्रणी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि भ्वाइस प्याकमा ‘एकमा दुई अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब करसहित २५ पैसा प्रतिमिनेट सम्ममा एनसेलको अन्य नम्बरमा कल गर्न सक्नेछन् । यो योजना सोमबार (मंसिर ६, २०७३) देखि लागू भएको कम्पनीले जनाएक...बाँकी

लगातार घट्दै आएको सेयर बजार उकालो लाग्यो

लगातार घट्दै आएको सेयर बजार मंगलबार भने ४३.५२ अङ्कले बढेर लगानीकर्तालाई केही राहत मिलेको छ । लगातार घट्दै आएको र पटक पटक सर्किट ब्रेकसमेत लगाउनुपरेको बजार मंगलबार २ दशमलव ८८ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक १ हजार ५ सय ५३ बिन्दुमा पुगेको छ । कुल १ सय ३१ कम्पनीको १४ लाख १४ हजार ३ सय २८ कित्...बाँकी

५२ दशमलव ७६ बिन्दुले घट्यो नेप्से

नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि साेमबार पुनः सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको हो । नेप्सेका अनुसार कारोबार सुरु हुनेबित्तिकै ५२ दशमलव ७६ बिन्दुले परिसूचक घटेको हो । आइतबार २ पटक ब्...बाँकी

स्कटले लगायो सर्किट ब्रेक, ५६ अङ्कले घट्यो बजार

धितोपत्र बजारमा नेप्से परिसूचक अस्वाभाविक रुपमा घटेपछि नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको छ । कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक १ हजार ५ सय ३४ रूपैयाँ बाट ५६ अङ्कले घटेर १ हजार ४ सय ७८ बिन्दुमा कायम रहेको छ । साताको पहिलो दिन कारोबार सुरु हुने बित्तिकै प्रत्येक मिनेटम...बाँकी

७७ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आव २०७३/७४ को प्रथम चौमासिकमा  ७७ लाख ६७ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार १ सय  सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका जिल्ला ट्राफीक प्रहरी कार्याल...बाँकी

निवृत्तिभरण क्याम्पले बढायो व्यापार

चाडवाड सकिएसँगै सुस्ताएको बजार केही दिनको लागि जुर्मुराएको छ । बिहीबारदेखि सुरु भएको निवृत्तिभरण क्याम्पका रकाण सदरमुकाममा चहलपहल बढेको छ । गाउँ–गाउँबाट दैनिक सयौं भूतपूर्व भारतीय सैनिक निवृत्तिभरण बुझन् आइरहेका छन् । १० दिन बस्ने क्याम्पबाट धवलागिरि क्षेत्रका करिब ८ हजार भूपू सैनिकले निवृत्तिभ...बाँकी

मालपोतद्वारा ३८ करोड राजस्व सङ्कलन

जिल्ला मालपोत कार्यालयले चालु आवको ३ महिनामा  ३८ करोड ६५ लाख ५५ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले राजस्वतर्फ  ३२ करोड ५७ लाख ७१ हजार रूपैयाँ र पुँजीगत लाभकरतर्फ  ६ करोड ५ लाख ८४ हजार रूपैयाँ सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए । कार्यालयले साउनमा  १...बाँकी

व्यवसायी कर सङ्कलन अभियान सुरु

नगरपालिकाभित्र रहेका व्यवसायीलाई करको दायरामा ल्याउन मध्यविन्दु नगरपालिकाले व्यवसायी कर सङ्कलन अभियान सुरु गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माका अनुसार उक्त अभियानमा मदिरा पसल, सुर्तीजन्य पसल, सुन चाँदी पसल, औषधि व्यवसाय, आयुर्वेदिक औषधि पसल, स्टेसनरी तथा पुस्तक पसल, डिपार्टमेन...बाँकी