newskoseli.Com

होलीमा छाडा गतिविधि गर्नेलाई तुरुन्तै पक्रिइने, ३ हजार सुरक्षाकर्मी परिचालन

होली पर्वलाई मर्यादित बनाउन काठमाडौं उपत्यकामा करिव तीन हजार सुरक्षाकर्मी परिचालित भएका छन् । होलीका दिन काठमाडौंमा मात्र दुई हजार प्रहरी खटिने भएका छन् । करिव ३ सय जना सादा पोसाकका प्रहरी खटिनेछन् । ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिनेछन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार...बाँकी

सत्ताधारी नेकपाको एकता अझै लम्बिँदै, हुन सकेन ठोस छलफल

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला तहको एकता प्रक्रिया केही दिन अझै लम्बिने भएको छ । एकता टुंग्याउने गरी यसै सातादेखि ठोस छलफल हुने भनिएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएपछि एकता प्रक्रिया एक साताका लागि लम्बिएको हो । उनको...बाँकी

विप्लव नेकपाविरुद्ध सेना परिचालन ! नेता–कार्यकर्ता खोज्दै गाउँ पसे सैनिक

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता खोज्न भन्दै नेपाली सेना गाउँ पसेको छ । रणसुर गुल्मका सेनानी अमृत थापा मगरको नेतृत्वमा एक सैनिक टोली ‘विप्लव समूहका गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन’ भन्दै गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र स...बाँकी

‘अझै केही दिन पानी पर्छ’ : मौसमविद्

यहींको स्थानीय र पश्चिमी वायुको प्रभावका कारण केही दिन मेघ गर्जनसहित वर्षा दोहोरिने भएको छ । मुलुकको पहाडी भूभागमा अझै केही दिन वर्षा दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीले भनिन्– ‘प्रि–मनसुनको गतिविधि सक्रिय भएकाले अहिले प्रायः हेरक दिन अपराह्नपछि प...बाँकी

नेपालको जनसङ्ख्या ३ करोड ३ लाख

केन्द्रीय तथ्याङ्क विभागले सोमबार नेपालको अनुमानित जनसङ्ख्या २ करोड ९५ लाख ६ हजार ३ सय ४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा दैनिक नै नयाँ जनसङ्ख्या देख्न पाइन्छ । प्रक्षेपण बोर्डले नेपालको जनसङ्ख्या दैनिक १ हजार ६४ देखि १ हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ जबकि गत वर्ष प्रतिदिन १...बाँकी

गाउँगाउँमा विप्लव नेकपाका ‘जनसत्ता’ र ‘जनसरकार’ !

सरकारबाट ‘प्रतिबन्धित’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दसवर्षे सशस्त्र जनयुद्धकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’ का रुपमा ‘जनसरकार’ बनाउन थालेको छ । ‘जनकारबाही’ लाई पनि ब्युँताएको भन्दै विप्लव नेकपाले गठन गरेका ‘जनसरकार’ लाई राज्यसत्ताको निगरानीका ...बाँकी

‘शक्तिशाली’ बन्दै प्रधानमन्त्री : सेना परिचालनसम्म एकल निर्णयमा गर्न सक्ने ‘अधिकार’ कायम गरिँदै !

सरकारका सबै महत्त्वपूर्ण निकायहरु आफू मातहत राखेर प्रधानमन्त्री केपी शर्मा ओली शक्ति सञ्चयतर्फ लागेका छन् । राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्तााको कार्यालयलगायतका १८ वटा निकाय प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर आफूलाई ‘शक्तिशाली’ प्रधानमन्त्री सावित गर्न उनी लाग...बाँकी

कतार सकारात्मक : शून्य लागतमै नेपाली श्रमिक लैजाने

नेपाली श्रमिक शून्य लागतमा लैजाने विषयमा कतार सकारात्मक देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा गएको नेपाली प्रतिनिधि मण्डल र त्यस देशका प्रतिनिधिबीच भएको छलफलमा कतार सकारात्मक देखिएको हो । कतारसँग पहिलो चरणको वार्ता सकेर फर्किएका सहसचिव घिमिरे...बाँकी

‘जनप्रतिनिधि’ को ‘धन्दा’ : वन मासेर अवैध ढुंगाखानी !

‘जनप्रतिनिधि’ को संलग्नतामा अवैध ढुंगाखानी र बालुवाखानी सञ्चालन गरिँदा ललितपुरको दक्षिणी भेगमा पर्ने लेले, टीकाभैरव, दुम्सिडोल र देवीचौरस्थित सामुदायिक वन तहसनहस भएको छ । जनताका कामसँगै तल्लो तहमा विकास निर्माणको मुख्य योजनाकारका रुपमा चुनिएका गोदावरी नगरपालिकाका जनप्रतिनिधिबाटै उक्त क्षेत्रको वन...बाँकी

साढे २ अर्ब असुल्न बाँकी छ त्रिभुवन विमानस्थलले…

बन्द भइसकेका एयरलाइन्स, संस्था, सरकारी निकाय तथा व्यापारीबाट त्रिभुवन विमानस्थल कार्यालयले करिव २ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ असुल्न बाँकी रहेको विमानस्थलले जनाएको छ । यो रकम पुस मसान्तसम्मको हो । विमानस्थलको कर्पोरेट महाशाखाका उपप्रबन्धक हेमप्रसाद दाहालका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल...बाँकी