भारतसँगको सीमा नाकाबाट दैनिक हजारौं मानिसको आवत–जावत चलिरहेको छ । भारतबाट नेपाल भित्रने बढी छन् तर नाकाका हेल्थ डेस्क प्रभावकारी छैनन् ।
संक्रमण फैलिइसकेको भारतबाट भित्रनेको नाकामा प्रभावकारी स्वास्थ्य जाँच नहुँदा नेपालमा जोखिम बढेको छ । नेपालले भारतसँग जोडिएको करिव १ हजार ८ सय किलोमिटर सीमा नाका...बाँकी
कोभिड– १९ बाट बच्न कलाकारहरु पनि सतर्क हुन थालेका छन् । नेपालीदेखि हलिउड र बलिउडसम्मका कलाकार ‘सेल्फ आइसोलेसन’ मा बसिरहेका छन् ।
नेपाली सिनेमाको छायाङ्कनदेखि प्रदर्शनसम्ममा कोरोनाको प्रभाव परेको छ । त्यसैले अहिले कलाकार फुर्सदमा छन् । अधिकांश कलाकार परिवारका साथ फुर्सदको समय बिताइरहेका छन् ।
द...बाँकी
सिंगापुरबाट शनिबार राति काठमाडौं आएको सिल्क एयरले युरोपका यात्रु पनि बोकेको भन्दै नागरिक उड्डयन प्राधिकरणले विमान फर्काउन खोज्दा यात्रुले विमानभित्रै प्रतिवाद गरे । यात्रु नओराली विमान फर्कन खोज्दा यात्रुले होहल्ला गरेपछि सबै यात्रुलाई झार्ने अनुमति प्रदान गरिएको थियो ।
नागरिक उड्डयन प्राधिकरणले ...बाँकी
वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रुपैयाँ फसेको छ ।
उड्न नपाएकाको रकम फिर्ता गर्न सरकारले हवाई कम्पनीलाई निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरुको रकम फसेको हो । व्यवसायीहरुका अनुसार अन्तिम श्रम स्वीकृति लिएकामध्ये करिव १० हजार ना...बाँकी
कोरोनाभाइरस (कोभिड– १९) को महामारीसँग जुध्न सरकारले महत्त्वपूर्ण कार्यक्रम अघि सारिरहँदा नेपालमा हालसम्म गरिएका परीक्षणमा भने कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गएिको थियो, तीमध्ये सबैमा नेगेटिभ नतिजा देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ स...बाँकी
कोरोनाभाइरस संक्रमणको सम्भावनालाई ध्यान दिँदै सरकारले आवश्यक परे ‘लक डाउन’ समेत गर्न चार वटै सुरक्षा निकाय र स्वास्थ्यकर्मी सम्मिलित मोडालिटीको गृहकार्य गरेको छ ।
संक्रमण फैलन नदिन र नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्म ‘सेल्फ क्वारेन्टाइन’ को व्यवस्था मिलाउनुपर्ने आंकलन गर्दै गृह मन्त्रालयल...बाँकी
तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक–पटकको सूचना र ताकेतापछि पनि आफैं भत्काउन अटेर गर्ने काठमाडौंको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयको घरमा डोजर चलाइएको छ । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा दुई पटक गरी मुआब्जा लिई अहिलेसम्म घर नभत्काएका घरधनीको घरमा डोजर चलाइएको हो ।
सडक क्षेत्रमा परेका घर स्...बाँकी
कोरोना संक्रमणको त्रास फैलिइरहेकै बेला बढी नाफा कमाउने उद्धेश्यका साथ कालोबजारी गर्ने तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध सरकारी संयन्त्रले कडा नीति अख्तियार गर्ने भएको छ ।
दैनिक उपभोग्य अतिआवश्यक वस्तुको कालोबजारी गर्ने, लुकाउने तथा कृत्रिम अभवा सिर्जना गर्नेविरुद्ध तत्का...बाँकी
प्रदेश– २ को नामकरण प्रदेशसभाबाट टुंगो लगाउने मंगलबारको प्रयास असफल भएको छ । प्रदेशसभामा दल तथा सांसदले राखेका कुनै पनि प्रस्तावमा दुईतिहाइ बहुमत नपुगेपछि नामकरण टुंगो लाग्न नसकेको हो ।
नामकरण र स्थायी राजधानी तोक्नेबारे दलहरुबीच सहमति हुन नसकेपछि सभामुख सरोजकुमार यादवको संयोकत्वमा गठित नामकरण तथ...बाँकी