NewsKoseli.Com

साउदीमा नेपाली युवालाई मृत्युदण्डको फैसला

साउदी अरबको दमामस्थित पुनरावेदन अदालतले पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा झिटैया, धनुषाका उमेश यादवलाई मृत्युदण्ड दिने फैसला गरेको छ । उनलाई जुवेलस्थित केन्द्रीय कारागारमा राखिएको छ । त्यस जेलमा उमेशसहित २२ नेपाली छन्...बाँकी

‘सेल्फी’ खिच्दा बलबहादुर पुगे प्रहरीको हिरासतमा…

‘सेल्फी’ खिँचेको ‘आरोप’ मा मलेशियामा एक नेपालीलाई त्यहाँको प्रसासनले हिरासतमा राखेर कानुनी कारबाही अघि बढाएको छ । रोजगारीको सिलसिलामा मलेशियाको क्वालालम्पुरस्थित सेरेम्बान– २ मा अवस्थित कार्कोसा आवासीय क्षेत्रमा लामो समयदेखि सुरक्षा गार्डको काम गर्दै आएका...बाँकी

कोरियामा नेपाली महिला कामदार : अप्ठ्यारो काम, आकर्षक तलब

नेपालमा ब्युटी पार्लर चलाएर मासिक ३५ हजार कमाइ गरिरहेकी महिला अहिले कोरियाको साग बारीमा नंग्रा खियाउँदै छिन् । कैंची र कपाल मुसार्ने सुकिला हातहरू अहिले सागको फेंद नाप्न तल्लीन छन् । उनको अहिले मासिक कमाइ...बाँकी

प्रोग्रसिभ म्यानपावरमाथि किन हुँदैन कारबाही ? कतारमा युवाहरूको बिचल्ली…

वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा बिचल्लीमा परेका छन् । काठमाडौंस्थित प्रोगेसिभ प्लेसमेन्ट सर्भिसेज नेपाल प्रा.लि. नामक कम्पनी (म्यानपावर) मार्फत जनही ७५ हजार रूपैयाँका दरले धरौटी रकम बुझाएर...बाँकी

रमाइलो हेर्न आएका दर्शक नै जब निर्णायक भए…

रमाइलो लागेकै भरमा पिटेको ताली नै निर्णायक भैदिएपछि सुदूरपश्चिमेली समाजको लोकप्रिय देउडा भाकाका दर्शक खुशी भए । मन परेको मान्छेलाई गरिएको प्रेम प्रस्ताव सहजै स्वीकारेर पनि परिवार बाधक भएको संस्कारविरुद्ध मञ्चमा गएको जोडीलाई दर्शकले तालीमार्फत...बाँकी

कसले कारबाही गर्ने दुबर्इमा १२ नेपालीको विचल्ली बनाउने क्यापिटल म्यानपावरलार्इ ?

क्यापिटल म्यानपावरले भिजिट भिसामा पठाएका १२ नेपाली युएर्इमा अलपत्र परेका छन् । एक जना बराबर कम्तिमा ३ लाख ७५ हजार रूपैयाँसम्म म्यानपावर कम्पनीलार्इ बुझाएर आएको बताउने पीडितहरु यहाँ आइपुगेको ४५ दिनसम्म पनि काम नपाएपछि विचल्लीमा...बाँकी

मलेशियाली जेलका १८ नेपाली प्रधानमन्त्रीको विशेष पहलमा घर आइपुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीको उद्धार गरिएको छ । विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको बताउँदै आएको...बाँकी

मलेसियामा नेपालीको मृत्यु

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ । तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सुतेकै अवस्थामा सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिए। मलेसियाको...बाँकी

युएई नेपाली समाजमा भाँडभैलो

१८ महिनाअघि युएईमा स्थापना भएको ‘नेपाली समुदाय युएई’ नामक संस्थामा यतिबेला चरम विवाद सिर्जना भएको छ । युएईमा बसी रोजगारी गरिरहेका नेपालीहरुको हकहितका लागि भन्दै स्थापना भएको उक्त संस्थाका अध्यक्ष विदुर राउत स्वयमले संस्था पूर्ण...बाँकी

नेपाली विद्यार्थीलार्इ अस्ट्रेलियामा अवार्ड

अस्टे्लियामा अध्ययनरत नेपाली विद्यार्थी अमन श्रेष्ठले बेस्ट अस्ट्रेलियन अवार्ड पाएका छन्।सूचना प्रणालीका विषयमा अमनले गरेको अध्ययन र शोधका लागि उक्त अवार्ड प्रदान गरिएको हो। उनले अस्टेलियन काउन्सिल अफ प्रोफेसर एन्ड हेड अफ इन्फरमेसन सिस्टम अवार्ड...बाँकी