newskoseli.Com

फेरि सर्‍यो नेकपाको सचिवालय बैठक : अब केमा मिलेन कुरा ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज (बुधबार) बस्ने भनिएको सचिवालय बैठक फेरि स्थगन भएको छ । विवादित विषयमा सहमति जुट्न नसक्दा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगन भएको हो । यसअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर आएपछि मङ्गलबार बस्ने भनिए...बाँकी

च्याउ खाँदा आमाको मृत्यु, छोरा सिकिस्त

जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् । बारेकोट गाउँपालिका– ८ की ५० वर्षीया मनमाया कुमाईंको जङ्गली च्याउ खाँदा मृत्यु भएको हो । उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा उनको मृत्यु भएको हो । च्याउ खाँदा उनका १४ वर्षीय छोरा युवराज सिकिस्त बिरामी भ...बाँकी

मन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले मन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश जारी गरेको हो । मन्त्री खत्रीसहित पाँच जनाले १ करोड १० लाख ८० हजार...बाँकी

विप्लव नेकपाका जिल्ला इन्चार्जसहित ६ कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज देवीलाल पुनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । पक्राउ पर्नेमा सिस्ने गाउँपालिका इन्चार्ज राजु थापा, ...बाँकी

सत्ताधारी नेकपाको सचिवालय बैठक बुधबार : केन्द्रीय विभागहरु र कार्यविभाजन टुंग्याइँदै

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको जानकारी सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् । प्रवक्ता श्...बाँकी

घाँटी रेटेर बन्दीपुरे श्यामबहादुरको कसले गर्‍यो हत्या ?

बन्दीपुर गाउँपालिका– १, डुम्रेबजार, तनहुँ निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या सोमबार गरेको हो । शाहीको शव बन्दीपुर गाउँपालिका– ४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वि...बाँकी

एमबीएसको ‘क्वेस्चन आउट’ गर्ने ५ पक्राउ

एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार पारिएको पानाको ‘फोटोकपी’ गरिरहेको अव...बाँकी

‘भड्किलो तीजरहित’ नेपालकै पहिलो वडा !

नेपाली महिलाको महान् पर्व तीज नजिकिँदै गर्दा पोखरा महानगरपालिका– २६ लाई नेपालकै पहिलो ‘भड्किलो तीजरहित वडा’ घोषणा गरिएको छ । ३५ भन्दा बढी आमा समूह तथा महिला सञ्जालको सामूहिक प्रयास र प्रतिबद्धता अनुसार सो वडालाई ‘भड्किलो तीजरहित वडा’ बनाउन सफलता मिलेको दावी वडाध्यक्ष नारायण बरालले गरेका छन् । मौल...बाँकी

युवतीलाई विष खुवाएको आरोपमा पशु प्राविधिक पक्राउ

एक युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा प्रहरीले एक पशुसेवा प्राविधिकलाई पक्राउ गरेको छ । आठबीसकोट नगरपालिकाको गोतामकोटमा कार्यरत पशुसेवा प्राविधिक विष्णु खड्का पक्राउ परेको प्रहरी निरीक्षक अच्युतराज आचार्यले जानकारी दिए । खड्काले स्थानीय एक युवतीलाई आइतबार जबरजस्ती विष सेवन गराएको आरोप छ ...बाँकी

८७ देशमा नेपाल टेलिकमको ‘रोमिङ’ सेवा : विभिन्न सेवाको शुल्कमा भारी कटौती

नेपाल टेलिकमले विश्वभरका ८७ मुलुकमा जाँदा ‘रोमिङ’ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ । टेलिकमले ती देशका १ सय ९२ दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग सहकार्य गरी सो सेवा उपलब्ध गराएको हो । तीमध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटि भारी छुट प्रदान गरिएको प्रवक्...बाँकी