सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कात्तिक २८ को सचिवालयको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई ‘एकलौटी ढंगले पार्टीका तल्लो तहसम्म पठाएपछि’ वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् । प्रचण्डले सो प्रतिवेदन विनासल्लाह तल्ला तहसम्म पठाउँदा पार्टी विभाजनमा प्रश्रय मिल्ने भन्दै वरिष्ठ नेता नेपाल असन्तुष्ट बनेका हुन् ।
‘हामीले पार्टीको बैठक बोलाउन माग गरेको पत्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थियौं तर उहाँले त्यसको जवाफ लिखितरुपमा दिएर फायर खोल्नुभएको हो । यो विषय सचिवालयमै टुंग्याउनुपर्थ्यो तर उहाँ (दाहाल) ले विनासल्लाह आफ्नो प्रतिवेदन तल्ला तहसम्म पठाउनु उपयुक्त होइन; यो त पार्टी विभाजनकै तहमा जाने कुरा भयो, यसले राम्रो गर्दैन’– नेपाललाई उद्धृत गर्दै उनी निकट एक नेताले भने ।
स्थायी कमिटी सदस्य समेत रहेका ती नेताका अनुसार प्रचण्डले विनासल्लाह आफ्नो प्रतिवेदन तल्ला तहसम्म लैजानु तत्कालका लागि कमजोरी हो । प्रचण्डको यो कदमबाट वरिष्ठ नेता नेपाल असन्तुष्ट बनेको ती नेताको भनाइ छ । कुनै पनि हालतमा पार्टी विभाजन गर्नु हुँदैन भन्ने धारणा राख्दै आएका वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले कार्यशैली सुधार गर्नुपर्ने तथा पार्टीका विधि–विधान र पद्धतिमा चल्नुपर्ने धारणा राख्दै आएका छन् ।
सचिवालय बैठकको माग गर्दै कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय नेपाल, झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ मा पार्टीका अर्का अध्यक्ष ओलीलाई पत्र लेखेका थिए । र, कात्तिक २५ मा ओलीले सो पत्रको ‘जवाफ’ फर्काएका थिए । त्यसपछि कात्तिक २८ मा बसेको सचिवालय बैठकमा नेपाललगायत पाँच सचिवालय सदस्यका तर्फबाट कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको राजनीतिक प्रस्ताव पेस गरेका थिए ।
त्यसपछि मंसिर ३ मा बसेको सचिवालय बैठकमा ओलीले प्रचण्डको प्रतिवेदनमा लगाइएका ‘आरोप’ को खण्डन गर्दै त्यसलाई खारेज गर्ने बताएका थिए । उनले प्रचण्डको प्रतिवेदनको ‘जवाफ’ दिने पनि सोही बैठकमा बताएका थिए । ओलीले ‘जवाफ’ लेख्न समय लाग्ने बताएपछि १३ मंसिरमा गते बस्ने गरी सचिवालय बैठक स्थगित गरिएको थियो । अब बस्ने बैठकमा ओलीले ‘जवाफी प्रतिवेदन’ पेस गर्ने बताइएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रचण्ड भन्छन् : ‘बरू मर्छु, पुँजीवादसामु घुँडा टेक्दिनँ’ (भिडियो)
यी सामग्री पनि पढ्नुहोस्–
वामदेवको ‘ढुलमुले’ चरित्र, तानातानमा बादल : २ घन्टा कुरा गर्दै के भने प्रचण्डले ?
वामदेवले फेरि दिए द्विअर्थी अभिव्यक्ति : ‘म कुनै गुटमा छैन, एकताकै प्रयासमा छु’
अध्यक्ष ओलीले के–के भने नेकपा सचिवालयको बहुचर्चित बैठकमा ? (पूर्णपाठ)
‘हम्मर हानिरहे ओलीले, घनले नै बजाइदिए प्रचण्डले !’
सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ)
यस्तो छ ओलीले प्रचण्डलाई लेखेको दसपाने चिठी (पूर्णपाठ)
यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह
‘ओली प्रवृत्ति’ बारे प्रचण्डको प्रस्ताव : बचाउ गर्दै बाेले वामदेव, शंकर भन्छन् फिर्ता लिइयोस्
बैठकमा बस्न आग्रह गर्दै ५ नेताले अध्यक्ष ओलीलाई बुझाएको पत्र