नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सात वटा वाटर क्यानल हुँदाहुँदै सरकारले थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँच वटा खरिद गर्ने भएको छ ।
मन्त्रिपरिषदको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यो निर्णय गोप्य राखेको छ । नेपाल प्र...बाँकी
उपत्यकाका तरकारी बजार, सार्वजनिक खाना खुवाउने स्थान र पत्रिका वितरणबाट कोरोना संक्रमण हुन सक्ने सम्भावना उच्च भएको पाइएको छ । सरोकारवाला निकायको लापरबाही तथा प्रहरीको नजरअन्दाजका कारण यी क्षेत्र संक्रमणको जोखिममा रहेको देखिएको हो ।
विभिन्न संघ–संस्थाले सुरक्षा उपकरण र पर्याप्त सावधानी अबलम्बन नगर...बाँकी
पास भएका सवारी साधनलाई समेत सरकारले उपत्यका छिर्ने नाकाबाट फिर्ता गर्न थालेको छ । पास लिएकाहरुबाटै लकडाउन उल्लंघनका घटना वृद्धि भएपछि सरकारले चेकजाँचमा कडाइ गर्न थालेको हो ।
अब उपत्यका बाहिरबाट आउनेले अत्यावश्यक कामबाहेक पास भएर पनि प्रवेश पाउने छैनन् । प्रहरी प्रशासनले बुधबारदेखि पास भएकालाई समे...बाँकी
लकडाउनको अन्योलबीच सरकारले पठनपाठन, विद्यार्थी भर्ना र परीक्षाका सन्दर्भमा ठोस योजना ल्याउन सकेको छैन । लकडाउनको ४४औं दिन पुगिसक्दा समेत शिक्षा मन्त्रीले कुनै ठोस योजना ल्याउन सकेका छैनन् ।
लाखौं विद्यार्थी ‘अबको विकल्प के ?’ भन्दै प्रश्न उठाउन थालेका छन् । मुख्यतः एसईई, कक्षा ११ र १२ को परीक्षा,...बाँकी
लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट २ अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका भने २ चैतदेखि नै नियन्त्रित भएका हुन् ।
चैतको तथ्यांकलाई आधार मान्दा नेपालमा दैनिक ९ करोड ३७ लाख रुपैयाँको तरकारी आयात भइरहेको छ । ...बाँकी
देशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र परीक्षण किट्सको अभाव सुरु भइसक्दा पनि नेपाली सेनाले विदेशबाट स्वास्थ्य सामग्री ल्याउन सकेको छैन । सरकारले सेनालाई जीटुजीमार्फत शून्य कमिसनमा स्वास्थ्य सामग्री खरिदका लागि १६ चैतमा जिम्मा दिएको थियो ।
कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले...बाँकी
नेपाल पर्यटन बोर्डले कोरोनाभाइरसबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटकलाई सहुलियत दिनुपर्ने सुझाव दिएको छ । बोर्डले कोरोना महामारीबाट परिस्थिति सामान्य हुँदै गएपछि पहिलो चरणमा आन्तरिक पर्यटकलाई नै प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने सुझाव सरकारलाई दिएको हो ।
त्यसका लागि घुम्न निस्कने...बाँकी
विभाजनको चरणमा पुगेर जोगिएको सत्ताधारी नेकपामा स्थायी कमिटी बैठकको एजेण्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’ सम्मको विषयले विवाद निम्तने देखिएको छ । दुई अध्यक्षबीच दुई दिनयता छलफल भए पनि यी विषयमा सहमति जुट्न नसक्दा स्थायी कमिटीको बैठकमा विवाद बल्झने संकेत गरेको हो ।
प्रधानमन्त्री एवं पार्टी अ...बाँकी
नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेका छन् । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षाले निरन्तरता पाउने भएको छ । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने सम्भावना बढी छ ।
नेपालमा यतिबेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागमा वर्षा गराउने न्यूनचापीय प्रण...बाँकी
४५ दिनसम्म जारी लकडाउनको मोडालिटी (स्वरुप) ४६औं दिनदेखि परिवर्तन गर्ने संकेत सरकारले गरेको छ । ११ चैतदेखि जारी लकडाउन २५ वैशाखसम्म कायम रहनेछ । त्यसपछि थप १५ दिन लकडाउन जारी नै राख्ने गरी निर्णय भैसकेकाे बताइएकाे छ ।
तर, २६ वैशाखदेखि भने लकडाउनको स्वरुपमा केही परिवर्तन गरी क्षेत्रअनुसार केही खुकु...बाँकी