newskoseli.Com

गाईभैंसीको कानमा ‘विद्युतीय ट्यागिङ उपकरण’ जडान गरिँदै !

काठमाडौं महानगरपालिका छेउछाउका गाउँपालिका तथा नगरपालिका हुँदै काठमाडौं महानगरका सडकमा आइपुग्ने छाडा चौपायालाई नियन्त्रण गर्न महानगरपालिकाले गाईभैंसीको कानमा ‘विद्युतीय ट्यागिङ उपकरण’ जडान गर्ने भएको छ । चालु आर्थिक वर्षमा मात्र महानगरपालिकाले ९९ वटा गाईगोरु र बहर पक्रेर लिलाम गरेको थियो । लिलामबा...बाँकी

सरकारको तयारी- ३२ अर्बको गाई ल्याउने, किसान भन्छन्- गाई होइन, प्रविधि भित्र्याऊ

चीनबाट गाई ल्याउने नेपाल सरकारको तयारीप्रति दुग्ध उत्पादक किसानहरुले विरोध गर्दै आएका छन् । किसानले विरोध गरे पनि सरकारले ३२ अर्ब लगानीमा गाई ल्याउने तयारी सुरु गरेको छ । त्यसका लागि चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स र चाइना सीएएमसी इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ । दुग्ध उत्प...बाँकी

३२ अर्ब लगानीमा २, ३ र गण्डकी प्रदेशमा ‘मोडल गाई फर्म’ खुल्दै

चीन सरकाको अनुदान र ऋण गरी ३२ अर्ब रूपैयाँको लगानीमा प्रदेश २, ३ र गण्डकीमा ‘मोडल गाई फर्म’ स्थापना हुने भएका छन् । प्रदेश– ३ र गण्डकी सरकारसँग शुक्रबार सम्झौतामा हस्ताक्षर भएसँगै चिनियाँ गाई नेपाल भित्र्याउने बाटो खुलेको छ । प्रदेश– २ मा शनिबार सम्झौता हुने कार्यक्रम छ । सार्वजनिक–निजी साझेदारी ...बाँकी

क–कसले पाउँछन् कृषि क्षेत्रको अनुदान ? वितरणमा व्यापक विभेद ! कमिसनको यस्तो चलखेल…

घोराही उपमहानगरपालिका– ४, सिस्ने खोलाका सन्त घर्तीमगरले व्यावसायिक बङ्गुरपालन गर्न थालेको वर्षौं भयो । उनको ‘विश्वास बङ्गुर फर्म’ मा अहिले २७ माउ र ६० भन्दा बढी पाठापाठी छन् । सरकारले कृषकका लागि दिने अनुदान ‘कुन चराको नाम हो’, उनलाई थाहा छैन । जगत दर्लामीले पनि सात वर्षदेखि व्यावसायिक बङ्गुरपालन...बाँकी

१६ वर्षीय युवकको आविष्कार : माउबिनै चल्ला कोरल्ने प्रविधि !

कुखुराले मात्र अण्डा काड्छ र चल्ला कोरल्छ भन्ने मान्यतालाई तोड्दै रुपन्देहीका एक युवकले नयाँ प्रविधि अपनाएर माउविनै चल्ला उत्पादन गरेका छन् । भारतमा ह्याचरी प्रविधिको अवलोकनपछि केपीएम एजुकेसन प्रालिमा १० कक्षामा अध्ययनरत १६ वर्षीया ऋषिकुमार गुप्ताले विद्युतीय उपकरणको प्रयोग गरेर चल्ला कोरल्ने प्र...बाँकी

बारीमै ट्रयाक्टर लगाएर फेरि तरकारी नष्ट, नबिकेपछि किसान हैरान

बजारमा उपभोक्ताले मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा किनिरहेका छन् । तर, बीचौलिया व्यापारीले प्रतिकिलो ३ रुपैयाँमा पनि नलगेपछि बेनीघाट, रोराङ– ५, विशालटारका किसानले बारीमै तरकारी नष्ट गरेका छन् । बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि बारीमा ट्रयाक्टरले जोतेर उनीहरुले तरकारी नष्ट गरेका हुन्...बाँकी

जसले मेसिनबाट गाई दुहुन्छन्, दूध बेचेरै महिनामा २२ लाख कमाउँछन् !

गोरखको पालुङटार नगरपालिका, च्याङ्लीका गाईपालक राजेन्द्रराज पन्तले दूध बेचेरै मासिक २२ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । दुई दशकदेखि व्यावसायिक रुपमा गाईपालन गर्दै आएका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत विभिन्न जातका ३ सय ६० वटा गाई छन्, जसमध्ये १ सय ३० वटा त दुहुना नै...बाँकी

प्रतिबन्धित २१ थरी विषादि बिक्री वा प्रयोग गर्दै हुनुहुन्छ ? जेलको बास होला नि !

प्रतिबन्धित २१ थरीका विषादिको बिक्रीवितरण गर्ने व्यक्ति ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा ३ महिनासम्म कैद वा दुवै सजायको भागिदार हुने भएका छन् । विषादि भनेको किटाणु मार्न खेतबारीमा प्रयोग गरिने विष हो । सरकारले सन् २००१ मा क्लोरोडेन, डीडीटी, डाइएल्ड्रिन, इन्ड्रिन अल्ड्रिन, हेप्टाक्लोर, माइ...बाँकी

५ वर्षमा ११ अर्बको विषादि आयात

सरकाले अर्ग्यानिक खेतीलाई व्यावसायीकरण गर्ने लक्ष्य राखे पनि वर्सेनि अर्बौं रुपैयाँको विषादि आयात भएको छ । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको तथ्याङ्कअनुसार ५ वर्षको अवधिमा करिव ११ अर्ब रुपैयाँको विषादि आयात भएको छ । जलवायु परिवर्तनले नयाँ कीराहरु देखिने, विगतका वर्षमा छरिएको विषादिले कीराहर...बाँकी

ललितपुरमा कफीसम्बन्धी तालिम : दिनको १ लाख शुल्क !

ललितपुरमा पहिलो पटक ‘क्यु ग्रेडिङ’ तालिम हुन लागेको छ । तालिमका प्रमुख प्रशिक्षक जापानी नागरिक कोजु मात्सुजुवा हुन् । माघ २९ देखि फागुन २ सम्म आयोजना हुन लागेको उक्त तालिम ललितपुरस्थित कफी एकेडेमीमा सञ्चालन हुन लागेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत एकेडेमीका अध्यक्ष डा. राजकुमार बञ्जारा...बाँकी