NewsKoseli.Com

अब सबै विद्यालय र स्थानीय तहमा इन्टरनेट पुर्‍याइने

आगामी आर्थिक वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयहरू र स्थानीय तहमा इन्टरनेट सेवा पुर्‍याइसक्ने महत्त्वकांक्षी योजना सरकारले अघि सारेको छ । आगामी आर्थिक वर्षभित्र सबै सामुदायिक विद्यालयहरू र स्थानीय तहमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउने घोषणा सरकारका...बाँकी

सामसुङ–एप्पल लडाइँ : एप्पललाई ५३.९ करोड डलर तिर्न सामसुङलाई आदेश

  एप्पल कम्पनीलाई ५३.९ करोड अमेरिकी डलर तिर्न दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्सलाई अमेरिकी अदालतले आदेश दिएको छ । एप्पल आइफोनका विशेषताहरु चोरेको आरोपमा अदालतले सो निर्णय सुनाएको हो । दुई ठूला स्मार्टफोन निर्माता कम्पनीबीच...बाँकी

राजधानीमा फ्रि वाइफाई : कहाँ–कहाँ, कति क्षमताका ?

काठमाडौं महानगरका ६ ठाउँमा निःशुल्क वाइफाई जडानको सम्झौता भएको छ । वर्ल्डलिङ्क कम्युनिकेसन प्रा.लि. र काठमाडौं महानगरबीच निःशुल्क वाइफाईको सम्झौता भएको हो । नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा र वर्ल्डलिङ्क कम्युनिकेसनका निर्देशक विजयकुमार...बाँकी

ब्ल्याकबोर्डमा कम्प्युटर पढाएको फोटो ‘भाइरल’, माइक्रोसफ्टले दियो ‘डिभाइस’ हरु…

एक शिक्षकले कम्प्युटरविनै कम्प्युटर प्रविधि पढाएको विषय अनलाइन माध्यमहरुमा निकै चर्चिक बनेको छ । घाना कुमासीका शिक्षकले निकै मेहनेतपूर्वक कालोपाटीमा ‘माइक्रोसफ्ट वर्ड’ प्रोग्रामका चित्रहरू बनाए । ‘घानाको स्कुलमा सूचना प्रविधिको पढाइ निकै रमाइलो भयो’– ती...बाँकी

फेसबुकमा अब ‘लाइक’ र ‘शेयर’ गर्न पनि पैसा लाग्ने !

ज्यादै कम मात्र बजार विस्तार भएको सञ्चार क्षेत्रमा प्रभाव पर्नेगरी फेसबुकले अब लाइक तथा सेयरको समेत मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ । हाल परीक्षण भइरहेको सो नियम कार्यान्वयनमा आएपछि फेसबुक...बाँकी

सांसदको प्रश्न– टेलिकमले सेवा दिने कि उपभोक्तालाई ठग्ने ?

“मैले ४० सेकेन्ड मात्रै फोन गरें– मेरो एक मिनेटभन्दा बढीको शुल्क कटौती भयो, फोन गरेको समयको मात्र शुल्क लिने कि उपभोक्तालाई ठग्ने ?” कुनै सर्वसाधारण नागरिकको होइन, यो प्रश्न हो सांसद् उदयशम्शेर राणाको । दूरसञ्चार...बाँकी

मोबाइल वालेटबाट कसरी लिने सेवा ?

नेपाल राष्ट्र बैंकले मंगलबार ३ कम्पनीलाई ‘पेमेन्ट सर्भिस प्रोभाइडर’ अर्थात् नगदको प्रयोग नगरी मोबाइल फोनमार्फत विभिन्न कारोबार गर्न सकिने प्रविधि सञ्चालनका लागि सेवा प्रदायकको लाइसेन्स दिएको छ । आईएमई पे, प्रभु टेक्नोलाेजी प्रा.लि. र इ–सेवा...बाँकी

‘हिट एन्ड रन’ रोक्न प्रभावकारी बन्दै सीसी क्यामेरा

बजार चोकमा जडान गरिएका सीसी क्यामेरा शान्तिसुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा प्रभावकारी बन्दै गएका छन् । विभिन्न स्थानमा राखिएका सीसी क्यामेराबाट चौबीसै घन्टा निगरानी हुन थालेसँगै शान्तिसुरक्षा र अपराध अनुसन्धान सहज भएको हो ।...बाँकी

एसईई परीक्षार्थीका लागि १ रूपैयाँमै प्रिपेड सिम !

जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले मात्र १ रूपैयाँमा एनसेलको प्रिपेड सिम...बाँकी

टर्बाइन मर्मत गर्ने जनशक्तिको अभाव

 जलविद्युत् आयोजनामा विद्युत् उत्पादनका लागि जडान गरिने टर्बाइन बिग्रियो भने मर्मत गर्ने जनशक्तिको अभाव रहेको पाइएको छ । नेपालमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजनाको निर्माण प्रक्रियाले गति लिए पनि मर्मत गर्ने जनशक्ति र प्रविधिको अभावले...बाँकी