newskoseli.Com

विद्रोहीद्वारा विमानस्थलमा ड्रोनमार्फत बम आक्रमण

हुथी विद्रोहीहरुले साउदी अरेबियाको दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन विमान (ड्रोन) बाट आक्रमण गरेका छन् । विद्रोहीहरुले जिजान प्रान्तको जिजान विमानस्थलमा समेत ड्रोनमार्फत बम आक्रमण गरेको दाबी पनि गरेका छन् । दुवै ड्रोन आक्रमणबाट आभा र जिजान विमानस्थलका विमान ह्याङ्गरमा आक्रमण...बाँकी

कम्युनिस्ट पार्टीका ९ करोड सदस्य, ८० प्रतिशत ३५ वर्ष मुनिका

चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरुको संख्या ९ करोड नाघेको सो पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ । सन् २०१७ को तुलनामा पार्टीका सदस्य १० लाख वृद्धि भएको छ । सन् २०...बाँकी

विद्रोहीको आक्रमणमा ८ सुरक्षा अधिकारी मारिए, जिल्ला प्रहरी प्रमुखसहित १६ घाइते

अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राति तालिबान विद्रोही समूहको आक्रमणमा परी कम्तिमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् । प्रहरी स्रोतले बुधबार दिएको जानकारी अनुसार गोलरान जिल्लामा तालिबानहरुले मङ्गलबार राति गरेको सो आक्रमणमा परी...बाँकी

मोदीले लिए दोस्रो कार्यकालको सपथ : को–को छन् भारतीय नयाँ मन्त्रीमण्डलमा ? (सूचीसहित)

दोस्रो कार्यकालका लागि नवनियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ भारतको १५औं प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री मोदीले शुक्रबार झन्डै २ दर्जन मन्त्री र केही राज्यमन्त्रीहरु नियुक्त गरेका छन् । प्रधानमन्त्री मोदीको दोस्रो प्रधानमन्त्रीय कार्यकालमा भाजपा नेत...बाँकी

विद्रोहीको आक्रमणमा सरकारी सेनाका उच्च कमान्डरको मृत्यु

हुथी विद्रोहीसँगको झडपमा यमनको सरकारी फौजका एक जना वरिष्ठ कमान्डरको मृत्यु भएको छ । यमनी सेनाका अधिकारीले जनाए अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच भएको भीडन्तका क्रममा उक्त घटना भएको हो । साउदी अग्रसरतामा हवाई आक्रमण तीव्र भएसँगै ढाली प्रान्तमा पछिल्ला केही दिनदेखि सशस्त्र सङ्घर...बाँकी

अनलाइनबाट ठग्ने ३१ जना पक्राउ

टेलिकम तथा अनलाइन ठगीमा संलग्न शंकास्पद ३१ जनालाई चीनको जियाङ्सु प्रान्तको हुइनान नगरबाट प्रहरीले पक्राउ गरेको छ । यी व्यक्तिले करिव १ लाख ३० हजार अमेरिकी डलर बराबरको ठगी गरेको प्रहरीको आशंका छ । गत जुलाईमा एक जना लिउ नाम बताउने व्यक्तिले स्थानीय प्रहरीसमक्ष अनलाइनमा भेटिएकी एक किशोरीमार्फत आफू ठ...बाँकी

अज्ञात समूहको आक्रमणमा २३ जनाको मृत्यु, गाईवस्तु समेत लुटिए

नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ जना स्थानीयबासीको मृत्यु भएको प्रहरीले जनाएको छ । शस्त्रधारीहरूबाट भएको आक्रमणबाट टुङ्गा र काबाजेका २३ जना गाउँलेको ज्यान गएको जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले पुष्टि गरे । नाइजेरियाका उत्तरी भेगमा पछिल्ला दिनहरुमा गाउँ...बाँकी

नक्कली मदिरा सेवन गर्दा १७ जनाको मृत्यु !

नक्कली मदिरा सेवन गरेका कारण भारतको उत्तर प्रदेशमा १७ जनाको मृत्यु हुनुका साथै ४० जना सिकिस्त बिरामी भई उपचाररत रहेको जानकारी अधिकारीहरुले बुधबार दिएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट करिव ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो । नक्कली मदिरा सेवन गरेका क...बाँकी

अष्ट्रेलियाली प्रधानमन्त्रीले लिए दोस्रो कार्यकालको सपथ

अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री स्कट मरिसनले पुनः प्रधानमन्त्री पदको सपथ लिएका छन् । मरिसनको नयाँ मन्त्रिमण्डलमा पहिलो पटक ७ जना महिलाको सहभागिता रहेको छ । मरिसनले बुधबार बिहान गभर्नर जनरल पिटर कोसग्रोभसमक्ष सपथ लिएका हुन् । मे १८ मा भएको आम निर्वाचनमा प्रधानमन्त्री मरिसनको नेतृत्वमा रहेक...बाँकी

रुसको भ्रमण गर्दै चिनियाँ राष्ट्रपति, आर्थिक मञ्चलाई सम्बोधन गर्ने

चीनका राष्ट्रपति सी चिनफिङले जुन ५ देखि ७ सम्म रुसको भ्रमण गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा राष्ट्रपति सीले रुसको भ्रमण गर्न लागेको घोषणा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले गरेका छन् । राष्ट्रपति सीले रुसमा रहँदा २३औं सेन्ट पिटर्सवर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको ...बाँकी