२८ फाल्गुन, २०७५ |
काठमाडौं, २८ फागुन ।
सरकारले व्यक्तिगत सम्पत्तिको अभिलेख राख्ने तयारी गरिरहे पनि आफ्नै स्वामित्वमा रहेका सम्पत्तिको एकीकृत विवरण भने राख्न नसकेको पाइएको छ ।
छुट्टाछुट्टै निकायले अभिलेख राख्ने गरे पनि एकीकृत सम्पत्ति विवरण राख्नेबारे स्पष्ट कानुन नहुँदा सरकारी सम्पत्तिको विवरणबारे सरकार बेखबरजस्तै देखिएको छ । हालसम्म ...बाँकी
२८ फाल्गुन, २०७५ |
ओखलढुङ्गा, २८ फागुन ।
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका– ४ स्थित कुण्डली माविका शिक्षक सुजन सुनुवारले बिस्कुट दिलाउने भन्दै प्रारम्भिक बाल विकास (ईसीडी) कक्षाका दुई बालकलाई जुत्ता चाट्न लागएका छन् ।
अर्को बालकले खाइरहेको बिस्कुट उनीहरुलाई दिलाउने नाममा उनले चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जु...बाँकी
२८ फाल्गुन, २०७५ |
वीरगञ्ज, २८ फागुन ।
हुलाकी राजमार्ग योजना कार्यालयको सरकारी गाडी भारतबाट तस्करीका सामान ओसार्न प्रयोग गरिएको खु्लेको छ ।
हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका लागि सडक विभागले उपलब्ध गराएको बा १ झ ९६१६ नम्बरको बोलेरो जिप योजना कार्यालय प्रमुखका छोरा आनन्द पटेलले भारतबाट तस्करीका सामान ओर्सान प्रयोग गर्दै आएका छन्...बाँकी
२८ फाल्गुन, २०७५ |
न्युयोर्क, २८ फागुन ।
अमेरिकाको न्यूयोर्क राज्य सरकारले दुई सडकको ‘माउन्ट एभरेस्ट’ नामकरण गरेको छ । नेपाल र नेपालीहरुको सम्मानार्थ कुइन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गरिएको हो ।
यसअघि क्यालिफोर्नियाको सान जोसेस्थित सडकलार्इ पनि ‘माउन्ट एभरेस्ट डीआर’ नामकरण गरिसकिएको छ । न्यूयोर्क राज्य सरका...बाँकी
२८ फाल्गुन, २०७५ |
काठमाडौं, २८ फागुन ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सत्ताधारी नेकपाभित्र ‘तानातान’ मा परेका छन् । पार्टीमा रहेका विभिन्न गुटमध्ये ३४ केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा राख्न सफल गृहमन्त्री बादल सरकारमा मात्र होइन, पार्टी राजनीतिमा समेत ‘निर्णायक’ देखिएका छन् ।
पार्टीको सांगठनिक एकता प्रक्रियामा अध्यक्षद्वय केपी शर्मा ...बाँकी
२८ फाल्गुन, २०७५ |
काठमाडौं, २८ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले एक वर्षमा गरेका कामप्रति असन्तुष्टि जनाउँदै सत्तापक्षकै नेताहरु ‘प्रतिपक्षीको भूमिका’ मा देखिएका छन् ।
सत्तापक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई आदि यस्तो भूमिकामा देखिएका हुन् । युनिभर्सल पिस फेडेरेसन (युपीएफ) क...बाँकी
२८ फाल्गुन, २०७५ |
काठमाडौं, २८ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतसंहग्र लोकतान्त्रिक प्रक्रियाको उच्चतम रुप भएको बताएका छन् । राष्ट्र विखण्डनकारी मुद्दा उठाएका सीके राउतले सरकारसँग सम्झौतापछि ‘सरकार जनमतसंहग्रका लागि तयार भएको’ दाबी गरिरहँदा प्रधानमन्त्री ओलीले ‘जनता जे चाहन्छन्, त्यही हुने’ बताएका हुन् ।
‘जनमतसंहग्र उच्चारण ...बाँकी
२७ फाल्गुन, २०७५ |
काठमाडौं, २७ फागुन ।
भारतीय निर्वाचन आयोगले लोकसभा निर्वाचनको मिति घोषणा गर्दै करिव डेढ महिना लामो कार्यतालिका सार्वजनिक गरेको छ ।
सात चरणमा निर्वाचन गर्ने कार्यतालिका आयोगले आइतबार सार्वजनिक गरेको हो । सात चरणको निर्वाचनको मतदान चैत २८ देखि सुरु हुने र जेठ ५ सम्म जारी रहने जानकारी आयोगले आइतबार पत्रकार सम्मेलनमार्फत...बाँकी
२७ फाल्गुन, २०७५ |
काठमाडौं, २७ फागुन ।
दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ देखि कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो ।
वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र ...बाँकी
२७ फाल्गुन, २०७५ |
काठमाडौं, २७ फागुन ।
नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रविबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घन्टा बित्न नपाउँदै सीके राउतको समूहले ‘स्वतन्त्र मधेस’ को झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ ।
आइतबार जनकपुर पुगेका राउतलाई उनका समर्थकहरूले ‘स्वतन्त्र मधेस’ को नारा लगाउँदै स्वागत गरेका छन् । र...बाँकी