newskoseli.Com

क्यान्सरै पत्ता नलगाउने यस्तो पनि ‘क्यान्सर अस्पताल’ !

मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो । करोडौं खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो । तर, अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ । जनशक्ति र प्रविधिको...बाँकी

बारीमै ट्रयाक्टर लगाएर फेरि तरकारी नष्ट, नबिकेपछि किसान हैरान

बजारमा उपभोक्ताले मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा किनिरहेका छन् । तर, बीचौलिया व्यापारीले प्रतिकिलो ३ रुपैयाँमा पनि नलगेपछि बेनीघाट, रोराङ– ५, विशालटारका किसानले बारीमै तरकारी नष्ट गरेका छन् । बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि बारीमा ट्रयाक्टरले जोतेर उनीहरुले तरकारी नष्ट गरेका हुन्...बाँकी

मलेसियाको क्वालालम्पुर विमानस्थलमा दिनहुँ लुटिन्छन् नेपाली

मलेसियाको एक कम्पनीमा कार्यरत उदयपुरका नर थापा तीन महिनाअघि बिदामा नेपाल जान लगेजसहित बस चढेर क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलका लागि निस्किए । विमानस्थलको दुई तलामुनि बस र रेल रोकिने स्टेसनमा उनी ओर्लिए । त्यहाँबाट विमानस्थलको एयरलाइन्स काउन्टर रहेको तला अगाडि पुग्न ट्याक्सी र हलुका चारपां...बाँकी

गतवर्ष पुरस्कृत ‘उत्कृष्ट कर्मचारी’, यस वर्ष घूससहित रंगेहात पक्राउ !

कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उदघाटन सत्रमा बेलौरी नगरपालिकाका योजना शाखा प्रमुख हृदयराज बजगाईंलाई ‘उत्कृष्ट कर्मचारी’ का रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्यसम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै योजना शाखा प्रमुख इन्जिनियर बज...बाँकी

‘हरियो वन, विदेशको धन’ : ५ वर्षमा सरकारले किन्यो १३ अर्बको फर्निचर

‘हरियो वन, नेपालको धन’ भन्ने नारा पुरानो भएको छ । अब त ‘हरियो वन, विदेशको धन’ भन्नुपर्ने भएको छ । किनकि, काठ किन्दा ६ वर्षमा २४ अर्ब ५३ करोड रुपैयाँ विदेशिएको छ । यसबीचमा ९३ करोडको मात्र काठ निर्यात भएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी उत्पादन नै किन्नुप...बाँकी

मन्त्री हेरफेरको तयारी : ओली–प्रचण्डबीच ‘भद्र’ सहमति !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सरकारमा सहभागी मन्त्रीहरुको हेरफेर गर्ने तयारी ुरु भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने ‘भद्र’ सहमति भएको छ । सरकार गठन गर्नुपूर्व नै भएको एक वर्षको अवध...बाँकी

ओली सरकारलाई कांग्रेसको व्यंग्य : ‘बयलगाडा चढेर सगरमाथा चढ्न सकिन्न’

केपी ओली नेतृत्वको वर्तमान सरकारको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले ‘प्रधानमन्त्री केपी शर्मा अ‍ोली बयलगाडा चढेर सगरमाथा चढ्न लागेको’ टिप्पणी गरेको छ । आर्थिक समृद्धि, शान्ति–सुरक्षा र सुशासनको दिशामा सरकार असफल रहेको कांग्रेसको दाबी छ । सरकारका कामबारे प्रतिपक्षको ...बाँकी

विदेशका थोत्रा दमकलको ‘डम्पिङ साइट’ हो नेपाल ?

विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालका लागि आगलागी नियन्त्रणको ‘भरपर्दो सवारी साधन’ का रुपमा प्रयोग हुँदै आएका छन् । आफ्नो देशमा कामै नलाग्ने भएपछि विदेशी दातृनिकायले नेपालको भूमिलाई डम्पिङ साइटका रुपमा प्रयोग गर्दै आएका छन् । त्यसको प्रत्यक...बाँकी

वाइडबडी विमान घोटाला : संलग्न पदाधिकारी तथा कर्मचारीको बयान लिने तयारी

चर्चित वाइडबडी विमान घोटाला प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिने तयारी गरेको छ । नेपाल वायु सेवा निगमले दुर्इटा वाइडबडी विमान किन्दा ४ अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकाल्दै संसदको सार्वजनिक लेखा समितिले छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको...बाँकी

ऐतिहासिक जग्गामा ‘सपिङ मल’ : सत्ता र शक्तिको दुरुपयोग !

छाया कम्प्लेक्स निर्माण गरिएको कमलपोखरीको जग्गा हत्याउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरिएको तथ्य फेला परेको छ । राज्यका जिम्मेवार निकाय मालपोत, गुठी संस्थान, काठमाडौं महानगरपालिका लगायतका कर्मचारीलाई समेत प्रभावमा पारेर ऐतिहासिक र पुरातात्त्विक महत्त्वको सार्वजनिक पोखरीलाई निजी बनाइएको हो । कम...बाँकी